गृह मन्त्रालयले माग्यो झण्डै २ हजार कर्मचारी: १५ दिनभित्र दरखास्त दिइसक्नु पर्ने

काठमाण्डौ । गृह मन्त्रालयले देशैभरका स्थानीय तहका लागि दुई हजार जना कर्मचारी माग गरेको छ ।

गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) र फिल्ड सहायक पदमा कर्मचारी माग गरेको हो ।

एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) को पदमा ९ सय ९४ र फिल्ड सहायक पद (राजपत्र अनङ्कित द्वितीय श्रेणी) पदमा पनि ९ सय ९४ जना कर्मचारी आवश्यक परेको सूचनामा जनाइएको छ ।

इच्छुकहरूले अनलाइनबाटै दरखास्त पेश गर्नसक्ने पनि गृह मन्त्रालयले जनाएको छ । सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत देशैभरका ७ सय ५३ वटा स्थानीय तहमा रहने सेवा इकाइका लागि कर्मचारी माग गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार