भोजपुर । जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका केन्द्र च्याङ्ग्रे नेपाल इन्भेष्टमेन्ट बैंकको १६ औं उप–शाखा सञ्चालनमा आएको छ । गाउँपालिकाको आर्थिक कारोवारलाई सहज वनाउने उद्धेश्यले सञ्चालनमा ल्याइएको वैंकले जनाएको छ ।
वैंकको गाउँपालिका अध्यक्ष किरण राई र बैंकका प्रदेश प्रमुख प्रियाङ्का गौतमले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
गाउँपालिकाको विकासमा यसले सहयोग पु¥याउने गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाका सवै हिसावले सक्षम बन्दै गईरहेको अवस्थामा बैकको उप–शाखा उद्घाटनले स्थानियसंगै गाउँपालिकाको आर्थिक कारोवारमा सहजता थपिएको उनको भनाई थियो । बैंकको शाखा सोही गाउँपालिकाको तिवारीभञ्याङमा भएपनि गाउँपालिका केन्द्रमा नहुँदा समस्या हुँदै आएको आएको थियो ।
देशभर यस बैंकको ८२ शाखा रहेको शाखाका व्यावस्थापन राजेश गौतमले जानकारी दिए । बैंकले सरकारी ‘ग’ वर्गका सहित अन्य सम्पुर्ण बैकिङ कारोवार गर्ने उनको भनाई छ ।