नेपाली समाजमा लाहुरे सँस्कृतिको छुट्टै विशिष्टता र विशेषता छ । दुईसय बर्षदेखि नेपाली समाजमा हुर्केको लाहुरे सँस्कृति अझै पनि जीवन्त छ । त्यही साँस्कृतिक मनोविज्ञानले नेपाली समुदायमा गहिरो प्रभाव पारेको छ । विशेष गरी यो साँस्कृतिक मनोविज्ञानले किशोर उमेरबाट युवावस्थामा प्रवेश गरिसक्दा धेरै उथलपुथल आउँछ । यसले विकल्पहीन सपना, पारिवारीक जीवनमा ल्याउने परिवर्तन र व्यक्तिको जीवनमा पु¥याउने गम्भिर असरहरुको घाउ यो सस्कृतिभित्र छ । पछिल्लो समय आर्थिकपार्जनमा केही सहजता ल्याउने यो सँस्कृतिबाट केही युवाहरु आर्कषित छन ।
लाहुरे सँस्कृति भित्रको जीवन, प्रेम र मनोविज्ञानलाई समावेश गरेर सुष्मा रुपाबुङ राईले ‘लाहुरेनी फूल’ उपान्यास लेखका छन । लाहुरे सँस्कृति त्यसभित्रको प्रेमको भाववेगमा आर्थिक तथा साँस्कृतिक मनोदशाले जीवनको सन्दर्भमा कसरी वर्चश्व जमाउँछ । त्यही कुराहरु उपान्यासमा समाविष्ट छ । लाहुरेनी फुल त्यही प्रेमकथा हो । हाम्रो समाज र अवस्थामा भित्रका कुराहरुलाई अर्थबोध गराउँछ ।
लाहुरेको गौरवगाथा धेरै लेखिएका छन । तर यसभित्रको लाहुरे हुनभन्दा अगाडीदेखि लाहुरे भएर र नभएको अवस्थासम्मा किशोर र युवाअवस्थाको वास्तविक कथा, व्यथा लेखिएको थिएन । तर सुष्मा रुपाबुङले लाहुरेनी फूलमा समावेश गरेका छन । यही करणले पनि लाहुरेनी फूल चर्चित छ । सुष्मा रुपाबुङ राई जसले लाहुरे सँस्कृति र त्यसभित्रको कथा व्यथा र बास्तविक मनोविज्ञान पनि बुझेका छन । लाहुरे सँस्कृतिभित्रको महत्वपुर्ण पाटोलाई चिरफार गर्ने रुपाबुङको लेखन अब्बल दरिएको छ । लेखक तथा साहित्यकार सुष्मा रुपाबुङ राईसंग पत्रकार किरण राईले गरेको कुराकानीको अंश:
लाहुरेनी फूल कस्तो उपन्यास हो ? यसले समाजको कुन चही पाटोलाई प्रतिनिधित्व गरेको छ ?
समान्यतया हेर्दा यो प्रेम उपन्यास हो । प्रेमलाई मुख्य माध्यम बनाएर समाजका विभिन्न पाटोहरुलाई प्रतिनिधित्व गरेको छ । हाम्रो समाजमा भइरहेको साँस्कृतिक पाटाहरु छन । जुन हामीले फेस गरिरहेको छौं । तीनै कुराहरु उपन्यासमा समावेश छन । प्रेम संगसंगै सामाजिक उपन्यास भन्न रुचाउछु । यो उपन्यास हिजोको इतिहास, अहिले संस्कारको रुपमा रहेको लाहुरे संस्कृति भित्रको वास्तविक कुरा छन । यसमा मुख्य इतिहासको पाटो छुट्टै छ । त्यसको बहस भइरहेकै छ । अहिले हाम्रा समाज र हाम्रा परिवेशमा संस्कार जस्तै बसिसकेको छ । हाम्रा युवाहरुमा लाहुरे जानुपर्छ भन्ने संस्कार जस्तै बनिसकेको अवस्था छ । लाहुर जानका लागि हजारौं युवाहरु लाइन लाग्नुहुन्छ । आफ्नो पढाई छोडेर लाहुरे बन्न लाग्छन । त्यसमा पनि ५ या ६ प्रतिशत मात्रै लाहुर लाग्छन । लाहुर लाग्नेहरुको अलिकति सामाजिक, आर्थिक हैसियत बढछ । यसको पाटो छुट्टै छ । तर ९५ प्रतिशत युवाहरु ४/५ बर्ष लाहुर भिडनमा समय बिताएको हुन्छ । तर फर्केर आउँदा पढाई पनि छुटिसकेको हुन्छ । पढाई छुटेपछि मानसिक तनाव शुरु हुन्छ । उनीहरुले खोज्ने पाटो के हो भन्ने सन्दर्भमा अल्मलिरहेको हुन्छ । जुन उनीहरुको सपना निरन्तर पुरा गर्न नसकेर अल्मलिरहेको हुन्छ । त्यसपछि ती युवाहरुको पहिलो रोजाई वैदेशिक रोजगारीमा खाडी मुलुक जाने गर्छन । विशेष गरेर यस्ता समस्याहरु युवा वर्गहरुले भोग्दै आइरहेको छ । विदेश गएर पनि भविष्य कस्तो छ त भन्ने कुराहरुलाई उपन्यासमा देखाउन खोजेको छु । तर पाठकहरुले आ–आफ्नो दृष्टिकोणले हेरेको छ । लाहुरे नलागेका युवाहरुको उनीहरुले भोगिरहेको तनाव र सामाजिक पिडाहरु नै उठान खोजेको छु ।
तपाईले पहिलो सिर्जना मै यो बिषयबस्तु किन रोज्नुभयो ?
पहिलो कुरा त आफुले लेख्ने बिषयबस्तुबारेमा बुझेको हुनुपर्छ । लाहुरे सँस्कृति जुन मैले र मेरो परिवार, आफन्त र समाजले भोगिरहेको संघर्ष र कथा हो । जुन मुद्दाहरुले सामाजिक, मानसिक आर्थिक कुराहरुमा प्रभाव परिरहेको छ । त्यसैले मेरो पहिलो सोचाइमा आयो जुन यही कुरालाई नै लेख्छु भन्ने आयो ।
उपन्यास भित्र लाहुरे सस्कृतिभित्रको कुन पाटोलाई विशेष महत्व दिनुभभएको छ ?
पहिला म कविताहरु लेख्थे । संग्रहको रुपमा ल्याएको छैन । हामीले देख्दै आएको छौं । हाम्रो समाजमा लाहुर जानु राम्रो हो कि होइन कस्तो प्रभाव पारिरहेको छ हाम्रो समुदायलाई भन्ने कुराहरु धेरै बहसहरु भइरहेको छ । यसलाई आर्थिक स्थिति माथि उठाएपनि सँस्कार सस्कृतिको हिसावमा लगायत अन्य कुराहरुमा असर गरिरहेको छ । यसबाट देशमा केही गर्छु भन्ने युवाहरु पलायन हुन थालेको अथवा हाम्रा समुदायको देशमा कुनै प्रतिनिधित्व छैन लाहुर र विदेश जाने सँस्कृतिले । विदेशमा देशको मुख्य अग्रभागमा हाम्रो समुदायहरुको कुनै प्रतिनिधित्व छैन भन्ने वहसको रुपमा आइरहेको छ । लाहुर हुने सपना बोकेर त्यसले निम्ताएको एउटा युवाको उतारचढावलाई अलिक महत्व दिन खोजेको छु ।
लाहुरेनी फुल नै किन ? लाहुरेसंगको संगत त्यसपछिको जीवन भोगाईहरुले नै हो कि ?
सबैभन्दा पहिला त यसले हाम्रो समुदाय र राष्ट्रलाई प्रभाव पारिरहेको छ । म आफु पनि लाहुरेसंग सम्बन्धित परिवार भएकोले यसलाई प्राथमिकता दिन्छु भन्ने लागेर गरेको हुँ । अर्को कुरा म यसैसंग सम्बन्धित भएको कारण भोग्न देख्न, बुझन पाए । त्यही कुरा महसुस गरेर लेख्न सक्छु भन्ने लागेर नै लेखे ।
उपन्यासभित्रको पात्र समाजसंग मेल खाने देखिन्छ नै तपाईको भोगाई र देखाईसंगै कति सम्बन्धित छ ?
यसमा कतिपय कुराहरु देखेको, सुनेको भोगेको कुराहरु नै हो । यो फिक्सन चही भन्दिन ननफिक्सन नै हो । तर पनि फिक्सन हुदाँ हुदै पनि ननफिक्सन जस्तै भईदियो । किताव लेखेपछि धेरै जना खुलेर आउनुभयो । यो त मेरो कथासंग मिल्यो मेरो जस्तै लाग्यो यो पात्र त मै जस्तो लाग्यो । मेरो जीवनसंग मेल खायो भनेर आउनुभएपछि पक्कै पनि यो पात्रहरु समाजमा छन भन्ने मलाई लाग्यो ।
उपन्यास वियोगान्त छन । किन यस्तो बिषयबस्तु रोज्नुभयो ? यसबाट के सन्देश दिन खोज्नुभएको हो ?
यस बिषयमा धेरै पाठकहरुले गुनासो गर्नुभयो । मुख्य पात्रको रुपमा रहेको दीपलाई कारुणीक तवरले नमारेको भए हुन्थ्यो । दीपले अलिकति भए पनि न्याय पाउनुपथ्र्यो । भन्ने कुरा धेरैले गर्नुभयो । अझै पनि मलाई त्यो खालको सन्देश मेसेजहरु गरिरहनुहुन्छ । नेपालमा रहदाँ धेरै कार्यक्रम गर्दा धेरै जनाले यसबिषयमा प्रश्न गर्नुभयो । मलाई यस्तो लाग्यो कि आफुले मात्र सुखान्तमा समाप्त गर्नुभन्दा पनि बास्तविकता देखाएर आगमी दिनहरुमा हुन नदिनका लागि के गर्नुपर्छ भन्नको लागि पनि सचेत हुनका लागि बिषयबस्तु उठान गरे । फेरी पनि हाम्रो जीवनलाई कसरी अगाडी लान सकिन्छ । यस्तो कुराबाट कसरी मुक्त हुने भन्ने कुरा आममानिसले मनन गरुन भनेर पनि यो बिषयबस्तुलाई रोजेको हो ।
कतिपयले तपाईलाई अन्य उपन्यासकारहरुसंग तुलना गरेको पाइयो । तपाईको उपन्यास लेखनमा कोहीसंग प्रभावित हुनुहुन्छ । त्यही कारणले लाहुरेनी फूलको जन्म भयो ?
पक्कै पनि आफुले पढेको कितावहरुबाट थोरै प्रभावित जो कोही पनि भइन्छ । जसमा प्रकाश कोविदमा पनि काँही न काही पढेको छु । सुविन भट्टराई, राजन मुकारुङ र उपेन्द्र सुब्बा पनि पढेको छु । सबैबाट प्रभावित हुनु त स्वभाविक मान्छु नै । यसमा सुविन भट्टराई प्रकाश कोविदलाई पनि पछाएको भन्नेहरु पनि छन । तर त्यो कुरा म मान्दिन । यसमा प्रेमलाई किन समावेश गरे भन्दा लाहुरेसंग सम्बन्धित जुन उमेरमा हुन्छ । त्यै उमेरमा प्रेम पनि हुन्छ । यसमा ठयाक्कै मिलेको हो । उनको जीवनमा लाहुर जानका लागि प्रेमले कति प्रभाव पारेको छ । लाहुर जानको लागि पनि प्रेमले प्रभाव पारेको छ । प्रेम सबै ठाउँमा हुन्छ । काँही न काँही प्रेमले प्रभाव पारिरहेको हुन्छ । सामाजिक, मानसिक हर कुरामा त्यसैले प्रभाव पारिरहेको छ ।
लेखनमा आख्यान नै रोज्नुभएको छ । समाज परिवर्तनमा तपाईले उठाउनुभएको बिषयबस्तुले कस्तो टेवा दिन्छ जस्तो लाग्छ ?
युवाहरुले के सोच्नुपर्छ भने हाम्रा देशमा अधिकार नपाइरहेको महशुस गरिरहेको छौं । यति हुदाँ हुदै पनि आफनो अधिकारको डटेर खटेर राम्रो तरिका पाइदैन भने त्यसलाई खोसेर पनि लिनुपर्छ भन्ने हो । अर्को लाहुर जानु हुदैन भन्ने पक्षमा पनि होइन । यसले गर्दा हाम्रो आर्थिक पक्षहलाई सवल बनाएको छ । आर्थिक हैसियत बढेको छ । तर युवाहरुले के बुझनुपर्छ भने लाहुर मात्रै सबै कुरा होइन । लाहुर जानका लागि कोशिस गरियो । त्यसमा पढाई केही बर्ष छुटयो । मानसिक तनाव भयो होला । तर पनि देशमा केही गर्न सक्छु भनेर लडेर पनि उठन सक्नुप¥यो । डटेर जिवनलाई नयाँ ढंगबाट सुचारु गर्न सक्नु प¥यो । यही मात्र सबै थोक होइन । मुख्य प्राथमिकता राखेर अन्तिम यही भनेर नराखी यो पनि एउटा अवसर हो भनेर कोशिस गर्ने अन्य सम्भावनाको बाटो खुल्ला छन भनेर विकल्प पनि सोच्ने हो । तर म लाहुर भइन मेरो सबै सकियो अव विदेश जान्छु भनेर विकल्प खोज्ने होइन । जे पनि यही मेरो देशमा गर्न सक्छु भन्ने युवाहरुमा भाव आओस भन्ने हो । त्यसैले यही आशा गरेको छु ।
सानै उमेरदेखि लेखनमा हात हालिरहनु भएको छ । लेखनमार्फत के गर्ने सोच बनाउनु भएको छ ?
यो उमेर त्यस्तो सानै भन्ने त हैन । हाम्रो देश ठाउँ समाजमा अलिक उमेर पाका भएपछि मात्रै साहित्यमा जाने जुन परिपाटी देखिएको छ । तर अहिले आएर युवा पिँढीहरुको धेरै आवगमन भएको छ । मानिसहरुले पनि त्यही उमेर समुहका लागि पत्याइदिने । धेरै अनुभवको हिसावमा पनि त्यस्तो सोच सबैमा बसेको छ । साहित्यविदहरुले साहित्य समाजको ऐना भनेर धेरै परिभाषा दिनुभएको छ । म पनि जुन समाज र समुदायमा हुर्के त्यो कुराले पनि प्रभाव पारेको छ । गाउँमा हुर्के त्यसमा पनि लाहरे परिवेशमा लाहुर जानेको जीवनशैलीहरु देखेको छु । उनीहरुको कथा व्यथा देखेको र भोगेको छु । तीनै कुराहरुले प्रभाव परियो । साहित्य भनेको चिन्तन हो जस्तो लाग्छ । धेरै कुरामा चिन्तन गरियो भने यो कुरा किन कसरी भयो होला भन्ने सानै उमेर देखि दिमागमा खेलिरहन्थ्यो । यही कुराहरुले लेखनमा अगाडी बढने सोच आयो ।
आगमी दिनमा तपाईको लेखन यात्रालाई कसरी अगाडी बढाउने सोचमा हुनुहुन्छ ?
लेखनयात्रालाई सकेसम्म समय दिएर आफुले लेख्नसकेको कुराहरु चाहेको कुराहरु अथवा मैले यो कुरा चही लेख्नैपपर्छ भन्ने कतिपय अग्रजहरुले लेख्न छुटाउनुभएको कुराहरु लेख्नु मन लाग्छ । आगमी दिनहरुमा आपनो समाज समुदायहरुकै कुराहरु लेख्नुपर्छ । विशेष गरेर समाजको लेख्न छुटेको कुराहरुलाई पहिचान गरेर लेख्ने सोचमा छु ।
बेलायतजस्तो व्यस्त ठाउँमा बस्नुभएको छ । व्यस्त बेलायतको समाजमा व्यस्तताको बाबजुत लेखनयात्रालाई कसरी अगाडी बढाउनुहुन्छ ?
पक्कै पनि सहज छैन । तर यस्तो रहेछ साहित्य भनेको कुरा मैले आफुले अनुभव गरेको कुरा केही लेख्छु भनेर कोठा भित्र बसेर लेख्छु भनेर पनि आउँदैन । कहिलेकाही काम गर्दागर्दै केही कुराहरु फुरिरहेको हुन्छ । जति व्यस्त भयो जति दुख पायो । भने धेरै फिलिङसहरु आउनेरहेछ । त्यहीबाट आफुले लेख्ने कुराहरु आउँछ । साहित्य चही त्यही लाग्छ । मैले अनुभव पनि गरे । म दुईबर्षसम्म बु्रनाइमा कामै नगरी बसे । त्यो बेला मसंग प्रसस्त समय थियो । मैले चाहेको भए बुक लेख्ने समय थियो तर त्यो खाली समयमा दिमाग खाली हुने तर एउटा बुक निकाले तर त्यसमा चित्त बुझेको छ । नेपालमा कति व्यस्त थिए । विहानदेखि बेलुकीसम्म व्यस्त थिए । तर पनि केही कुराहरु मनमा आइरहन्थ्यो । मनमा आउनैवित्तिकै लेखिहाल्थे । मसंग समय छैन भनेर । व्यस्त हुदाँ लेखेको र फुर्सद हुदाँ लेखेको कुरा फरक पर्ने रहेछ त्यै भएर, त्यही सम्झेर यहाँ पनि लेख्न सक्छु भन्ने लागेको छ ।
लेखनमा हात हाल्नुभएको छ । लेखक हुनु र सामान्य मानिस हुनुमा के फरक पर्ने रहेछ ?
यसमा अलिक फिल गर्ने कुरामा फरक पर्छ जस्तो लाग्छ । लेखकले कुनै पनि हेर्ने दृष्टिकोणलाई मनैदेखि फिल गर्छ । कुनै पनि पनि विषयबस्तुलाई फरकफरक तरिकाले गहिराईमा गएर हेर्छ तर सामान्य हुदाँ त्यो कुराहरु हेरिदैन । सामान्य मानिसहरुले डुवेर हेर्ने कुनै कोशिस गदैन । लेखकले अलिकति भएपछि भित्र गहिरिएर जज गर्ने गर्छ । साहित्यपना सबै मानिससंग हुन्छ । प्रत्येक व्यक्तिसंग हुन्छ । हाम्रो जीवनशैली चक्र, हामी बाचेको, हामीले भोगेको जीन्दगी नै साहित्य हो । तर लेखकसंग त्यसलाई अभिव्यक्त गर्ने शैली अलिक फरक र राम्रो हुन्छ । सवैको अनुभुतिलाई दिलाउने काम गर्छ । यस्तो कुराहरु आम मानिसहरुसंग पनि साहित्यको कथा व्यथा हुन्छ । तर बाहिर चही निकाल्नु सक्नुहुन्न या चाहानु हुन्न । तर फिलिङस चही सामान्य र लेखकमा बराबरी नै हुन्छ । बाहिर निकाल्ने र ननिकाल्नेमा फरक हुन्छ ।
जीवन के हो जस्तो लाग्छ ?
यो जीवनको बारेमा कति सोचिरहन्छु । कतिछन जीवनको परिभाषा छ । तर मेरो विचारमा समयसंगै भोग्दै जाने जस्तै योजना बनाए पनि योजनाअनुसार नचल्ने मानिसको यात्रा, समयसंगै निस्कने अनिश्चित यात्रा हो । समय र परिस्थिती अनुसार भोग्दै जाने कुराहरु नै जीवन हो ।
तपाईले अहिले आख्यायनबाट लेखन यात्रा शुरु गर्नुभएको छ । आगमी दिनहरुमा तपाईको सिर्जना आख्यान नै हुन्छ या अरुनै गर्ने सोचमा हुनुहुन्छ ?
शुरु शुरुमा म कविता लेख्थे । कविता लेख्दा कतिपय अग्रजहरुको कुरा अनुसार कविता धेरै गहिराई हुन्छ, त्यो गहिराईमा गएर लेख्नुपर्छ भन्नुहुन्छ । त्यही भएकाले पछि धेरै अनलाइन पत्रपत्रिकाहरुमा कविता लेखेपनि कविता संग्रह निकाल्ने आँट चहि आइरहेको छैन । तर मलाई कविता लेख्न मज्जा लाग्छ । आख्यान चही सरल भाषामा लेख्न सकिन्छ । पाठक धेरै पाइन्छ । आफुले भनेको कुरा, लेखेको कुरा जति धेरैले सुनिदिए पढिदिए आफुलाई राम्रो लाग्छ । आख्यानले चहि आफुले भनेको कुराहरु सुनिदिने भनिदिने, धेरै बुझिदिने हुन्छ हामीले भनेको कुराहरु । यसैले पनि आर्कषित भएको छु । कतिपय कविताहरु आम पाठकले पढदैनन पढेपनि बुझदैनन । कविता चही साहित्यमा चासो राख्नेहरुले मात्रै पढछन । त्यसैले पनि म आख्यानमा प्रभावित छु । सायद आगमी दिनमा पनि आख्यानमै कलम चलाउँछु ।