सेतो पुतलीको झुसको कारण सापु रोग लाग्छः बराल

  सिलिचुङ समाचारदाता

संखुवासभा जिल्लामा पछिल्लो समय शापु रोगका विरामि देखा पर्न थालेका छन् । यसै सन्र्दभमा हाम्रा सहकर्मीले तेज रत्न आँखा  तथा कान उपचार केन्द्र संखुवासभा खाँदबारीका इज्चार्ज छितिज बरालसंग यस रोगको विषयमागरिएको कुराकानि प्रस्तुत गरिएको छ ।

शापु भनेको के हो ?
शापु (SHAPU) एक दृष्टि नाशक आँखाको रोग हो । यो रोग प्रायः नेपाली बालबालिकाहरुमा वि.सं. २०३२ (सन् १९७५) देखि देखा परेको छ । प्राय: वर्षायामपछि भदौदेखि मंसिर महिनासम्मविशेष गरि नेपालको मध्य पहाडी भेगमाशापु महामारीको रुपमा देखा पर्ने गरेको छ । रोगको लक्षणहरु देखा परेको २४ देखि ४८ घण्टा भित्रै उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने तथ्याङ्कले पुष्टि गरेको छ । सेतो पुतलीको झुसको कारण लाग्ने यो रोग पोखराबाट उत्पति भएको चिकित्सकको दावी छ । लामो अनुसन्धानपछि डाक्टर मदनकुमार उपाध्यायले यो रोगको नाम शापु दिएका हुन ।
२) कसरी चिन्ने सापु फैलाउने पुतली ?
सेतो पुतलीकाप्रजातिकरिब तीन सय छन् । त्यसमध्ये एक प्रजातिको सेतो पुतलीमाशिरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्काे हुन्छ । यो उज्यालो वस्तु बत्ती, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुने गर्छ । धेरैजसो पोथी सेतो पुतलीले अण्डा ढाक्न प्रयोग गर्ने झुसकाकारण यो रोग फैलिने गरेको छ । सो पुतलीले अण्डा कारल्ने समयमाझुस छाड्छ र त्यो झुस आँखामाप¥यो भने यो रोग लाग्ने खतरा हुन्छ ।
कारण के हो ?
हाल सम्म सेतो पुतली (मोथ) लाई सापुलाई कारकको रुपमाजोडिने गरिएको छ । तथापिकतिपयअवस्थामाभने सेतो पुतलीको संसर्गमा नआएका विरामीहरुमा पनि यो रोग देखा परेको छ । साथै अन्यकारणहरुमा सुक्ष्म जिवाणु एवं विषाणु समेत रहेको पाइएको छ । तर हालसम्म यो रोगको कारक यहि नै हो भनेर यकिन भएको छैन ।
यसका चिन्ह तथा लक्षणहरु के के हुन?
– एकासी एउटा आँखा रातो हुनु ।
– चिप्रानलाग्नु ।
– उज्यालोमा हेर्न नसक्नु ।
– आँखाको दृष्टिमा तत्कालै कमीहुनु ।
– आँखाको दुखाई सामान्यवा बढि हुनु ।
– उपचारमा ढिला भएमाकालो नानीमा सेतो देखिनु ।
यस रोगको निदान तथा उपचार विधि के हो ?
यो रोगको निदान तथा उपचार आँखा विभागर अस्पतालहरुमा मात्रगर्ने गरिन्छ । सापुको आकस्मिक उपचार सेवा आँखाभित्र औषधि सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया समेत गर्ने गरिन्छ । समयमा नै उपचार भए मात्र आँखा निको हुन्छ । तर ढिला हुन गएमा विरामिको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ ।
रोकथामका उपायहरु के के हुन?
– सेतो पुतली (मोथ) को संसर्गबाट टाढै रहने ।
– धेरै उज्यालो सेतो बत्तिनबाल्ने ।
– साझ र राती झ्याल ढोका बन्द राख्ने ।
– सम्भवभए सम्म झ्यालको ढोकामा जाली हाल्ने ।
– सुत्ने कोठामा बत्ति निभाएर वामधुरो बत्तिबाले झुलभित्र मात्र सुत्ने ।


यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?
-रोगको लक्षण देखा परेमावा संकालागेमा तुरुन्तै आँखाउपचार केन्द्र वा अस्पताल जाने ।
– आफू खुसि कुनै पनिऔषधीवा जडिबुटि नराख्ने ।
– आँखा स्वस्थ्यकर्मीहरुको सल्लाह बमोजीम उपचार गर्ने ।
संखुवासभा जिल्ला एक दुर्गम हिमाली जिल्ला हो । यस क्षेत्रमा पनि साफु फल्याउने पुतली बिगत केहि बर्षदेखि संखुवासभा जिल्लामा देखापरेको तथ्याङकले देखाएको छ । साफुको सक्रमण जिल्लामाअहिले सम्म ९ जनामा देखिएको छ भने आठ जनाको समयमा नै उपचारको अभावले दृष्टि गुमिसकेको स्थिती छ भने एक जनाको समयमा नै उपचार भएर पुन दृष्टि फर्किएको अबश्था छ ।
संखुवासभा जिल्लामा बिगत १४ बर्ष देखि नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा उपचार केन्द्रले आँखाको सेवा सुविधा र समय समयमा मोतियाबिन्दुको शल्क्रिया शिविर आयोजना, जिल्लाका चैनपुर र नुममा दुईवटा उपचार केन्द्र स्थापना गरि साथै प्रत्येक बर्ष जिल्लाका बिभिन्न बिद्यालयमा गई बिद्यार्थीको आँखा जाँच गर्ने र समस्या भएका बिद्यार्थीलाई थप उपचारको आँखा उपचारकेन्द्र सम्म ल्याई उपचार गरि निरन्तर सेवा दिईरहेको अबश्था भए पनी मानिसमा आँखा स्वास्थ्य सम्बन्धि जानकारीको अभाव, समाजमा ब्याप्त अन्धबिश्वासमा परि आँखाको उपचार गराउने र आँखामा समस्या भएपछि तत्कालै आँखा उपचार केन्द्रमा नआउने जस्ता बिभिन्न कारणले यस जिल्लामा आँखा सम्बन्धि रोगको समस्या दिनानुदिन बढ्दै गएको अबश्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार