काठमाडौं । ‘राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठीमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको आयोजनामा गोष्ठी भएको छ ।
गोष्ठीमा प्रा.डा. गोविन्दमानसिंह कार्कीले पेश गरेको कार्यपत्रमा षडानन्दको परिचय, यसको वर्तमान परिवेश र प्रभावका सन्दर्भ लगायतका पेश भएको थियो । कार्यैपत्रमा पछिल्लो समयमा षडानन्दले गरेका कार्य र योगदानलाई बिर्सदै गएको उल्लेख गरिएको छ ।
षडानन्दले धार्मिक सांस्कृतिक क्रियाकलापमार्फत समाजमा विद्यमान विकृति र विसंगति अन्त्यका लागि पहल गरेको पनि प्रष्ट पारे। गुरुकुल शिक्षाको थालनी गरेर मुलुकको शैक्षिक अवस्थालाई सुधार्न अहम भूमिका खेलेको उनको भनाई छ। उनले भने, संस्कृत पाठशालाको स्थापनाले उनले गरेका थिए। अहिलेको पुस्ताले त्यसको संरक्षण गर्न सकेका छैनन्।
त्यसैगरी, यादव चापागाईंले पनि आफ्नो कार्यपत्रमा षडानन्दको योगदानलाई नेपाली समाज भुल्दै गएको बताए। षडानन्दले जनसहभागिता र जनसहयोग लिइ गरेका महत्त्वपूर्ण कार्यलाई जगेर्ना गर्नुपर्ने तर्क चापागाईंले पेश गरेका थिए। भौतिक निर्माण समाज सुधारको काममा विशेष योगदान पुर्याएको उनको भनाइ थियो। उनले समाजको रीतिथिति सुधारमा उनी अग्रणी रहेको पनि उल्लेख गरे।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले षडानन्दको योगदान र विचारलाई नेपाली समाजमा लागू गर्न सकेमा समाजले फडको मार्न सक्ने बताए। उनले संस्कृति र रीतिथितिलाई मात्र बचाउने हो भने पनि यस्ता व्यक्तिको सम्मान गरे जस्तो हुने बताए। षडानन्दले शैक्षिक र समाज सुधारमा उनले विशेष योगदान पुर्याएको उनले प्रष्ट पारे। उनले मानिस सबै बराबर हुन भन्ने पनि अभियान चलाएको प्रष्ट पारे।
आबाल ब्रह्मचारी गुरु षडानन्दले निर्माण तथा स्थापना गरेका मन्दिर, पुस्तकालय, विद्यालय, बरबगैंचा आदि कार्यहरू सुचारु रहून् र दीर्घ कालसम्म तिनको संरक्षण होस् भनेर एउटा बृहत् गुठीको पनि स्थापना गरेको पाइन्छ। गुठीका नाममा लाल मोहोर समेत गराएको देखिन्छ भने त्यसै समयमा लगभग १०००/१२०० मुरी अन्न उब्जनी हुने गुठीको व्यवस्था गरेको पाइन्छ।
२०३६ सालको नापीअनुसार सो गुठीको क्षेत्रफल १७५३ रोपनी रहेको देखिए पनि नयाँ तथ्यांक प्राप्त अभिलेखअनुसार खेत १०२३-२-१ ९एक हजार तेइस रोपनी दुई आना एक पैसा र पाखो बारी ७७६-१५-२२ (सात सय छयहत्तर रोपनी, पन्ध्र आना, दुई पैसा, दुई दाम) गरी जम्मा २९००-१-३-२ (दुई हजार नौ सय रोपनी, एक आना, तीन पैसा, दुई दाम) गुठीको क्षेत्रफल रहेको छ।
यिनले यस खेतको आम्दानीबाट यस मन्दिरको संरक्षण र पूजा कार्य गर्ने, यस खेतको आयबाट अध्यापकहरूलाई पारिश्रमिकदिने तथा विद्यार्थीलाई छात्रवृत्ति दिने, टहलुवा, नगर्ची आदि कामदारलाई पारिश्रमिक दिने, पर्व पर्वमा हुने विशेष पूजा र पुराण प्रवचनका लागि यस खेतबाट यति खर्च व्योहोर्ने आदि कुरा खुलाएर स्पष्टसँग शिलापत्र, ताम्रपत्र आदिमा लेखेर राख्ने व्यवस्था गरेको बताइन्छ।
सरकारले पहिलेदेखि नै खासै सहयोग नगरेको र विगतको द्वन्द्वकालमा विद्रोही पक्षको निसानामा परी बन्द हुन पुगेको विद्यालयलगायत गुठीको कामले हालका दिनमा केही गति लिन थालेको सम्बद्ध पदाधिकारीले बताएका छन्।