नेपाल बंगलादेशसँग ८ विकेटले हार्‍यो

  सिलिचुङ समाचारदाता

काठमाडौं । नेपाल इमर्जिङ टिम्स एसिया कपमा घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । बंगलादेशलाई नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेटाएको थियो। बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन ।

नेपालका करण केसी र सुशन भारीले समान ११ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो ।

नेपालको सुरुवात औषत रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो ।

तर, सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए । सोमपाल ३८ रनमा आउट भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार