भोजपुरमा सुरु भयो वैज्ञानिक वन व्यवस्थापन, आयआर्जनमा बृद्धि हुने

  सिलिचुङ सम्बाददाता

भोजपुर । सामुदायिक वनलाई आयमूलक बनाउने उद्देश्यले पहिलोपटक वैज्ञानिक वन व्यवस्थापनको काम सुरु भएको छ । वनलाई दिगो व्यवस्थापन गर्दै उपभोक्तालाई आयआर्जनको श्रोतमा निर्वाहमुखी बनाउन डिबिजन वन कार्यालय भोजपुरले यो कार्यको थालनी गरेको हो ।

अहिले ५ सय ६२ उपभोक्ता सामुदायिक वन र एक सय ९१ कबुलियती वन छन । जसमा सामुदायिक वनबाट ५२ हजार ५ सय ९५ घरधुरी, कबुलियती वनबाट एक हजार ५ सय ९६ विपन्न घरधुरी लाभान्वित

तराईका जिल्लाहरुमा यो काम भएपनि भोजपुर भने पहिलोपटक थालिएको हो । वनमा कुहिएर, सडिने काठपातलाई वैज्ञानिक ढंगबाट प्रयोगमा ल्याई आर्थिक पाटोसंग जोड्नलाई कार्यको थालनी भएको हो । विशेषगरि ग्रामिण क्षेत्रका वन उपभोक्तालाई वन पैदावरबाट आयमूलक श्रोतको रुपमा वनको व्यवस्थापन गर्न यो कार्यको थालनी भएको कार्यालयका प्रमुख फडिन्द्र पोखरेलले बताए । ‘यो कार्यले वनलाई दिगो व्यवस्थापनसंगै उपभोक्तासम्म आयआर्जनको बाटोमा मिल्नेछ’ उनले भने, ‘धेरै सामुदायिक जंगलमा सडेर जाने काठपात र वनपैदावरलाई वैज्ञानिक ढंगबाट आयमूलक श्रोत बनाउने यसको लक्ष्य हो’
हालै पूर्वी अरुण गाउँपालिकाको बञ्चेर सामुदायिक वनमा यसको थालनी गरिएको छ । यसबाहेक अन्य ३ वटा सामुदायिक वनहरु छनौट प्रक्रियामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । वैज्ञानिक वन व्यवस्थापन कामले जंगलका बुढो, पुरानो, सडेको काठपातलाई हटाउने र ती ठाउँमा नयाँ नर्सरी गरिदै आएको छ । जसले पछिल्लो पिँढीसम्म सहयोग हुने देखिन्छ । तर व्यवस्थापनका नाममा हुने अवैध काठ तस्करीमा भने उपभोक्ता सजक र अग्रसर हुनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य सविना राईले बताईन् । उनले वनमा हुने काठपात, अलैँची खेती, अम्लिसो खेती लगायत जडिबुटी खेतीको माध्यमबाट आयमूलक बनाउन सकिने बताईन् ।
डिभिजन वन कार्यालयको मातहतमा अहिले ५ सय ६२ उपभोक्ता सामुदायिक वन र एक सय ९१ कबुलियती वन छन । जसमा सामुदायिक वनबाट ५२ हजार ५ सय ९५ घरधुरी, कबुलियती वनबाट एक हजार ५ सय ९६ विपन्न घरधुरी लाभान्वित छन् । कामको थालनी भएपनि यसको महत्व स्थानीय स्तरसम्म पु¥याउनु पहिलो काम भएको साबउस जिल्ला महासंघ भोजपुरका प्रतिनीधि राजन राईले बताए । जिल्लाभर करिब ५ सय बढी सामुदायिक वन रहेपनि अहिलेसम्म यसलाई कुनै दुरदराजबाट आयमुलक बनाउन नसकिएको उनले बताए । ती वनलाई वैज्ञानिक ढंगबाट प्रयोजन तथा उपभोग गर्न सके ग्रामिण वन उपभोक्ता आफैँलाई आयमूलक बनाउन सक्ने उनले जिकिर गरे ।
जिल्लाको कुल ८४ हजार ७१ हेक्टर क्षेत्रफल राष्ट्रिय वनले ओगटेको छ । जसमध्ये ४० हजार ८ सय ६७.१४ हेक्टर सरकारद्वारा व्यवस्थित गरिएको वन, ५ सय ६२ वटाले ४२ हजार ४ सय ४२ हेक्टर हस्तान्तरीत सामुदायिक वन र १ सय ९२ वटाले ७ सय ६२.६९ हेक्टर क्षेत्रफल हस्तान्तरीत कबुलियती वन क्षेत्रले ओगटेको डिबिजन वन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार