देशभरिको मौसम बदली, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षा

 

काठमाडौं । बिहीबारदेखि देशका हिमाल तथा उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षा भएको छ । हिमपातका कारण जनजीवन पनि कष्टकर बनेको छ । हिमपातले दैनिकी जीवन प्रभावित भएपनि किसान भने हर्षित भएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो न्यून चापीय प्रणाली शनिबारसम्म सक्रिय हुने महाशाखाले जनाएको छ ।

शुक्रबार देशका विभिन्न जिल्ला डोल्पा, मनाङ, मुस्ताङ, बाजुरा, बैतडी,दार्चुलालगायत क्षेत्रमा भारी हिमपातसँगै वर्षा भइरहेको छ। काठमाडौं उपत्याकामा पनि हल्का वर्षा भइरहेको छ । उपत्याकामा  वर्षासँगै चिसो बढेको छ । चिसोले यहाँको जनजीवन प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार