भोजपुर । मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको तेश्रो मेयर कप पुरुष फुटबलको उपाधी भगवती क्लब खोटाङले उचालेको छ । बिहीबार सम्पन्न फाईनल खेलमा कुलुङ यातायात प्रालिलाई १–० गोल अन्तरले हराउँदै उपाधीमाथि कब्जा जमाएको हो ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफसम्म दुवै टिमबाट कुनै गोल हुन सकेन । दोश्रो हापको २८ औँ मिनेटमा खोटाङका सौजन राईले डिबक्सभित्र प्रहार गरेको गोल निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच पनि सौजन नै घोषित भए ।
उपाधीसंगै खोटाङले नगद ५ लाख नगद र ट्रफी हात पा¥यो । दोश्रो हुने कुलुङले ३ लाख नगदसहित मेडल र प्रमाणपत्र हात पारे । खेलको उत्कृष्ट खेलाडी भगवती क्लब खोटाङका जिवन परियार, उत्कृष्ट गोलकिपर खोटाङकै सागर राय, उत्कृष्ट फरवार्ड कुलुङका रविन राई, उत्कृष्ट मिडफिल्डर भोनपा ११, आम्तेक असिम राई, उत्कृष्ट रक्षक खोटाङका रिवाज मास्के घोषित भए ।
जिल्ला फुटबल संघ भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको प्रायोजनमा गत मंसिर २५ गतेदेखि सञ्चालित प्रतियोगितामा जिल्लाभित्र र बाहिरका १५ टिमले सहभागीता जनाएका थिए ।