भोजपुरका ग्रामिण महिलालाई घरमै हाते प्याड बनाउने सिप

  सिलिचुङ सम्बाददाता

भोजपुर नगरपालिका ४, सिद्देश्वर दाँवास्थित हाते प्याड बनाउने तालिम लिँदै स्थानीय महिलाहरु । तश्विर, सिलिचुङ

 

भोजपुर । महिनावारी भन्न पनि लजाउने ग्रामिण महिलाहरु आजभोली घरेलु सेनिटरी प्याड बनाउने काममा सक्रिय हुन थालेका छन् । आधुनिक प्रविधीको युगमा रुपान्तरण हुदै गएको जीवनशैलीले खर्च बढाउनुको साथै विभिन्न स्वास्थ्य समस्या निम्त्याउन थालेपछि ग्रामिण महिलाहरु घरमै हाते सेनिटरी प्याड बनाउने काममा सक्रिय भएका हुन् ।

रसायन मिसावट गरिएका ती प्याड प्रयोग गर्दा महिलाहरुको छाला तथा पाठेघरमा घाउ हुने, पिल्सने समस्या हुने डरलाई कम गर्न घरेलु प्याड किफायती

बजारमा पाईने विभिन्न कम्पनीका सेनिटरी प्याडको प्रयोगले महिलाहरुको स्वास्थ्यमा पु¥याउने गम्भिर असरप्रति ग्रामिण महिलाहरु सचेत हुन थालेका छन् । रसायन मिसावट गरिएका ती प्याड प्रयोग गर्दा महिलाहरुको छाला तथा पाठेघरमा घाउ हुने, पिल्सने समस्यालाई ध्यानमा राख्दै महिलाहरुलाई सुरक्षित प्याडको प्रयोगमा आत्मनिर्भर बनाउन भोजपुर नगरपालिकाले सिप सिकाई सम्बन्धि तालिमको अभियान चलाएको छ ।
घरमै बनाईएको हाते प्याडलाई एकपटक प्रयोग गरी धोएर पुनः प्रयोगमा ल्याउने किसीमको र लगाउँदा मुलायम, आरामदायी, सुरक्षित हुने महिलाहरु सुनाउँछन् । बजारको प्याडले गम्भिर स्वास्थ्य समस्या ल्याउनुको साथै खर्च पनि बढाउने भएपछि आफुहरु घरेलु प्याड बनाउन सक्रिय भएको भोजपुर नगरपालिका ४, सिद्देश्वर दाँवाकी धर्मकुमारी खड्काको भनाई छ ।
‘हाते प्याड सिपले स्वास्थ्यको पनि ख्याल गर्न सिकायो, अनावश्यक खर्च हुनबाट पनि जोगायो’ भनिन्, ‘यो प्रभावकारी सिप हामी हाम्रा छोरीचेलीलाई पनि सहजै सिकाउन सक्ने रहेछौ, सिकाउँछौ’ तालिम लिएका महिलाहरु घरमै हाते प्याड बनाएर प्रयोगमा ल्याउन थालेपछि स्वास्थ्यको हेरचाह र अनावश्यक खर्च पनि जोगिने भएपछि महिलाहरु उत्साहित देखिएका छन् ।
हाते प्याड बनाउने सिपले आत्मनिर्भरका साथै स्वास्थ्यप्रति सचेत रहन सिकेपछि महिलाहरु उत्साहित बनेको हाते प्याड तालिमका सहजकर्ता यदु सुवाल सुनाउँछिन् । भनिन्, ‘यो सिपले महिलाहरुको स्वास्थ्य, शिक्षा, वातावरणीय, आर्थिक रुपमा उपयोगी बनाउन सकिन्छ’
भोजपुर नगरपालिकाले वडा नं १ र २ को हेलौँछा, वडा नं ६ को पालुवा र वडा नं ४ सिद्देश्वरको दाँवामा तालिम गरिएको थियो । नगरपालिकाले उक्त हाते प्याड सिपको तालिमका लागि चालु आर्थिकवर्षको महिला स्वास्थ्य शिर्षकमा एक लाख २० हजार बजेट छुट्याएको थियो । जसअन्र्तगत हेलाँैछामा ३१ जना, दाँवामा ३२ जना र पालुवामा ४५ जना गरी एक सय ८ जना महिलालाई तालिम दिईएको थियो ।
सिकाईएको सिपको प्रभावकारिताको आधारमा आगामी वर्षहरुमा महिला लक्षित अन्य कार्यक्रमहरु पनि अगाडी बढाईने नगरपालिकाकी उपमेयर ममिता राईले बताईन् । ‘नगरपालिकाले महिला दिदीबहिनीहरुको स्वास्थ्यलाई गम्भिर ध्यानमा राख्दै यो अभियान ल्याएको हो’ उपमेयर राईले भनिन्, ‘सबैलाई प्याड बाँडेर दिएर साध्य छैन, बरु यो सिप दियौँ भने उनीहरु आँफै बनाएर प्रयोग गर्न सक्छन् भन्ने हो’
महिनावारी भएका बेला बजारमा पाईने प्याडको प्रयोगबाट हुने गम्भिर शारिरीक स्वास्थ्य असरलाई ध्यानमा राख्दै नगरपालिका आँफैले घरेलु कपडाबाटै हाते प्याड बनाएर प्रयोग गर्न तालिम तथा सचेतनामुलक कार्यक्रम थालेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार