भोजपुुर । षडानन्द नगरपालिकाको नेपालेडाँडा र कुदाककाउलेका करिब १३ सय परिवारको घर अंध्यारै छ । गाउँका हरेक कुनामा वर्षौदेखि खिया लागेर ढलेको र भाँचिएको अवस्थामा विजुलीका पोलहरु भेटिन्छन् । तारहरु यत्रतत्र छरिएका छन् । झण्डै ८ वर्ष अघि विद्युत विस्तार गर्ने काम अलपत्र पारेर ठेकेदार भागेपछि गाउँले कुपीमै रात गुजार्दै आएका छन् ।
०६८ सालमा खाँदबारी–तुम्लिङटार हुँदै दिङ्ला ल्याईएको केन्द्रिय प्रशारणको लाईन तान्ने योजनाको ठेक्का परेपनि ठेकेदार बिचैमा काम छोडेर सम्पर्कविहिन भएपछि विद्युत्त विस्तार अड्किएको हो
केन्द्रिय योजना अन्र्तगत वडा १, नेपालेडाँडा र २, कुदाककाउलेमा केन्द्रिय प्रशारणको लाईन तान्ने ठेक्का पारेका ठेकदार नै भागेपछि विद्युत्त विस्तार अलपत्र भएको हो । ०६८ सालमा खाँदबारी–तुम्लिङटार हुँदै दिङ्ला ल्याईएको केन्द्रिय प्रशारणको लाईन उक्त वडा नं १ र २ मा ल्याउने योजना थियो । योजनाको ठेक्का परेपनि ठेकेदार किशोर शेर्पा बिचैमा काम छोडेर सम्पर्कविहिन भएपछि विद्युत्त विस्तार अड्किएको थियो ।
विजुली नआएपछि गाउँलेले घरघरमा वैकल्पिक श्रोत सोलार बत्ती जोड्न थालेका छन् । गाउँमा झण्डै ७५ प्रतिशत घरधुरीले सोलार बत्ती हालेका छन् । हाल्ने क्रम पनि छ । ‘अब विजुली नआउने भो, सोलार नै जोड्यौँ’ नेपालेडाँडाका स्थानीय सन्तोष राईले भने, ‘हाम्रो लागि विजुली त आकाशको फल आँखा तरी मर भने जस्तै भयो’
ठेकदारको लापारबाहीले गाउँमा विजुली नबलेपछि गाउँलेको बिजुली बत्ती बाल्ने सपनामै सिमित बनेको अर्का स्थानीय सौगात गौतमले सुनाउँछन् । ‘पोल गाडेको ८ वर्ष भईसक्यो, अmै पनि हामी गाउँलेहरु कुपी बालेर रात कटाउनु प¥या छ’ उनले भने, ‘स्थानीय सरकार आएपछि बिजुली बल्ला भनेर पनि सोच्यौँ तर बत्ती आएन’
षडानन्द नगरपालिका १, नेपालेडाँडाका वडाध्यक्ष रामेश्वर भण्डारीको आरोप लाउँदै भने भने, ‘तात्कालिन समयमा विजुली टाँग्ने टेन्डर पारेका ठेकेदार शेर्पाले काम त गरेनन्, उल्टै आफुसंग ढुवानी खर्च भन्दै पैसा लिएर सम्पर्कविहिन बने’ उनका अनुसार पोल ढुवानी खर्च मिलाउँदै गर्छु भन्दै ठेकेदार शेर्पाले वडाध्यक्षसंग २ लाख रुपैँया लिएका थिए । उनले ०७२ सालमा दिङ्लादेखि नेपालेडाँडाको चिउरीबोटेसम्म तार टाँगेर सम्पर्कविहिन भएका थिए ।
अहिले प्राधिकरणले २५ एम्पियरको २ वटा ट्रान्समिटर राखेको छ । ०७५ जेठमा नगरपालिका र वडाले २० लाख बराबरको बजेटबाट ५० एम्पियरको ४ वटा ट्रान्समिटर, १ सय वटा शाखा पोल र ५ हजार मिटर तार खरिद गरेको थियो । प्राविधिक ईस्टिमेट नहुँदा ती सबै व्यवस्थापन गर्न नसकिएको वडाध्यक्ष भण्डारीले बताए ।
०६८ साल फागुनमा सर्वदलिय बैठक बसी विद्युत्त विस्तार समिती गठन गरेर उक्त ठेक्कामार्फत विद्युत्त विस्तारको काम थालनी गरिएको थियो । बिजुलीको पोल मात्र नभई ठेकेदारले दिङ्लाका रमेश कटुवालको एक लाख ३० हजार पोल ओसार्दाको ट्रयाक्टर ढुवानी खर्च समेत नबुझाएको खुलेको छ । उनले त्योबेला गाउँमा पोल गाड्ने प्राविधिक कर्मचारीले खाना खाएको ७२ हजार रुपैँया समेत बाँकी रहेको बुझिएको छ ।
ठेकेदार भागेपछि विचविचमा जति सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको वडा नं २ कुदाककाउलेका वडाध्यक्ष बिष्णु प्रसाद घिमिरेले बताए । ‘काम छाडेर भागेका ठेकेदार शेर्पालाई पटकपटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन्, उनको अहिले त झन अत्तोपत्तो नै छैन’
ठेकेदार भागेपनि विद्युत्त विस्तारको कामलाई अगाडी बढाउन तात्कालीन जिल्ला प्राविधिक कार्यालयमा पटकपटक उजुरी दिँदापनि कुनै प्रतिक्रिया नआएको स्थानीय गोपाल भण्डारीले बताए । भने, ‘हामीले धेरैपटक जिल्ला प्राविधिकमा गएर कामलाई अगाडी बढाउन पहल गरेपनि कुनै सुनुवाई नै भएन ।’ केन्द्रिय प्रशारणको विजुलीबाट नेपालेडाँडाका ७ सय ८३ र कुदाककाउलेका करिब ५ सय घरधुरी लाभान्वित छन् । तर व्यवस्थित विस्तारका काम अगाडी नसर्दा गाउँलेको बत्ती बाल्ने आशा अपुरै छ ।