युवामा प्रचलित तान्त्रिक यौन सम्बन्ध के-हो ?

काठमाडौं – नेपाल लगायत दक्षिण एसियाका विभिन्न देशमा शारीरिक सम्बन्धका विभिन्न तरिकाका बारेमा बहस हुन्छ । पछिल्लो समय भने दक्षिण एसियामा तान्त्रिक यौन सम्बन्धले युवा पुस्तामा चर्चा पाएको छ ।

युवाहरुले यौन सम्बन्ध कायम गर्ने वातावरण शान्त, खुला र एकान्त ठाउँको खोजी गरेर तान्त्रिक यौन सम्बन्ध बनाउन थालेका छन् । युवाहरुले अध्यारो कोठामा मैन बत्ती बालेर धिमा प्रकाशमा सजिलो र फराकिलो बेडको व्यवस्था गरेर गरिने यौन सम्बन्धलाई तान्त्रिक यौन सम्बन्ध भन्छन् ।

यसका लागि आरामदायी सिरानीको बीचमा दुवैजना बस्छन् । एकअर्काका आँखामा आँखा जुधाँएर हेर्दा एकअर्काप्रति इमान्दार र समर्पित भएको अनुभूति हुन्छ । शान्त वातावरणमा समान गतिमा स्वास लिएर दुवैजनाले एकअर्कासँग साच्चिकै नजिक भएको महसुस गर्छन् ।

शरीर नछोइकन सामिप्यता महसुस भएपछि मात्र अन्य क्रियाकलाप बिस्तारै बढ्न थाल्छन् । दुवैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधिबाट गरिने यौन क्रियालाई तान्त्रिक यौन सम्बन्ध भनिन्छ ।

तान्त्रिक यौन सम्बन्धले साँच्चिकै युवायुवतीबीच घनिष्ठता कायम हुन्छ । कोलाहल र अस्तव्यस्त जीवनशैलीले शारीरिक सम्बन्ध पनि राम्रो नहुँने भएकाले पछिल्लो समय युवा पुस्ताले यस्तो वातावरण खोज्ने र तान्त्रिक यौन सम्बन्ध कायम गर्ने प्रचलन बढ्न थालेको छ ।नेपाल, भारतलगायत दक्षिण एसियाका विभिन्न देशमा यो यौन सम्बन्धको तरिका बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार