भोजपुरका ग्रामीण भेगमा छैन स्वास्थ्य उपकरण, जोखिमैजोखिम

  सिलिचुङ सम्बाददाता

पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेस्थित गाउँपालिका प्रवेश गर्ने यात्रुको स्वास्थ्य परिक्षण गर्दै स्वास्थ्यकर्मी । तश्विर

 

भोजपुुर । कोरोना भाइरसको जोखिम बढिरहँदा स्वास्थ्य उपकरण अभाव बढेको छ । स्वास्थ्य जाँचका लागि प्रयोग गरिने उपकरण नै नहुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ । हतुवागढी, आमचोक, रामप्रसादराई, पौवादुङमा, साल्पासिलिछो गाउँपालिकाका स्वास्थ्य संस्थामा उपकरण अभाव खट्कििएको हो ।

पर्याप्त उचित उपकरण र रोकथामका औषधी अभावमा जोखिम बढेको छ

हरेक स्थानीय तहमा आईसोलेसन र क्वारेन्टाईन राखिएपनि स्वास्थ्य संस्थामा पिपिई, थर्मोलोगन, सर्जिकल मास्क र सेनिटाईजर नै पर्याप्त नहुँदा समस्या थपिएको आमचोक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महिनारायण चौधरीले बताए । उनले भने, ‘सामान्य विरामी जाँच्ने उपकरण पनि छैन, माथिबाट पठाईदिदैन, औषधीको मात्र भर छ’ संक्रमण जोखिम बढेपछि लगाईएको लकडाउन र चेकजाँच गर्ने उपकरण सामान ढुवानी हुन नसक्दा काम गर्न समस्या भएको स्वास्थ्यकर्मीहरु सुनाउँछन् ।
शंकास्पद विरामीलाई आईसोलेसन कक्षमा राखिने व्यवस्थापन गरिएपनि तत्काल रोकथामका लागि आवश्यक भेन्टिलेटर, कोरोनाको स्याम्पल पठाउने (भिपी क्यारियर) जस्ता उपकरण र औषधी अभावले झन समस्या थपिएको जिल्ला अस्पताल भोजपुरका प्रमुख पवित्रा श्रेष्ठले बताईन् । ‘सामान्य ज्वरो वा रुघाँखोकीको विरामी अस्पताल आयो भने स्वास्थ्यकर्मी नै नजिक जानबाट डराउनुपर्ने अवस्था छ’ उनले भनिन्, ‘कोरोना र सामान्य ज्वरो र रुघाखोकीको लक्षण उस्तै भएकाले पनि त्यस्ता विरामी अस्पताल आउने वित्तिकै आईसोलेसनमा राख्नुपर्ने अवस्था छ’ पर्याप्त उचित उपकरण र रोकथामका औषधी अभावमा जोखिम बढेको उनले सुनाईन् ।
गाउँपालिकाले राहत दिने र जनचेतनामूलक गतिविधिमा तीव्रता बढाएपनि स्वास्थ्य सामाग्री पर्याप्त नहुँदा काम गर्न कठिनाई भएको रामप्रसादराई गाउँपालिकाका अध्यक्ष बिजय राईले बताए । ‘हामीले आफ्नो तहबाट गर्न सक्ने धेरै काम गरिरहेका छौँ तर कोरोनाको चेकजाँच लागि स्वास्थ्यकर्मीलाई आवश्यक गर्ने सामाग्री नपाउँदा समस्या भएको छ’ अध्यक्ष राईले भने, ‘प्रदेश र केन्द्र सरकारले स्वास्थ्य उपकरण उपलब्ध गराई दिनुप¥यो, हामी खरिद गर्न तयार छौँ’ उपकरणको समस्या समाधानका लागि केन्द्रिय सरकारले पहल नगरेको उनले गुनासो गरे ।
आमचोक गाउँपालिकाले पनि कोरोना संक्रमण रोकथामको तयारीका लागि कोरोना राहतको स्थापना गरेर रकम संकलन गरिरहेको बताएको छ । जनचेतनासंगै अपरिचित मानिसलाई गाउँपालिका प्रवेशमा रोक लगाएको प्रमुख अशोक राईले बताए । गाउँपालिकामा स्वास्थ्य सामग्रीको अभाव रहेकाले आफ्नो तहबाट गर्ने काम भईरहेको उनले बताए । जिल्लामा ३ सय ६७ शैयाको क्वारेन्टाइन, १४ शैयाको आईसोलेसन छन् । यस्तै ३६ जना क्वारेन्टाइनमा र एकसय ९ जना होम क्वारेन्टाइनमा राखिएका छन् ।
यता जिल्ला प्रशासनले पनि विभिन्न स्थानीय तहमा कोरोना रोकथामका लागि बनाएका क्वारेन्टाइन र आइसोलेसन कक्षको अनुगमन थालेको छ । स्थानीय तहसंगको समन्वयमा संक्रमण रोकथामलाई प्रभावकारी बनाउन प्रशासनले अनगमन थालेको हो । स्थानीय तहहरुले मापदण्ड पुरा नगरी बनाईएका क्वारेन्टाइन र आईसोलेसन कक्षको स्थलगत अनुगमन पछि व्यवस्थित गर्न समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । भने, ‘स्थानीय सरकारले बनाएको क्वारेन्टाइन र आइसोलेसन कक्षको अनुगमन ग¥याँै, कतिपय वडामा बनेका क्वारेन्टाइनको आवश्यक मापडण्ड पुरा नभएको पाइएकोले सुधार गर्न सुझाव दिएका छाँै’
संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको बताईएको छ । जिल्ला प्रशासनले वितरण गर्ने पास वितरणमा पनि कडाई गरेको जनाएको छ । सरकारको लकडाउनको अवज्ञा गर्दै विनाकाम बजार तथा सडक क्षेत्रमा हिड्ने सर्वसाधरण र सवारीमाथि कारबाही थालिएको प्रजिअ पुरीले जानकारी दिए । जिल्लाका सबै नाकाहरु बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार