बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली राजदूताबासले शुक्रबार विहान उक्त जानकारी दिएको हो । यसरी मृत्यु हुनेमा ५२ जना पुरुष, ११ जना महिला रहेका छन् ।

यसैगरी, मृतकहरुमा ५२ जना गोरखा र उनका परिवार सम्वद्ध छन् भने ११ जना गैर गोरखा रहेको दूताबासका प्रवक्ता शरदराज आरनले बताए ।

गत सोमबार दिउँसो सम्म यो संख्या ६० जनामा सीमित थियो । दूताबासका प्रवक्ता आरनले गोरखा वेलफेयर ट्रष्ट, गोरखा भूतपूर्व सैनिकका संस्थाहरु तथा बेलायत सरकारले उपलब्ध गराएको तथ्यांकलाई पुनर्पुष्टी गरेर नयाँ तथ्यांक सार्वजनिक गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार