जनताको प्रश्नको जवाफ सिहदरवारले किन दिदैन ?

भनिन्छ सामाजिक रूपान्तरण विनाको शासकीय व्यवस्था काम लाग्दैन । सामाजिक रुपान्तरण नभएसम्म शासकीय रूपान्तरणले खासै अर्थ राख्दैन । समाजको रुपान्तरण र शासकीय प्रणालीको रुपान्तरण एक अर्काको परिपुरक हुन । समाज रुपान्तरण नभएसम्म जनताको जीवन र मुहारमा परिवर्तन आउदैन । समाजिक परिवर्तन विना शासन व्यवस्था, शासकीय संरचना र पात्रको फेरबदलले मात्रै कुनै परिवर्तन हुन सक्दैन । यो केवल बाहिरी भागलाई जवरजस्त सजावट गरे सिवाय मात्रै हुनेछ ।

 

दुनियाँमा हामी हेर्न र देख्न सक्छौं, शासन संयन्त्र र पात्रहरू जनतारूपी हुन्छन । आज हामीले खोजेको शासकीय प्रणाली र नेतृत्व समाजको विकासहरू र सेवा प्रदान गरी जनतालाई सुखी र उन्नत बनाउने हो । तर हाम्रो मुलुकमा यसको ठीक विपरित छ । शासनप्रणाली जनताबाट निर्वाचित व्यवस्था छ । तर जनताबाट निर्वाचित भएपनि उही पात्र उही चरित्रले समाज र देशलाई परिवर्तन दिन सकेको छैन । हामीले खोजेको शासनप्रणाली जनताद्धारा निर्वाचित जनताको मनोभावनालाई बुझने नेतृत्व हो । जनताद्धारा चुनिएपनि उही अनुहार र व्यवहार पात्र र चरित्रको आवगमनले लोकतान्त्रिक व्यवस्थाको समेत खिल्ली उडाएको छ ।

 

हाम्रो देशमा लोकतन्त्रको बास्तविक अभ्यास भएको छैन । भ्रष्टचार मौलाएको छ । जनतालाई सेवा दिन सकेको छैन । लोकतन्त्रिक विधि प्रक्रियालाई भत्काउन थालिएको छ । लोकतन्त्रको नाममा लुटतन्त्र मचाइरहेका छन । जनताले दिएको जनादेश र मतादेशलाई गलत ढंगले प्रयोग गरेर लुट मचाइरहेको छ । लोकतान्त्रिक विधिको नाममा लोकतन्त्रको सुन्दर शासन प्रणालीलाई गिज्जोलिइरहेको छ । जनताहरुमा भ्रम सिर्जना गरी लोकतान्त्रिक विधिबाट नै नेतृत्वमा आउने र नेतृत्वमा आइसकेपछि जनतालाई दुःख दिने काम भइरहेको छ ।

 

लोकतन्त्रमा सार्वभौमसत्ता जनतामा निहीत हुन्छ । जनताको शासन व्यवस्थालाई कायम गर्न जनताद्धारा मतादेश गरेर पठाइएको हो । तर जनताहरूले प्रदान गरेको बालिग मताधिकारलाई खेर फालिरहेको छ । जनताहरुले विधिको शासनलाई स्थापित गर्न मत प्रदान गरेका थिए तर बास्ताविक जनताद्धारा शासन व्यवस्थाको प्रणालीलाई नै भत्काइरहेका छन । अहिले कोरोनाको संक्रमण जस्तो महा विपत्तीमा भ्रष्ट्रचारमा सरकार लिप्त छन । यस्तो अवस्थामा जनताहरुको जीवन सुरक्षा र महामारी नियन्त्रणका लागि खासै ठोस काम गर्नुको सट्टा सत्ताको दुरुपयोग भइरहेको छ । त्यसैले सडकमा ठुलो मात्रामा सरकार विरोधी प्रर्दशनहरु भइरहेको छ ।

सत्तामा अनैतिक वा गलत सोचका मानिसहरू भयभित भइरहेका छन । अनैतिक र भ्रष्ट क्रियाकलाप गर्नेहरु जनताको नाममा आफ्नो प्रचारमा मात्रै व्यस्त छन । सडकमा देखिएको खवरदारीलाई सरकार सञ्चालक र तीनका आसेपासेहरु चोरको खुट्टा काट् भन्नु भन्दा अगाडी खुट्टा उचाले जस्तो गरिरहेको छ ।

 

बिकासका नाममा सरकारी बजेटहरु गाउँगाउँमा हजारौं कार्यकर्ताहरुलाई लुट मच्चाउन छुट दिईरहेका छन । नेताका कुनै काममा प्रश्न ग¥यो भन्यो कार्यकर्ताहरु जाइ लाग्ने गरेका छन । नेताहरु मालिक र कार्यकर्ताहरु अन्ध भक्त छन । नेताको बारेमा सही कुराको बारेमा प्रश्न गर्दा पनि अरिङगाल जसरी आक्रमण उत्रन्छन ।

 

यो लेख मेरो आफ्नै हो । सधै अरूको काम, राजनीतिक, सामाजिक कर्म बारेमा कराएको, बोलेको र लेखेको होइन । भलै केही लायक कमेन्ट सेयर, लेख प्रकाशनहरू नै गरेको हुँ । यसबाटै मन खुसि छैन, मन साह्रै यहै दुखी बनेको पनि होईन, लेखक बनेर लेखक नै ठानेर वा जान्ने बनेरै लेखेको पनि होईन, जीबन एक नाटक हो, यही नाटक मञ्चनमा अनेकौ पात्र उदय जन्मन्छन । केबल कतिको यही जयनाम, मान, सान रहन्छ, कति कम रहन्छ । यो अहिलेको समयमा मात्र भएको होईन, यसरी नै चलिरहेको छ । म जस्ता सर्वसाधारणहरु चिन्ता हो ।

 

काभ्रेमा म जन्मेको हो । यही जन्म थलोमा जन्मेर कर्मथलो बनाइरहेको थिए । त्यो दोभानमा झन्डै ४२ बर्ष अघि जन्मेको हो । मेरो आखाँमा रोशी गाऊ, कटुन्जे अतित होईन न बिरानो हो, न कुनै लेनदेनको बिषय नै हो । कुनै मानिस अरबमा जन्मेको होस, यूरोप जन्मेकै किन नहोस, ऊसैलाई जन्मभूमि प्यारो लाग्छ । म मात्र एक्लो त्यो मानिस होईन । हामी करिब करिब ३ करोड नपुग नेपालीहरू आज नेपालैमा बस्छौ । भलै म जस्तौ झन्डै ७० लाख नै नेपाली प्रवासी किन नहुन, सबैको जन्म भुमि प्यारो लाग्छ ।

 

मलाई आज पनि नेपाल आमा प्रति गर्ववोध भइरन्छ । जहाँ जुन परिस्थितीमा रहे पनि म जस्ता नेपालीहरु नेपाल आमा प्रति सदैव माया, प्रेम र स्नेह सबै रहीरहन्छ । को कहाँ छ र कति कमायो के गर्छ, कति हैसियत र औकात दाँज्न रूचाउदिन । हिजोपनि मैले यो कहिले हिसाब खोज्ने प्रयास भएन । म जस्ता नेपालीहरु प्रवासमा बसेर भएपनि देशप्रति योगदान गरिरहेको छौं ।

 

तर मुख्य रुपमा आज हाम्रो देशको राजनीतिक प्रणाली ठिक होइन बेठिक अवस्थामा छ । राजनीतिज्ञहरुले आम नागरिकलाई के दिए र नागरिकले के पाए ? यस्तो अवस्थामा नेपाली जनताहरु असन्तुष्ट छन । असन्तुष्ट मात्रै छैन, सडकमा विरोधका चर्को स्वरहरु आउनु विद्रोह र आक्रोशको ज्वारभाटा हो । यसले अव जनतालाई मुर्ख बनाउने दिन गए । यसले नेता तमासे र जनता तमासे हेरेर बस्ने परिस्थितीका दिनहरु अब आउने छैनन् । सरकारलाई बलुवाटारमा बसेर मनपरी गर्ने छुट छैन, भन्ने सन्देश पनि जनताले दिएका छन । अव विकल्पको खोजी भइरहेको छ ।

 

जब मलाई बिकास र सामाजिक कुराहरु विभिन्न लेख रचनाहरुबाट वहस गरिरहन्छु । लेख रचनाबाट गरिने वहसहरुमा सामाजिक धनको दुरूपयोग किन भइरहेको छ ? यस्तो परिस्थितीमा कोही पनि बोल्दैनन् भन्ने प्रश्नहरु उब्जिरहेको बेला सडकबाट निस्कन विरोधका स्वरहरु जनता चुप लागेर बस्ने छैन सन्देश जान्छ । भ्रष्ट्रचार, अपराध र देशद्रोह जस्ता गम्भिर कार्यहरु भइरहँदा सचेत नागरिक भएकाले चिन्ता लागिरहन्छ ।

अहिले सूचना र प्रविधिको युग छ । यसको प्रयोगले मानिसहरुको चेतनामा धेरै विकास भएको छ । जसबाट आफ्ना हक अधिकार सही गलत जस्ता कुराहरु छुट्टाउने सक्ने क्षमता आम मानिसमा अभिबृद्धि भएको छ । मानिसहरू घरै बसेर जानकारी लिन, हेर्न सक्छन । देश गलत मोडमा गइरहेको बेला सबैले आफ्नो क्षेत्रबाट सरकारलाई खवरदारी र दिशानिर्देश भएको छैन । यस्तो अवस्थामा हामी चुप लागेर बसे देश समुन्नत हुने अवस्था देखिदैन ।

 

अहिले देशमा पुर्नः जागरणको आवश्यक छ । देशमा धेरै राजनीतिक परिवर्तन भए । राजनीतिक परिवर्तनलाई आत्मासात गरेर सत्ता सञ्चालन गर्नेहरुले देश अगाडी बढाउन सकेन । देशमा झन झन गरिवी बढदो छ । यस्तो अवस्थामा उद्योग कलकारखानाहरुको विकास, उत्पादनमुखी, आत्मनिर्भर, निर्यात व्यापारलाई बढवा दिएर देशलाई विकास बाटोमा अगाडी लानुपर्ने हो । तर राज्य सञ्चालकहरुले गर्न सकेन ।
देशमा परिवर्तनका नाममा धेरै राजनीतिक उत्तरचढावहरु भए । यी उत्तरचढावहरु केवल परिवर्तनका लागि नभई कसैको स्वार्थ केन्द्रीत थिए भन्ने विगतका अवस्थाहरुले पनि देखाउँछ । यस्तो परिस्थितीमा राम्रो राजनेताको आवश्यक छ । जनताले हरेक परिवर्तनमा नेतालाई साथ दिए । तर नेताले जनता र देशप्रति कुनै दायित्वबोध गरेन । अवको दिन सबैले सोच्नुपर्ने आवश्यक छ ।

हाल लण्डनमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार