मुसलधारे पानी सँग पुर्व रसियन राजधानी ‘सेन्ट पिटर्सबर्ग’ रोई रहेको बेला नाताशाको गलबन्दीले अचानक उनको घाँटिमा एक फन्को मार्यो । गलबन्दीले फन्को मार्दा उडाएर ल्याएको साईबेरियन मुसे अत्तरको बासनाले मेरो नाकको डण्डि नै भाँच्यो । किनभने गाडिमा उनको ठिक पिछाडि म आरामले बसेर नेभा नदीको किनारमा रहेको ‘युरोपको आँखी झ्याल’ सेन्ट पिटर्सबर्ग लाई नियालि रहेको थिए ।
बैकाल पछिको स्वच्छ पानीको सबैभन्दा दोश्रो ठुलो ‘लडेगा ताल’ बाट बहन सुरु गरेका नेभा नदीले हाम्रो भावना बोकेर सेन्ट पिटर्सबर्ग लाई चक्कर लगाउदै लगाउदै फिनिस खाडिमा गएर मिसाई रहेको थियो।
हामी केहि बेर पछि पिटर र र्पौल किल्ला पार गर्दै गर्दा साँघुमा चालक भ्लादिमिरले तेश्रो गियरमा गाडि घुमाउदा आएको घकलक घकलक आवाज मेरो श्रवण शक्त्ति गुम्दै गरेको कानमा केहि बेर गुन्जि रह्यो । त्यस सहरमा त्यस्तो ३४२ वटा साघुँहरु रहेका थिए । ठिक त्यँहि बेला हाम्रो पथ प्रदर्शक नाताशाले त्यस किल्लाको निर्माण १७०६ बाट सुरु गरेको भएता पनि १७४० मा मात्रै पुर्णता पाएको कुरो दोश्रो पटक दोहर्याकी थिईन ।
मैले किन किन हिजो देखी अङ्ग्रेजी ज्ञानको भण्डार भएकी नाताशाका अनुहार चाँही त्यँही दर्जा अनुसारको छैन भन्ने महसुस गरि रहेको थिए । तर उनको त्यो रसियन अनुहार लाई भर्खरै भेटेको युक्रेनियन अनुहार सँग तुलना गरेर त्यस्तो परिभावना गरेको थिए । साच्चै बिश्वमा युक्रेनियन युबतीहरु नभैदिएको भए यो जाबो संसार गोलो धब्बा भएको सबैभन्दा कुरुप ‘बोल्ब माछो’ झै हुने थियो होला भन्ने मैले उनको ठिक पिछाडि बसेर मनमनै कल्पना गरि रहेको थिए ।
किल्ला भित्र पसेपछि भ्लादिमिरले गियर लाई सँजाय दिदै घुक्लुक घुक्लुक गर्दा गर्दै गाडि रोके । गाडिमा हामी दुई-दुई जना नेपाली, फ्रेन्च, ब्राजिलियन र एकजना सिङ्गापोरियन थियौ । गाडि बाट झरेपछि सेन्ट पिटर्सवर्गको ऐतिहासिक नाम पेट्रोग्राड, लेनिनग्राड र पुन: सेन्ट पिटर्सवर्ग भएको कुरो नाताशाले बेखुशि हुदै हामीलाई बताईन ।
त्यसपछि हामी उनी सँग सँगै दुई चार कदम अगाडि हिड्यौ । र नजिकै रहेको पिटर महानको सामाधिस्थल पिटर र पौलको मुख्य गिर्जा घरमा पस्यौ । जहाँ प्रथम जार पिटर देखि अन्तिम जार निकोलस दोश्रो सम्मको समाधि रहेको थियो ।
सन् १६७२ मा जन्मेर १७२५ मा देहान्त भएको पिटर महानलाई सम्झेर एक मिनेट मौन धारण गरेर बाहिर निस्कदा म थोरै भाव बिह्वल बनेको थिए । किनभने तिनै महामानबले संसारको सबैभन्दा सुन्दर सहर भेनिसको नक्कल गरेर १७०३ बाट ‘उत्तरको भेनिस’ सेन्ट पिटर्सबर्गको निर्माण गरेको थिए ।
गिर्जा घरको प्राङ्गनमा हिडदै हिडदै जादा ट्रबेस्क्यै बास्चन कारागार पुगेर जारले बनाएका उनान्सत्तरि कोठे कारागार सङ्ग्राहलय निरक्षण गर्न थाल्यौ ।
हृदय भरि चिसो तरङ्गहरु सँगालेर टेकेको मेरो कदमहरुले लेनिनको दाजु अलेक्जाण्डर उलनोभले जेलमा छँदा बिताएका कोठामा पर्यो । त्यति बेला उलनोभ भर्खर एक्काईस वर्षका ठेटना थिए । कारागारमा छँदा दिईएको मृत्युदण्डले नै लेनिनलाई राजनितीमा लाग्न प्रेरणा मिलेको कुरो नाताशाले मेरो कानको नजिक आएर सुटुक्कै बताईन ।
त्यस कोठा बाट निस्केर सरासर लियोन ट्रोटस्कीलाई थुनिएको कोठा ‘सेल नम्बर ६०’ मा एक्लै छिरे । किनभने रसियन इतिहासको शून्य ज्ञानकी लखपति ताराले झ्यालखानाको कोठा के हेरि रहने होला भनेर टक टक हिल पडकाउदै सिढि बाट ओरालो लागिन र जेल बाट सरासर बाहिर निस्किन । उनी त्यहाँ बाट हिडे पछि ईतिहास जान्न खोज्ने र नजान्न खोज्नेको फरक पृथ्वी र काईपर बेल्टमा एक्लै कक्षिय गतिमा घुमि रहने क्षुद्र ग्रह यम जतिको टाढा रहेको सोचे ।
बोल्शेभिक कम्युनिस्ट पार्टीको बिजय पछि पुर्व मेन्शेभिक पार्टीका ट्रोटस्की स्टालिन सँग फरक बिचार राखेर मेक्सिकोमा निर्वासित जिवन यापन गरि रहेका थिए । ट्रोटस्कि बिश्वको कुनै कुनामा रहे पनि स्टालिनले उसको खुन गर्ने निती लिएका थिए । त्यसैले उसको हत्याको दुई चोटि अशफल प्रयासहरु भै सकेका थिए ।
एक साँझ चरा चुरुङ्गीहरु बास बसेपछि थालमा रहेको आलुको चोईटा काँटाले उचालेर मुखमा पुर्याउन लागेको बेला अपघाति समुहको सदश्य जेमि रामनले अचानक हिमाल चढदा प्रयोग गरिने बन्चरो ‘आईस एक्स’ ले घाँटिमा हिर्काउदा, ‘यसचोटि चाँही म बाच्न सकिन,’ भन्ने अन्तिम शब्द पुकारेर यस धर्ति बाट उसले सधैको लागि बिदा लिए ।
गोरि, जर्जियामा स्टालिनको जन्म नभएको भए सायद दुई करोड रसियनहरुले अल्प आयुमै स्वर्गको यात्रा गर्न आबश्यक पर्दैनथ्यो होला भन्ने मनमनै सोचे । जुन मानबिय क्षति भनेको अध्यक्ष माओको भन्दा एक करोड थोरै र चान्सलर हिटलरको भन्दा एक करोड धेरै थियो ।
त्यहाँ बाट निस्केर थोरै अगाडि हिडदै गए, ‘केबल आमाले मात्र आफ्नो सन्तानको भबिष्यको बारेमा सोच्न सक्छिन किनभने उनले आफ्नो सन्तानको रुपमा जन्म दिएकी हुन्छिन,’ भन्ने सोचाई राख्ने महामानब म्यासिम गोर्कीलाइ थुनेको कोठामा पुगे ।
अनेकौ रोग, भोक र कष्ट सहेर ‘पाभेल’ जस्तो क्रान्तिकारी सन्तान हुर्काउने तिनै बिश्व भरिको दरिद्र मजदुर आमाहरुको याद गर्दै गर्दै म त्यस कोठा भित्र पसे । किनभने मैले गोर्किको ‘आमा’ उपन्यास पढि सकेपछि मेरो मस्तिष्क बाट रसियन शाहित्यकारहरु टाल्सटाय, पुस्किन, चेखब र दोस टोई इभ्स्कि सँग सँगै उहाँको नाम पनि सम्झि रहेको थिए । उहाँले यिनै कोठामा थुनिएर बस्दा अर्को पुस्तक ‘सूर्यको सन्तान’ लाई पनि जन्म दिएको थिए |
जेलको निरिक्षण सकिए पछि आठ हजार स्मारिका दुई हजार स्मृति स्तम्भ अनि युरोपको कला र संस्कृतिको बिगत, बर्तमान र भविश्यको नै सर्बोत्कृष्ट सहरको गहिराई भित्र प्रवेश गर्न भ्लादिमिरले गाडीलाई दरवार स्वायर तिर हुईक्यायो । केहि बेरपछि नेभा नदिको दायाँ काखैमा रहेको लुभ्रे पेरिस पछि संसारको सबैभन्दा ठुलो कलाको सङ्ग्राहलय हर्मिटेज सङ्ग्राहलय पुर्यायो ।
हृदय भरि बग्रेल्ति रहर पालेर आफु जन्मेको गाउँ बुईपा देखि हजारौ माईल टाढाको यात्रा गर्दै कहिले नेपोलियन र कहिले नाजिको अधिनमा जबरजस्ति कर खेप्न बाध्य भएको हर्मिटेज सङ्ग्राहलय पुग्दा छाति भरि कौतुहलताको श्वास प्रश्वास बढि रहेको थियो ।
‘चाडो चाडो गर्नु ?’
गाडी रोकिने बितिक्कै पुर्व कम्युनिस्ट शासकहरुको आदेश झल्काउने गरि नाताशाले छाडेकी शब्द नेभा नदीको पानीको बछिटा सँग मिसिएर मेरो कानको जालि भित्र फलामे तिर झै पस्यो । हामी त्यहाँ पुग्दा ग्राण्ड बजार, इस्तानबुल जतिकै बाक्लो मानबिय भिडलाई उछिन्दै अग्रिम बन्दोबस्त गरेको समुहको टिकट छ भनेर सटासट सुरक्षा हल सम्म पुग्यौ ।
विलियम रटेन्जनको एक्स रे मेशिन बाट हाते झोलाहरु फुत्त निस्केर छुटकारा पाए पनि हाम्रो शरिर चाँही रसियन सुरक्षा अधिकारीहरु बाट छुटकारा पाउन सकेका थिएनन् । सम्पुर्ण शरिरको अङ्ग प्रत्यङ्ग अधिकारीहरु हात बाट जोखिए पछि जुता ढाक्न प्लास्टिकको ‘ओभर सुज’ दिए र उनीहरुकै भाषामा शुभ दिन सम्म भनेर हामीलाई बिदा गरि पठाए ।
१७६४ मा हजुर महारानी क्याथरिन महानले निर्माण गरेकी हर्मिटेज दरवार सङ्ग्राहलय सम्भवत संसारको सबैभन्दा पुरानो एबम ठुलो संग्राहलय होला ? किनभने त्यो दरवार क्षेत्र भित्र जम्मा ६ वटा त्यस्तै भिमकाया कलात्मक दरवारहरुको सङ्ग्राहलय रहेका थिए । पन्ध्रौ शताब्दिमा बनेका पुर्विय गलैचाहरु, छुन नपाईने सुनका ढोकाहरु, मध्यकालिन युगका दिपमालाहरु सुन बाट बनेका कुर्सि टेबलहरुले मागेर खाने राष्ट्रको हामी मात्रै होईन चिनिया पर्यटकहरुको पनि मनै लोभ्याउदथे ।
माईकल एन्जेलो, रेम्ब्रान्ड, राफेल, भिन्ची, पिकाशो, बर्बेरिल्ली, टिजियानो, ज्याकोब अनि भेन गोगहरुको मेहनत र परिश्रम बाट निस्केका कला पनि आँखै दुखिन्जेल हेर्न पाईयो । महारानी क्याथरिनले पुर्विय र पश्चिमि ३८ हजार पुस्तक १६ हजार ड्रईङ ४ हजार पेन्टिङ्ग र १ हजार जेम्स जम्मा गरेर बिश्व भरिको कलाको बिधार्थिहरु लाई अध्यान गर्न सजिलो हुने गरि जम्मा गरि दिएकी छिन । ढुङ्गे युग देखि पश्चिमी यूरोपियन सभ्यता सम्मको तीन मिलियन भन्दा बढी सर समानहरु लाई ३ सय ५० वटा राजकिय कोठाहरुमा सजाएर राखिएका थिए ।
‘यदी यहाँ भएको हरेक चिजलाई एक-एक मिनेट समय दिएर हेर्ने हो भने करिब १२ वर्ष जति लाग्नेछ ।’ सङ्ग्राहलय भित्र सय चोटि पसि सकेकी नातासाले भनिन । उनको घतलाग्दो भनाई सुनेर चकित पर्दै हरेक बर्ष २५ लाख मानिसहरुले पाईताला पार्ने त्यो सङग्राहलयमा आफ्नो मृत्यु भन्दा अगाडि एक चोटि पुग्नै पर्ने मलाई त्यति बेला बल्ल महसुस भयो । अनि मेरा हात्तीपाईले खुट्टाले टेकेका बिश्वको चार सय तिस सहरहरु सँग तुलना गर्दा भेनिस र एथेन्स पछिको तेश्रो नम्बरमा त्यसलाई पारे ।
अर्को दिन बाल्टिक सागरको बादल र साईबेरियन पर्बतको बादल जुधेर निक्लेको बर्षे झरिले हामीलाई बिहान देखि सताई रह्यो । तै पनि हामी दश बजे नै क्याथरिन दरवारमा पुगि सकेका थियौ । दरवारमा पुगेपछि मेरो जिन्दगीमा सबैभन्दा बढि सुनेको सुबिख्यात लब्ध कीर्तिमय कोठा ‘एम्बर कोठा’ भित्र पसि हाल्यौ । किनभने त्यो कोठाका भित्ताहरु दुर्लभ ‘एम्बर’ र सुनका प्यानलहरु बाट बनेका थिए । मुख खोलेर बोल्न र तस्बिर लिन अनुमति नपाईएको तर एक बिलियन डलर मुल्य बराबरको त्यो कोठा बिश्वको ‘आठौ आश्चर्य’ मानिन्थ्यो ।
आठौ आश्चर्य र मौसमको उल्का सँग सँगै केहि समय पछि झिलझिले प्लास्टिकको बर्षादी ओढेर हाम्रो शरिरले पिटर होफ दरवारको सामशोन फाउन्टेनको सिढिमा पहरेदार सुरु गरि सकेको थियो । शिबुया, टोकियो ट्राफिक बत्तिको पादचारि मानब भिड जस्तै भिडमा बिहानको ठिक एघार बजे कानको जालि नै फुटाउने गरि बजेको रसियन सङ्गितको साथमा ६४ वटा ‘फाउन्टेन’ हरु बाट एक्कै साथ पानी निस्कदा दिउसै दरवार झलमल्ल भएको देखिन्थ्यो ।
पिटर महानले युरोप भरिको कुना कुना बाट खोजेर ल्याएको सबैभन्दा अनुभबी इन्जिनिएरहरु बाट बनाएको पिटर होफ दरवार १२ हजार फुटबल मैदान जतिको क्षेत्रफलमा फैलिएको थियो । जहाँ प्रत्येक वर्ष ४२ लाख पर्यटकहरुले नजर लगाउने गरेका थिए ।
फिनल्याण्डको खाडी बाट आएको सामुन्द्रिक हावा सँग सँगै हामी ‘होभरक्राफ्ट’ चढेर मोईका नदीको किनारमा रहेको यासुपोभ दरवार पुग्दा जाडोले ताराको नाख बाट तुरुरु सिगाँन चुहि रहेको थियो । तिनै दरवारमा राजकुमार फेलिक्स यसुपोभले जार निकोलस दोश्रोको पत्नी एलिक्सको बिश्वासि पात्र ग्रिगोरी रसपूटिनको बिभत्स पुर्ण तरिकाले गरिएको हत्याको कथा सुनेपछि र मैले झोला बाट निकालेर दिएको आँधि बोतल ‘स्मिर्नअफ’ भोडका बजाए पछि उनको सिगाँन बल्ल हिउदे भेल झै सुक्यो ।
धेरै इतिहास जानेर के गर्ने होला भन्ने बिचारकी माथबरी श्रीमती सँग सेन्ट पिटर्सबर्गको अन्तिम दिन परालको आगो बाल्दै बाल्दै ‘चर्च अफ द सेभिएर अन स्पिल्ड ब्लड’ पुग्यौ । १३ मार्च १८८१ को दिन अलेक्जेन्डर दोस्रोको हत्या भएको त्यस ठाउँमा निर्माण गरिएको पाँच वटा अण्डाकार छानोको गुम्बज भित्र मध्यकालिन युगको बिभिन्न रङ्गिन चित्रहरु कोरिएका थिए ।
आफ्नो पृय बाबुको अमर सम्झनामा अलेक्जेन्डर तेश्रोले १८८३ देखि बनाउन सुरु गरेता पनि निकोलस दोश्रोले १९०७ मात्र निर्माण कार्य सम्पन्न गरेका थिए । त्यति लामो समय लगाएर अघोर आकर्षक बनाईएका गुम्बजको नजर लगाएर बिर्य स्खलन हुन लागेको बोकाले झै वा… गरेर मुख खोलि रहदा मेरो गिजा पग्लिएर हाँसी दात भुईमा झर्न खोज्यो ।
बोल्शेभिक कम्युनिस्ट हरुले बिजय प्राप्त गरेपछि मार्क्सले कण्ठस्थ बनाउन लगाएको ‘धर्म जनताको लागि अफिम हो’ भनेर तीन तीन चोटि भत्काउन प्रयत्न गरे पनि बिश्वको अखट्टै सुन्दर गिर्जाघर लाई पार्टीको कुनै तह र तप्काले भत्काउन आदेश दिन सकेनन् ।
कम्युनिस्ट शासकहरुले अन्तिम जार निकोलस र श्रीमती एलिक्सलाई १७ जुलाई १९१८ को मध्य रातमा गोलि हानेर हत्या गरेका थिए ।
राष्ट्रघाति महाकाली सन्धि गर्नेलाई पहिचान गरेर खुलामन्चमा टमहक वा स्कडले शिर उडाई दिए पनि प्रायश्चित नगर्ने मेरो हृदयले कुनै गल्ति नगरि मृत्यु दण्ड पाएको त्यति प्यारी रसियन छोरीहरु ओल्गा २२ टाटियाना २१ मरिया १९ एनेस्तासीय १७ र एकल छोरा अलेक्स १३ बर्षको लाई पनी त्यसै बिहानी पख पालै पालो नाम बोलाएर मृत्यु दण्ड दिईएको थियो ।
सबै दिदीहरुको मर्ने पालो सकिए पछि मेरो पालो आउदैछ भनेर दुई-दुई घण्टा मृत्युको प्रतिक्षा गरेर बसेका बिमारि ‘अलेक्स’ लाई त्यो बर्षको १७ जुलाईको अरुणोदय निक्कै दुखदायि बनि रहेको थियो होला ?
अक्सफोर्ड, बेलायत