कप्तान प्रशान्त राईको हैकममा उडेको आर ए ४०१ को एयर बस ए–३२० सुबर्ण भूमि विमानस्थल, बैङ्ककमा उत्रदाँ अपरान्हको सुर्य अन्डामान सागरको आकाशमा रुमलिई रहेको थियो । साढे तीन घण्टा अगाडि मात्रै संसारको अति कम बिकशित राष्ट्रको जोखिमपुर्ण अन्तराष्ट्रिय विमानस्थल देखि अति सुबिधा सम्पन्न विमानस्थलमा पुग्दा मन भित्र किन किन खिन्नता पैदा भई रहेको थियो ।
एअर बस बिमानस्थलमा उत्रेपछि निम्बु घाँस र पाक थाईको मिश्रित सुगन्ध सँग सँगै तेश्रो पटक बैङ्कक अध्यागमनलाई हामीले कछुवा गतिमा पार गरी रहेका थियौ । त्यसपछि मेरो अनन्त यात्रामा सदैब साथ दिने जिवन सँगिनीसँग एक एक वटा सुटकेस गुडाउदै गुडाउदै अध्यागमन बाट यात्रु प्रतिक्षालय हलमा पुगेका थियौ । अप्रतिष्ठित मौसमको आँधीबेहरीसँग बिमानमा आएको हलचलले आकुल ब्याकुल बनाउदाँ हामी जानु पर्ने होटलको नाम नै भुलि सकेको थियौ । त्यसैले प्रतिक्षालयमा रहेको कुर्सिमा थचक्कै बसेर होटलको नाम पत्ता लगाउन मोबाईलमा भएको बिधुतीय पत्रहरुलाई कोट्याउन सुरु गरेका थिए । किनभने होटलको अग्रिम आरक्षण मैले आफै गरेको थिईन, छोराले लण्डनबाट गरि दिएका थिए ।
बिद्युतीय पत्रहरु खोलेर होटलको नाम पत्ता लगाएपछि एउटा ट्याक्सीलाई समातेर हामी होटल तर्फ लाग्यौ । हाम्रो होटल लगभग पचास हजार बेश्याहरुको रमाईलो बस्ती रहेको मध्य बैङ्ककमा अबस्थित थियो । हामी बैङ्कक पुग्दा त्यहाँको मौसम अति सफा एबम आकर्षक थियो । त्यति रमाईलो मौसम भएपनि घरी घरी शियामको खाँडीबाट उत्पन्न भएको दृश्यहीन चिसो बतास चोपराय नदीमा ठोकिएर हाम्रो गालासम्म आई पुग्दा झन आनन्दित हुने गर्दथ्यौ । एक घन्टा जतिको रमाईलो यात्रापछि हामी तिनै चोपराय नदीको किनारमा रहेको होटल ‘अर्बना साथ्रोन’ पुगेका थियौ ।
मनभरी सयकडौं कौतुहल बोकेर होटलमा पुग्दा ताराको मुहार चन्द्रमाको किरणले झै प्रज्वलीत बनेका थिए । ट्याक्सिलाई बिदाई गरेपछि मुस्कानको भुमी भनेर लब्धकीर्ति कमाएको थाईल्याण्डको पाँच तारे होटल अर्बना साथ्रोनमा हामीले पहिलो कदम पार्यौ । मुख्य ढोकाबाट भित्र पस्ने बितिक्कै स्वागतिकाले थाई मुस्कान सहित, ‘तपाईहरुलाई अर्बना साथ्रोनमा स्वागत छ,’ भन्दै हामीलाई फूलको थुङ्गाले स्वागत गरिन । उनको त्यति आकर्षक मोहडा र कामोतेजक जिउडाल देखेपछि कृष्ण बनेर मैले सुस्तरी ‘धन्यबाद’ भन्दै उनलाई जबाफ फर्काए । हाम्रो राहदानीको पानाहरु पल्टाएर हेरेपछि कम्प्युटर पटल बाट उनी उठिन र हिडदै म उभिरहेको ठाउँ नजिकै फेरि आई पुगिन ।
‘महाशय ! तपाईहरुको कोठा तिसौ तलामा रहेको छ । यि चाबी लिनुहोस र कुनै समस्या भएमा म यहि हुनेछु ।’ भन्दै मलाई कोठाको चाबी हातैमा थमाई दिईन ।
मेरो हातमा चाबी परेपछि हामी बिद्युतीय लिफ्ट चढेर सरासर ३० औं तलामा पुग्यौ । ढोका खोलेर कोठामा पस्ने बितिक्कै बैङ्कक सहरको सुदृश्य देखेपछि मेरी जिवन सङ्गिनीले पहिलो चोटी वाउ भन्दै मुख खोलिन । त्यति ठुलो भोक बिलासिय कोठाको एक छेउको झ्यालबाट सानदार चोपराय नदी र अर्को तिरको झ्यालबाट साथोन थाई सडक किनारमा रहेका गगनचुम्बी महलहरुको मनमोहक दृश्यलाई त्यँही बाट चुम्बन गर्न मिल्दथ्यो ।
कोठाबाट देखिएको चोपराय नदीको पानी झै बैङ्ककको समय निरन्तर अगाडि बहि रहेको थियो । लिफ्टबाट म सँग सँगै गुडाउदै ल्याएको सुटकेसलाई त्यतिक्कै भुईमा छाडेर हतार हतार बार्दलीमा निस्केर एक छिन शान्तिको सास फेरे । बैङ्कक सहरसँग लुकामारी खेल्दै अबिरल बही रहने चोपराय नदीको बिलोकनिय दृश्यलाई तिनै बार्दली बाट एकोहोरो हेरि रहेको थिए ।
‘दृश्य मात्र हेर्ने हो कि केही खानेकुरोको पनि ब्यबस्था गर्ने हो ? मलाई त भोक लागि सक्यो ?’
नदी र सहरको दृश्यबलोकनले मन्त्र मुग्ध भएर भावनामा बहि रहदाँ अचानक ताराको बिषालु आवाज मेरो कानमा बज्र्यो ।
होटलको ३० औं तलामा रहेको कोठा भित्रको त्यति शान्त बाताबरणलाई बिश्रान्ति गर्दै निस्केको उनको जहरिलो भनाईलाई मैले राम्ररी बुझेको थिए । त्यसैले केही नबोली लुरुलुरु कोठा भित्र पसेर सुटकेसलाई थपक्कै पर्खाल नजिकै कुनामा राखे । केही समय अगाडि स्वागतिकासँग जिस्कदै बोल्दा उनको मुहारमा आएको अचानक परिबर्तन मैले त्यसबेला याद गरे । तर मेरो सट्टामा जुनै मर्दले पनि बैङ्ककको त्यस्ती सुन्दरीहरु सँग मौका पाउदाँ मौकाको फाईदा उठाई हाल्छन होला भन्ने मैले मनमनै कल्पना गरे ।
तैपनि तारालाई कसरी खुशि बनाउने होला भनेर मेरो दिमागलाई थोरै अभ्यास गराए । पलङको नजिकै बिजुली कित्ली थियो । तिनै कित्लीमा भरि पानी उमालेर हामी दुवै जनाको लागि एक कप चिया बनाए । टेबल माथिको बिस्कुटका केही टुक्राहरुसँगै उनको अगाडि चिया राखि दिए । तातो तातो चिया र बिस्कुटले मास्तिर लागेको थर्ममिटरको पारो सुस्तरी ओरालै ओरालो झर्न थाल्यो । त्यसपछि मैले पनि एक कप जसमिन चिया हातमा लिएर पुनः बार्दलीमा निस्केर कुर्सीमा आरामले बसे । अनि बैङ्ककको गगनचुम्बी महलहरुलाई दोश्रो पटक नियाल्न थाले ।
हाते घडिले बेलुकीको समय छ बजाएको थियो । यद्यपी बैङ्ककको गर्मी दुई बाट एकमा झरेको थिएन । हामी केही बेरपछि होटलको रिसेप्सन झर्यौ । त्यहाँ झरे पछि मैले तिनै युबतीसँग सहरको एउटा नक्सा मागेर गोजिमा हाले । होटल बाट बाहिर निस्केपछि नजिकै रहेको पुल बाट साथोन थाई सडकलाई सुस्त गतिमा पार गर्यौ । सडकको पारी पट्टि पुगेर अर्को कन्भन्ट रोडको पेटी माथि हिडन थाल्यौ । यौनको मुख्य भुमिमा त्यसरी हिडदै गर्दा सडक किनारमा रहेका भट्टि पसलहरु असाध्यै रङ्गी चङ्गी र जीवित देख्न थाल्यौ ।
जति जति हाम्रा कदमहरु अगाडि बढदै जान्थे, उति उति हामीले मसाज पार्लरहरु पार गरि रहेका हुन्थ्यौ । त्यतिबेला मसाज पसलबाट निस्केका मेवा, चमेली, मालती, नरिवल र निम्बु घाँसका सुगन्धले हाम्रो नाकसंग जुहारी खेल्न खोजि रहेका आभाष हुन्थे । अनि तिनै मसाज पार्लरहरुको चौघेरामा ठाँटिएर बसेका अर्ध नग्न युबतीहरुको मुख बाट निस्केको थाई मसाज र तीन सय भाट भन्ने सुरिलो शब्दले हाम्रो कानसंग मितेरी गाँसी सकेको थियो ।
सडक किनारमा देखिएकी त्यति राम्री षोडशिहरुको पहिरन दृष्टि लगाउदा मेरा आँखाका ढकनीहरु किन किन आफै बन्द हुन खोज्दथे । यद्यपी दुवै आँखा खोलेर सिधै नजर लगाउन नसकेता पनि छडके नजरले उनीहरुको मधुर मुस्कानलाई सरम मानेर भएपनि हेर्दै अगाडि बढि रहन्थे । उनीहरुको चालढाल, शैली र ढर्रा देखेर लजाउने एक्काइसौ शताब्दीको मेरो मानब मस्तिष्क र सर्मशिल आत्मालाई भित्र भित्रै धिक्कार छ भन्दै अगाडि हिडी रहे ।
मुस्कानको सहर ‘ल्याण्ड अफ स्माईल’ मा देखा परेका सुन्दर मुहारहरुको नजर लगाउदै लगाउदै केही बेरमा हामी सिलोममा अबस्थित ‘सोइ थानिया’ पुग्यौ । ‘सोई’ भन्नाले साधारण तय थाई भाषामा मुख्य सडकबाट छुट्टिएर निस्केको सहायक मार्गहरुलाई जनाउने गर्दथ्यो । तिनै सोइ थानिया देखि पातपोङ वरिपरि क्षेत्रलाई पर्यटकहरुले बिश्वको अति प्रख्यात मनोरञ्जनात्मक जिल्ला बैङ्कक ‘रातो बत्तिको जिल्ला’ भनेर चिन्दथे । समग्रमा पातपोङ, नाना प्लाजा र सोई काउ बोई बैङ्ककको मुख्य यौनिक कर्म भुमि रहेको थियो ।
हाईनान, चाइनाबाट आएका ‘पातपोङपानीक’ परिवारले सन् १९४६ बाट त्यस क्षेत्रमा ब्यापार सुरु गरेका थिए । तिनै चाईनिज पारिवारिक नामबाट त्यस ईलाकालाई ‘पातपोङ’ भन्ने गरिन्थ्यो । रात्रीकालिन बजारको मुटु मानिने त्यस स्थानमा पातपोङ एक, दुई, तीन र चार गरेर समानान्तर यौन गतिबिधि संलग्न हुने गल्लीहरु रहेका थिए । तर त्यस क्षेत्रमा बेश्याबृतिको मुख्य जरो गाडने श्रेय तिनै भियतनाम युद्धका पुर्व अमेरिकन सिपाहीहरुलाई जान्थ्यो ।
अंग्रजी चर्चित गायक मर्री हेडको हृदयस्पर्शी गीत ‘वान नाइट इन बैङ्कक’ लाई सम्झदै सम्झदै बैङ्ककको यौन बजार र रात्रीकालिन बजार हामीले संगसंगै भर्न थाल्यौ । केही बेरमा ‘किङ्गस क्यास्चल बार’ पार गरेर पातपोङ – २ सडकमा हिडदै जाँदा बैङ्ककको गर्मीले लुगा लगाउन बिर्सेर सानो स्तन छोप्ने कपडाको धर्सो र तिघ्राको बिच भागमा लिप्त भएको अन्र्तवस्त्र मात्र लगाएकी नगर बधुहरुसँग हाम्रो रमाईलो भेटघाट हुन थाल्यो । तिनै पाटपोङ–२ सडकको पेटी माथि केहीबेर हिडेपछि आयरल्याण्ड बाट ९ हजार ८ सय ५० किलोमिटर टाढा बैङ्ककमा रहेको आईरिस भट्टी पसल ‘द पेड्डी फिल्ड’ का सामुन्ने पुग्यौ ।
त्यति रमाइलो मौसम सँग सँगै द पेड्डी फिल्ड अगाडी सडक पेटीमा एउटा हातमा गिनिस बियर र अर्को हातले थाई युबतीको नग्न फिला मालिस गरि रहेको जिम डेभिस सँग मेरो अचानक भेट भयो । क्रस्बी, लिभरपुलबाट घुम्न आएको जिम लिभरपुलमा हुदाँ गल्फ खेल्ने मेरो असल मित्र थिए ।
‘हे भगवान ! कति सानो संसार रहेछ ।’ मलाई देख्ने बितिक्कै जिमले त्यसो भनेर जिस्क्याएका थिए ।
जिम सँग अचानक बैङ्ककका भेट हुदाँ हामी दुवै जना एक अर्कामा केही छिन छक्क पर्यौ । एउटा जिन्दगी जिउनु पर्छ, त्यसैले जीवित हुदाँ मात्रै आनन्द गर्न सकिन्छ भन्ने बिचारका धनी ऊ बर्षमा दुई चोटी सियाम आउने गरेका रहेछन । धेरै लामो समयसम्म सँग सँगै गल्फ खेल्दा पनि बैङ्ककमा आएर तरुनीहरु सँग औधस् मनोरञ्जन लिन्छु भन्ने कुरो उसले मलाई कहिले पनि सुनाएको थिएनन् ।
‘खानु, पिउनु, घुम्नु र यौन मात्र मेरो जिन्दगीको परिभाषा भित्र पर्छन,’ भन्ने कुरो जिमले मलाई बैङ्ककको बेश्यालयमा बताएका थिए । उसको त्यस्तो बिचारलाई मैले केही हदसम्म स्वीकारोक्त्ति जनाए । कमिलाहरुको ताँतीमा हुने संक्षेप भेटघाट झै हाम्रो पनि छोटो भेटघाट भयो । केही बेरपछि तिनै बैङ्ककमा भेटिएकी केटी साथीलाई उसले सर्लक्कै अँगालोमा बाँध्यो । अनि उनको बक्षस्थलमा दाहिने हात मज्जाले आराम गरायो । त्यसपछि केटी सँग सँगै आईरिस भट्टि पसल भित्र छिर्यो । हामीले सडकको पेटीमा उभिएर रोमियो जुलियटको जस्तो जीवित नाटक त्यतिबेला हेरि रह्यौ । त्यसपछि तारा र म क्रमश ः गन्तब्यहीन यात्रा तर्फ अगाडि बढ्यौ ।
भट्टि पसलहरुको रातो बत्ति र सडक किनारमा बलेका चहकिलो बत्तिको प्रकाशले बैङ्ककमा रात र दिन छुट्याउन हम्मे हम्मे पर्दथ्यो । केही समयपछि समलिङ्गीहरुको बार ‘पिङ्क प्यान्थर’ र ‘ड्रिम ब्योइ’ लाई हामीले आस्ते आस्ते पार गर्यौ । त्यँही बेला हाम्रो सामुन्ने लगभग साठीको दशकमा पुगेका जस्तो देखिने एक जना तालु खुईले अंग्रेज बुढो देखा पर्यो । बायाँ हातमा बियर समातेर त्यो बुढो दुई जना चुकचुकाउँदो उमेरका बस्त्रबिहिन युबतीहरुको बीचमा नब दुलाहा झै भएर बसि रहेका थिए । बेश्यालयको युबतीहरुले भन्दा पनि उसले लगाएको ‘पोर्न हब’ गन्जिले अचानक मेरो ध्यानाकर्षण गर्यो । त्यति फटाहा गन्जिले उसको ह्याकुल्लो छोपी रहेको देख्दा बुढोले कहाँ भेटाएछन् भनेर मेरो कदम केही बेर टक्क रोकियो ।
फटाफट चाल्दै गरेका मेरा कदमहरु एक्कासी रोकिएकोले हाम्रा आँखाहरु दुई बाट चार भए । म उसको सामुन्ने टक्क रोकिएको देखेर ‘तिमी हरायौ ?’ भन्दै बुढाले मलाई जिस्क्यायो । मैले प्रति उत्तरमा तपाईको गन्जी ज्यादै राम्रो रहेछ भनि दिए । धन्यबाद भन्दै ऊ थोरै मुस्कुरायो । त्यसपछि हाम्रो एक अर्कामा भलाकुसारी सुरु भयो । उसको नाम गेरविन थोमस रहेछ । र मर्था टिडभेल, वेल्स बाट आएको भन्ने उसले बताए । सात पुस्ता सम्म बेलायती बेरोजगार भत्ता खाएर बाँच्ने मर्था टिडभेलका कुहिरे पनि त्यहाँ छुट्टि मनाउन आएको देख्न पाउँदा मलाई औधी खुशी लाग्यो ।
हाम्रो भेट भएको केही मिनेट भित्रै उसको जिवन कहानी बमन गर्न थाल्यो । पारपाचुके गरेर बैबाहिक जिवनबाट सन्यास लिएपछि आनन्ददायी समागमको लागि संसारको सबैभन्दा उत्तम स्थान बैङ्कक हो भन्दै उसले मलाई उत्तम सल्लाह दिन थाल्यो ।
‘गेरविन ! तपाई असाध्यै भाग्यमानी हुनु हुने रहेछ । जस्ले गर्दा तपाई लाई एक्कै साथ दुई–दुई जना कामोत्तेजक युबतीहरु मिलेछन् ।’ भन्दै मैले तालु खुईलेलाई जिस्काई दिए ।
‘थाईल्याण्डमा एक मिलियन युबतीहरुले काँचो मासुको ब्यापार गर्छन । अझै सँख्या त्यो भन्दा उँभो उँभो होला ? निश्चय नै तिमीले पनि एक जना भेटी हाल्ने छौ । किन त्यति चाँडै सुर्ता गर्छौ ?’ उसले सहानुभुति प्रकट गर्दै मलाई जबाफमा फर्कायो ।
सडक पेटिमा संक्षिप्त परिचय भएको गेरविनको कुरो वास्ता नगरी म सरासर अगाडी बढि रहे । तर पिङ्क प्यान्थर बार नजिकै भेटिएका खुईले बुढो संगै बस्ने एक जोडी युबतीहरु स्त्री लिङ्गी हुन वा तेश्री लिङ्गी हुन भनेर ठम्याउन मलाई निक्कै मुस्किल पर्यो ।
हामीले पातपोङ–२ को दायाँ बायाँ किनारमा रहेका यौनकार्यसँग सम्बन्धित सर्बोत्कृष्ट गोगो बारहरु नियाल्दै अगाडी बढि रह्यौ । तर ‘पुसि गोगो’ बार भित्र पसेर एकदम कसिलो स्त्री प्रजनन अङ्गले सिट्ठी पुकेको, चुरोट पिएको, कोकको बोटल फुटाएको र पिङपङ बल उडाएको हेर्ने अभिष्ट आकाँक्षा ताराले गर्दा पुरा हुन सकेनन् ।
आ….आखिर जिन्दगीको सबै रहरहरु पनि त पुरा हुन सक्दैन भन्दै सडक पेटि बाट लामो समय सम्म यौन दोकान, कारवकी, मसाज, साउना, पिङपङ, डिस्को र बार गर्ल्सको दृश्यबलोकन गर्दै हिडी रह्यौ । त्यति राम्रो ब्यबस्थित बेश्यालयमा बिताईने रात्रीकालिन जिन्दगीको झझल्को दिलाउने प्रख्यात अङग्रेजी चलचित्र ‘द डियर हन्टर’ र ‘मिस साइगन’ को छायाँकन स्थल नजर लगाउदै लगाउदै हामी होटलमा फर्केर बास बस्यौ ।
भोलि बिहान सहरको परिक्रमा गर्यौ । दिउसो चोपराय नदीमा जलयात्रा गरेपछि बेलुकी सिलोम नजिकै रहेको थाई रेस्टुरेन्टमा पाकथाई भोजन गर्यौ । त्यसपछि भुमिगत रेल मार्ग बाट नाना प्लाजा तर्फ लाग्यौ । नाना प्लाजा बैङ्ककको अर्को रातो बत्तिको जिल्ला थिए ।
‘बेश्याबृत्तिको आबश्यक छ, नत्र भने मान्छेले सडकमा हिडने सभ्य नारीहरुलाई आक्रमण गर्ने खतरा हुन्छ ।’
नेपोलियन बोनापार्टले भनेका उक्त हरपहरु बैङ्ककको बेश्यालयमा पुगेर मैले झलझली सम्झी रहे । नेपोलियन बोनापार्टको जिवनी अध्यायन गर्ने क्रममा उहाँको जन्म घर आजासियो, कोशीका टापु पहिले नै पुगि सकेको थिए । कोशीका पुग्दासम्म बेश्याबृति प्रति उहाँको बिचार त्यति उदार छ भन्ने मैले पहिले सोचेको थिईन । उहाँको त्यो महान उदारता रातो बत्तिको जिल्ला आम्सटर्डम पुग्दा मैले चाल पाएका थिए, किनभने त्यहाँ बेश्यालयको श्री गणेश गर्न उहाँले नै उर्जा प्रदान गरेका थिए ।
भुमिगत रेलबाट निस्केर केही बेरमा नाना प्लाजा होटलको अगाडी पुगेका थियौ । अनि त्यहाँका प्रत्येक भट्टि पसलहरुबाट निस्केका ठुल्ठुला संङ्गीतका आवाजहरु सडकसँग ठोकिएर प्रति ध्वनिमा परिणत भएका सुन्दै सुन्दै हिड्यौ । हामी केही बेरमा ‘टेम्प्टेसन गो गो’ बारलाई छाडेर ‘ट्रेप बार’ नजिकै पुग्यौ ।
ट्रेप बारको अगाडी फलामे डण्डिले बारेको सानो स्थान थियो । त्यस क्षेत्र भित्र सानो धर्सोले थोरै स्तन ढाकेर बिकिनीमा सजिएकी स्याउँ स्याउँती बेयराहरु देखिन्थे । हामीले तिनै बेयराहरुलाई एक–एक गिलास वाईन मगायौ । र वाईन पिउदै पिउदै आफ्नो सिधै अगाडी परेका स्वतन्त्र बेश्याहरु ‘फ्रि लान्सर’ नियालेर हेर्न थाल्यौ ।
लखौरीहरुले आफ्नो सामुन्ने परेका कुनै पनि पुरुषलाई लटर पटर अंग्रजी भाषामा, ‘म तपाईसँग रात बिताउन चाहन्छु,’ भन्ने सुनौलो बाक्यंशहरु छाडेका हाम्रो कान सम्मै यदाकदा आई पुग्ने गर्दथ्यो । कलङ्कीत नाना प्लाजाको कुनाबाट युबतीहरुले आफ्नो शरिर बेच्नको लागि आफैले मोल मोलाइ गरी रहेको रमाईलो दृश्य त्यहाँ देख्न सकिन्थ्यो । आफ्नै आँखा अगाडी त्यस्तो बिलोकनिय दृश्य देखेपछि –
‘तारा ! मानिसहरुको जिन्दगी कति अचम्मको छ हगि….?’
हातमा वाईनको गिलास समातेर बैङ्ककको बेश्यालय अगाडी भावनामा बहेर उनलाई मैले जिन्दगीको बिषयमा सोधेको एउटा जटिल प्रश्न थियो । तर मेरो प्रश्नले ताराको हृदयलाई पटक्कै छोएन, किनभने पथ्थरको दिल हुनेहरु म जति के बहकिन सक्दथे ? मैले त्यँही कुनामा बसेर पुर्व निरिक्षण गरेको सियोल, बर्लिन र आम्सटर्डमको बेश्यालयहरु भन्दा त्यहाँ बिलकुल फरक र भिन्न महसुस पाए । उक्त बेश्यालयहरुमा युबतीहरु कोठी भित्र सजिएका हुन्थे र ग्राहकहरुले झ्याल बाहिरबाट हेर्नु पर्दथ्यो । तर बैङ्ककमा सिधै गोरु मोलाई हुने गर्दथ्यो ।
एक्कै सासमा वाईनको गिलास रित्याएर हामी पुनः आफ्नो बाटो लाग्यौ र ‘कासानोभा बार’ नजिकै पुग्यौ । जहाँ बग्रेल्ति तेश्रो लिङ्गीहरु देखा परेका थिए, किनभने कासानोभा तेश्रो लिङ्गीहरुको आफ्नै भट्टी पसल थियो । भट्टी पसलको छेउछाउ बसि रहेका सबै तेश्रो लिङ्गीहरु हुन भनेर तारालाई सुनाउँदा उनी केही बेर हाँसेर मुर्छा परिन । उनले जिन्दगीमा प्रथम चोटी स्त्री लिङ्गी भन्दा तेश्रोलिङ्गीहरु त्यति बिघ्न सुन्दरी हुने रहेछिन भनेर चाल पाएकी थिईन ।
तर उनीहरु तेश्रोलिङ्गी बारको नजिकै बसि रहेको देखेर मैले तेश्रोलिङ्गी हुन भनेको थिए । सायद सबैजना तेश्रोलिङ्गीहरु नहुन पनि सक्छन् । जबसम्म उनीहरुलाई पुरै निर्बस्त्र बनाएर आफ्नो अगाडी सुरिलो अबस्थामा राखिदैन तबसम्म म आफै पनि उनीहरुको पहिचान ठेक्कै गरि हाल्न सक्तिनथे ।
मनभरी तेश्रो लिङ्गीहरुको अदृश्य स्नेह सँगालेर नाना प्लाजाबाट सधैको लागि बिदा भयौ । त्यसपछि हामी सुकुम्भित नजिक्कै रहेको प्रख्यात ‘सोइ काउबोई’ तर्फ लाग्यौ सोइ काउबोइ बैङ्ककको अर्को प्रख्यात रातो बत्तिको जिल्ला थियो ।
सन् १९७७ मा अमेरिकन पुर्व बायु सेना टिजी एडवार्डले त्यहाँ पहिलो भट्टी पसल खोलेका थिए । उसले बाचिन्जेलसम्म आफ्नो भट्टी पसलमा काउबोइ टोपी लगाएर ग्राहकहरुलाई सेवा प्रदान गरेका थिए । उसको मृत्यु पश्चात रात्रीकालिन यात्रा लेखक बर्नाड ट्रिङ्कले त्यस ठाँउको नाम सोइ काउबोई राखेर लेखहरु प्रकाशन गर्न थाले । चालिस वटा जति भट्टी पसलहरु र लगभग १५० मिटर जति लामो दुरिमा रहेको लखर लखर पैदल यात्रा गर्न मिल्ने तिनै सानो गल्लिलाई कालान्तरमा गएर ‘सोई काउबोई’ भन्ने गरियो ।
सुकम्भित रेल स्टेसनबाट हामी त्यहाँ पुग्ने बितिक्कै चार–पाँच जना युबतीहरुले सोई काउबोईमा स्वागत छ भन्दै उनीहरुको भट्टी पसलमा बोलाउन थालेका थिए । अति सुष्म बस्त्रले जीउ ढाकेको युबतीहरुको आकर्षक शरिरले त्यहाँ जुनसुकै पुरुषको मन सहजै जित्न सक्दथ्यो । उनीहरुको स्वागत लाई बेबास्ता गर्दै हामी केही अगाडी बढि रह्यौ । त्यहाँको सबैभन्दा प्रख्यात ‘सहारा बार’ अगाडी पुगेर केही बेर टक्क अडियौ । अनि गुलाबी रङ्गको बिकिनि लगाएको बारमा काम गर्ने युबतीहरुलाई राम्ररी हेरि रह्यौ । उनीहरुलाई हेरी रहदाँ भट्टी पसल भित्रबाट आएको बिशाल संङ्गीतले गल्ली थर्की रहेको हामीलाई आभास हुन्थ्यो ।
अति आकर्षक बत्तिको उज्यालोले काउबोई गल्ली सानदार देखि रहेको थियो । आकर्षक बत्तिको प्रकाश र संङ्गीतको तालमा हाम्रा कदमहरु बिशाल ‘स्ट्रिट पार्टी’ मा भाग लिए झै लगातार चलि रहेको थियो । अझै फरक फरक भट्टी पसलमा काम गर्ने युबतीहरुको भिन्नभिन्नै बिकिनीले सुनमा सुगन्ध थपी रहेको हुन्थ्यो । सबै तरुनीहरुले आ–आफ्नो भट्टी पसलमा आएर पेय पदार्थ पिई दिनको लागि पदयात्री हरुको हात हातमा समाति रहेको असहज दृश्य त्यहाँ देख्न सकिन्थ्यो । मलाई नाना प्लाजामा भन्दा त्यहाँ अलिक थोरै तेश्रोलिङ्गीहरु देखिए कि जस्तो भान परि रह्यो ।
हामीले केही बेरमा ‘सुजि वङ’ लाई पार गर्यौ । ‘कन्ट्रि रोड’ भट्टि पसल बाहिर सडक पेटिमा राखिएको कुर्सीमा एक–एक गिलास वाईन समातेर बस्यौ । अनि बत्तिको प्रकाशले प्रभाव पारेर बिचित्र सँग टल्किएको कामोत्तेजक तरुनीहरुको रमिता आँखा दुखिन्जेल सम्म हेरि रह्यौ । केहि समय पश्चात हातमा चाङ बियर लिएर हाम्रो छेउमा एकजना कुहिरे पनि हामीसँगै बस्न आई पुगे । हाम्रो परिचयको क्रममा उसको नाम जोन मर्फि भन्यो । ऊ डब्लिन, आएरल्याण्डबाट त्यहाँ घुम्न आएका रहेछन् ।
हामी डब्लिन पहिले नै पुगि सकेको थियौ । त्यसैले जोनलाई टेम्पल बार, डब्लिन सँग सोई काउबोई तुलना गर्न लगाए । उसले सोई काउबोई ज्यादै मन पर्ने तर गोजी चाडै रितिने ठाँउ हो भने । उदाहरणको लागि अन्य ठाँउमा ९० भाट पर्ने बियरलाई सुजि वङमा १९० भाट सम्म पर्छ, उसले भने ।
यद्यपी बेश्यालय र भट्टी पसलको राम्रो ब्यबस्थापन गरेको हुनाले थाईल्याण्डले ६.५ बिलियन डलर बर्षेनी राजस्व असुल्ने गरेका छन् । तपाई आफै बिचार गर्नुहोस, हरेक बर्ष बेलायतबाट मात्र १ लाख पर्यटकहरु थाईल्याण्ड आउने गरेका छन् । प्रत्येक हिउँदमा सोई काउबोईमा अनुहार देखाउने जोनले त्यहाँ भएका सबै गोगो बारहरुको कथा हामीलाई मज्जाले सुनाई रह्यो । धेरै बोलेर ऊ थाकेपछि मैले एक सिरिप वाईन पिएर – ‘जोन ! यहाँका बारमा काम गर्ने तरुनीहरु असाध्यै राम्रा हुने रहेछन्, हगि….?’ गल्लीमा हुने ठुल्ठुला हल्लालाई चुनौती दिदै जोनको कान नजिक गएर सुस्तरी मैले प्रश्न सोधे ।
मेरो प्रश्नको उत्तर दिने क्रममा, तपाईलाई जुन युबती मन पर्छ, त्यो युबतीसँग समय बिताउन सक्नु हुनेछ । तर सबैभन्दा पहिले मन परेको युबती छानेर भाउ मिलाउनु पर्छ । त्यस बाहेक युबतीले बार छाडेकी बारको जरिवाना पनि तिर्नु पर्छ । अनि युबतीलाई आफुले चाहेको ठाँउ टोकियोको जस्तै ‘लभ होटल’ तिर लान पाईन्छ । तर एउटा कुरो याद गर्नु होला, त्यहाँ देखिएका सबै युबतीहरु थाईहरु होईनन । कुनै कुनै चाईनिज, भियतनामिज, लावोसियन र रसियनहरु पनि हुन । तपाईलाई सायद थाहा नहुन पनि सक्छ । थाईल्याण्डमा रसियन बेश्याहरुको सँख्या पाँच हजार भन्दा बढि रहेका छन् ।
‘मिस्टर राई ! बैङ्ककमा जोई टिङ्ग्रे्रहरुको लागि राम्रो स्थान नभए पनि कामुक युबतीहरुको नरम स्तन, राँपिलो शरिर र अनुभबी रतिकृया मन पराउने असल मर्दहरुको लागि बिश्वको सबैभन्दा उपयुक्त्त भुमी हो ।’
नशाको तालमा जोनले भनेको यावत कुरोहरु सुनि रहदाँ, म दुखिन्जेल जिब्रो टोकी रहेको थिए ।।।
अक्सफोर्ड, बेलायत