किन म कम्युनिष्ट हुन सकिन ?

 

अष्ट्रियाको राजधानी भियनाबाट हिजो प्राग आउदै गर्दा दिन भरी पानी परी रहेको थियो । तर अचानक आज मौसम परिबर्तन भएकोले सुर्यको प्रकाशका किरणहरुले प्रागलाई सर्लक्कै ढाकी रहेका देखिन्थ्यो । होटलमा ब्रेकफास्ट खाएपछि सबेरै पुरानो टाउन पुगेर अष्ट्रोनोमिकल घडीलाई रहर पुगिन्जेल मैले हेरेको थिए । जुन घडिलाई सन् १४१० मा बनाईएको थियो । घडिले सुर्य, चन्द्र र मुख्य ग्राहहरुको तत्कालिन स्थान पत्ता लगाउन मद्दत गर्दथ्यो । त्यसपछि लगभग छ सय बर्ष अगाडिका युरोपियन मानिसहरुको त्यति राम्रो दिमागलाई सम्झदै सम्झदै मेरा कदमहरूलाई केही अगाडी बढाई रहे ।

 

त्यति राम्रो मौसम भएको समयमा मैले आजिवन पालेको जिज्ञासा पुरा गर्न ‘चार्ल्स ब्रिज’ पुग्दा अगाध प्रशन्न मुद्रामा थिए । भेल्टाभा नदीको बिशाल छाती माथि रहेको त्यो मनमोहक पुलको निर्माण अष्ट्रोनोमिकल घडि भन्दा निक्कै अगाडी सन् १३५७ मा राजा चार्ल्सले गरेका थिए । त्यस समय देखि सन् १८०० सम्म प्रागका मानिसहरु खोला वारी पारी त्यस पुलको सहयोगले मात्रै गर्न सक्थे । त्यसपछि प्रागको त्यस नदीमा तिनै एतिहासिक चार्ल्स ब्रिज लगायत १८ वटा पुलहरु बनेका थिए ।

 

चार्ल्स ब्रिजमा मेरो पाईताला पर्दा समय बिहानको एघार बजेको थियो । तिनै पुलको बीच भागमा उभिएर भेल्टाभा नदीबाट बहदै आएको मन्द मन्द बताससँग रम्दै लामो समयसम्म प्रागको दृश्यबलोकन गरि रहे । म उभिएको सिधै पारी पट्टि बडेमाको दमसाईलो भित्ता देखिएका थिए । तिनै भित्तामा फराकिलो क्षेत्रफल ओकटेर बनाईएको सफल पुँजीबादी राष्ट्र अमेरिकाको राजदुताबासलाई मैले एक्कासी देखे । त्यति सुरक्षित अमेरिकन राजदुताबासलाई अचानक देखेपछि पुलको पर्खाल माथि थचक्कै बसेर पुँजिबाद र साम्यबादको दुई फरक ब्यबस्थाहरुलाई केही बेर मनन गर्न थाले ।

 

साच्चै बिश्व एउटै देश अनि त्यहाँ बोलिने भाषा, धर्म, पैसा र ब्यबस्था जम्मै एक्कै प्रकारको हुदो हो त कति सुन्दर हुन्थो होला भन्ने मनमनै कल्पना गरे । त्यसबेला म पुर्व साम्यबादी राष्ट्र चेक गणतन्त्रमा थिए । सन् १९८९ मा बिश्व भर असफल भएको कम्युनिष्ट शासन बढारिन पुर्वी युरोपमा आएको आँधीबेहरीले चेकोस्लाभाकिय पनि अछुतो राख्न सकेको थिएन । कम्युनिष्ट शासनको अबसानपछि सन् १९९३ मा चेकोस्लाभाकिय टुक्रेर चेक र स्लोभाकिय फाल्टै राष्ट्रहरु बनेका थिए । त्यसबेलादेखि प्राग, चेक गणतन्त्रको राजधानी रहदै आएको थियो ।

 

कम्युनिष्ट एबम पुर्व कम्युनिष्ट राष्ट्रहरु पुगेर त्यहाँको बस्तु स्थिती, रहनसहन र बाताबरण बुझ्ने रहर मैले जिन्दगी भरी पाली रहेको थिए । तिनै क्रमलाई निरन्तरता दिदै पुर्व कम्युनिष्ट राष्ट्रहरुको अध्यायन भ्रमण गर्नको लागि यात्रामा म एक्लै निस्केको थिए । गत हप्ता रोमानिय, हङ्गेरी, स्लोभाकिय र अस्ट्रियालाई एक चक्कर मारेर ड्यानुब नदीको किनारै किनार रेलबाट हिजो मात्रै प्राग आई पुगेको थिए । अस्ट्रिया बाहेक माथि उल्लेख गरिएका जम्मै पुर्व कम्युनिष्ट राष्ट्रहरु थिए । अनि त्यस चरणको मेरो यात्रा बर्लिनमा गएर शेष हुदै थियो । त्यतिबेला चार्ल्स ब्रिज माथि बसेर केही बेर भावनामा डुब्दै तिनै पुरानो कुरोहरु स्मंरण गरि रहेको थिए ।

 

मेरो बर्लिनको यात्रा दोश्रो पटकको थियो । तीस बर्ष अगाडी शीत युद्धको समयमा हन्नोभर, पश्चिम जर्मनीबाट सैनिक रेल चढेर पुर्व जर्मनी हुदै बर्लिन पुगेको याद मेरो मस्तिष्कमा अझै सम्म ताजा थियो । बर्लिनमा एक हप्ता समय बिताउदा मैले ‘छ घण्टा’ मात्रै पुर्बी जर्मनी घुम्ने अनुमति प्राप्त गरेको थिए । त्यसैले तत्कालिन कम्युनिष्ट शासक एरिक होनेकरलाई मनमनै गाली गर्दै गर्दै ‘चेक पोईन्ट चार्ली’ बाट आँसुको पर्खाल बर्लिन काटेर जिन्दगीमा पहिलो पटक कम्युनिष्ट राष्ट्रको भ्रमण गरेको यादलाई केही बेर कोट्याएर बसि रहे ।

 

चेक गणतन्त्रको राष्ट्रिय नदी भेल्टाभा माथि खुट्टा झुन्डाएर पुल मुनि अबिरल बहि रहेको पानीको दृश्य पर्खालमा बसेर एकोहोरो हेरी रहेको थिए । र तिनै साम्यबादी राष्ट्रहरुको भ्रमणको स्मंरण गर्दै थिए । पुर्व जर्मनीपछि मैले चीनमा बिताएको यादलाई प्रागमा बसेर झलझली सम्झे । मलाई जिन्दगी जिउने क्रममा पटक पटक चीनको बेइजिङ, सघाँई, नानजिङ, छाङ्सा र सेनजन शहरहरु टेक्ने अवसर जुरेको थियो । प्रगतिको शिखर चुमेको सहर सेनजेन र सर्वमान्य नेता देङ साओ पिङ एक अर्कामा परिपुरक भएको कुरो त्यँही पुगेर मैले चाल पाएको थिए । अझै अध्यक्ष माओ त्से तुङको जन्म घर साओसानदेखि कार्ल माक्र्स समाधिस्थल हाइगेट सम्म पुगेर फूल चढाउने मौका पनि मलाई मिलेको थियो ।

 

आ…..जे सुकै मरोस भनेर मेरो स्मंरणलाई केही बेर त्यतिक्कै थन्क्याएर राखे । कछुवा गतिमा पुल माथि हिडदै हिडदै खोलाको पारी पट्टि पुगे । त्यो बाटै बाटो उकालो लागेपछि टाक्रा टुक्री बादलसँग मितेरी गाँसी रहेको माथि क्षितिजसम्म पुग्न सकिन्थ्यो । क्षितिजमा देखिने दरवारलाई लगातार हेरी रहदाँ उल्टै दरवारले म तर्फ हेरी रहेको जस्तो यदाकदा मलाई आभाष हुन्थ्यो । अचानक मैले त्यहाँबाट तीनैडाँडामा रहेको प्राग दरवार जाने निधो गरे । अनि लम्रङ लम्रङ हिडदै उकाली चढन थाले ।

 

त्यति ठाडो उकालो चढदै जादाँ मलाई निक्कै कठिन महसुस भै रहेको थियो । त्यसैले सुष्त सुष्त गतिमा मेरा कदमहरु चाली रहेका थिए । कोही पर्यटकहरु म सँगसँगै उकालो चढदै थिए र कोही ओरालो झर्दै गरेका पनि देखिन्थे । तर कोही कोही थाकेर पर्खाल माथि टक्राक टुक्रुक बसिरहेका थिए । केही बेरपछि उकालो चर्को रहेछ भन्ने सुचना मेरो पछाडी बोकी रहेको झोलाले मलाई एक्कासी दियो । झोलाले दिएको सुचना मेरो मस्तिष्कमा पुग्ने बितिक्कै आ…के मरि मेटनु है भन्दै कतै बसेर आराम गर्न खोजे ।

अष्ट्रोनोमिकल घडि झै मेरो टाउकोलाई बिस्तारै तर फनक्कै ३६० डिग्रि घुमाएर एक चक्कर हेरे । मुख्य बाटो भन्दा अलिक पर तिर माटोको सानो ढिस्का देखियो, अनि त्यहाँ गएर थपक्कै बसे । मेरा यात्राका साथी झोलालाई निकालेर थपक्कै भुईमा राखे । खुईत्त गर्दै आरामले बसेपछि भेल्टाभा नदीको दायाँ बायाँ अबस्थित सबै घरहरुको रातो छानो लाई एक झमट मज्जाले नियालेर हेरे । साच्चै त्यहाँबाट देखिएको त्यति राम्रो प्राग मानिसहरुले जस्तो कल्पना गरेका थिए त्यस्तै बनाएका रहेछन् भन्ने मलाई लाग्यो । मैले त्यतिबेला प्रागलाई युरोपका अन्य आधुनिक शहरहरु भन्दा बिलकुल फरक देखेको थिए । माटोको ढिस्का माथि बसेर त्यति राम्रो दृश्य सँग अति प्रसन्न हुदै एक छिन रुमली रहे । अनि मेरो चिउँडोलाई दाहिने हातले थमाएर फेरि कम्युनिष्ट राष्ट्रहरुको स्मंरण गर्न थाले ।

 

सबैभन्दा पहिले पुर्वी युरोपको साम्यबादी शासन ढाल्ने महानायकको त्यही बसेर सम्झना गरे । सन् १९८९ मा गाडन्स्क, पोल्याण्डमा जन्मेका बिजुली मिस्त्री लेक भालेन्साको जादुको छडीले पोलिस कम्युनिष्ट शासनलाई गर्लम्मै ढालेको त्यसबेला सम्झे । मैले त्यो समाचार निकोशिया, साईप्रसमा छँदा टेलिभिजनको पर्दामा देखेको त्यतिबेला झल्यास्स याद गरे ।

 

लेक भालेन्साले पोल्याण्ड मात्रै होइन सवै पुर्र्वी युरोपको कम्युनिष्ट शासन भत्काई दिन्छु भनेको सुन्दा मलाई भालेन्सा अजिवको नेता लागेको थियो । नभन्दै उसले जस्तो सोचेका थिए त्यस्तै गर्न उनी सफल रहे । पुर्वी युरोपको सबै कम्युनिष्ट शासन उसकै कारण बाट सर्वनाश भएका थिए । त्यँही सालको दुखद क्रिसमसमा रोमानियका क्रुर शासक निकोलाई र एलिना चाउचुस्केलाई गोली हानेर मारिएको ठाउँ बुखारेस्ट पुगेर म भर्खरै फर्कदै थिए । उनीहरुको छातिमा गोली प्रहार गर्ने कप्तान बोइरुलाई त्यतिबेला सम्झेर मेरो आङ जिरिङ्ग बनाउदै त्यँहा बाट सुस्तरी उठे ।

 

माटोको ढिस्कोबाट उठेर तिनै यादलाई सम्झदै तर थोरै भयभित मुद्रामा म डाँडाको टुप्पामा पुगेको थिए । चारै तिर पर्खालले घेरिएर राखिएको पुरानो प्राग दरवार अति आकर्षक देखिन्थे । एउटा बिरालो कालो होस वा सेतो होस जबसम्म मुसा मार्छ भने ठिक्कै छ भन्ने भनाईको साथ आर्थिक सुधार ल्याएको देङ साओ पिङको आशिर्बादले प्रशस्त पैसा कमाउने अबसर पाएका धनाढ्य चिनियाँ पर्यटकहरुले प्राग दरवारमा इस्तानबुलको ग्राण्ड बजार जतिकै घुईचो बनाई रहेका थिए । तिनै भिडसँग मिसियर म पनि केही बेर नक्कली चाईनिज बन्न खोजे । एकछिनपछि चाईनिजहरुको हुलबाट छुट्टिएर मैले आफ्नो गतिलाई डाँडाबाट ओरालै ओरालो झारे ।

 

मलाई जति उकालो चढन मुस्किल थियो तर ओरालो झर्न त्यति मुस्किल भएन । केही बेर हिडेपछि भेल्टाभा नदि पार गरेर पुरानो टाउन तर्फ पुगे । म सँग कोही बोल्ने साथी नभएकोले मनभरी साम्यबादको बिषयमा धेरै सोच्दै बाटो पार गरि रहेको थिए । सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र निस्कन भन्दा पहिलेको एङ्गेल्सको जिवनीलाई मैले त्यति बेला थोरै स्मंरण गर्न थाले ।

 

लिभरपुलमा रहदाँ पटक पटक म सालफोर्ड पुगेको थिए । सन् १८४२ मा २२ बर्षको कलिलो उमेरमा आफ्नो बाबुको सुति कारखानाका मालिक भएर फ्रेडरिक एङ्गेल्स प्रर्शिया बाट सालफोर्ड, म्यानचेस्टर पुगेका थिए । कुलिन परिवारको एङ्गेल्सले कारखानामा काम गर्ने माईकल बर्न्सका दुई प्यारी छोरीहरु म्यारी र लिज्जी बर्न्ससँग भेट नभएको भए सायद ‘द कन्डिसन अफ द वर्किङ क्लास इन इङल्याण्ड’ भन्ने पुस्तकको जन्म हुदैन थियो होला भन्ने मैले मनमनै सोचे । तिनै पुस्तकले उनको मार्क्स सँग घनिष्टता बढेको थियो नत्रभने मार्क्स हेगेलको दर्शन पढनमा नै ब्यस्त थिए ।

 

कम्युनिष्ट घोषणापत्रको मुख्य प्रेरणा एङ्गेल्सको तिनै बिहे गर्न नमिल्ने प्रेमिका ‘म्यारी बर्न्स’ नै हुन भन्ने मैले सालफोर्ड पुग्दा सोचेको पुनः प्रागमा याद गरे । त्यसरी म एक्लै हिडदै जादा सडकको सिधै अगाडी डबलीबाट अलिकति बायाँतिर मोडिएको मात्र के थिए, अचानक मेरो नजर यौन संग्राहलयतर्फ पुग्यो । यौन संग्राहलय देखेपछि मार्क्स र एङ्गेल्सलाई मैले चटक्कै बिर्सी दिए । र थोरै पैसा तिरेर हेर्न मिल्ने संग्राहलयभित्र पसेर काठबाट बनेका बिभिन्न यौन सामाग्रीहरुसँग केही समय ब्यतित गरे । त्यहाँ बाट निस्केपछि सडक किनारमा रहेको एउटा ट्याक्सीलाई समातेर मेरो होटल तर्फ लागे ।

 

पुँजीबाद र साम्यबादले जेलेको मेरो मस्तिष्कलाई लिएर भेल्टेभा नदीको किनारै किनार ट्याक्सी एक रफ्तारमा हुईकिई रह्यो । प्रागमा अपरान्हको मौसम चिनी झै गुलियो थियो । त्यति गुलियो मौसममा हिलटन होटलको सुन्दर अनुहार मेरो आँखा अगाडी नपरिन्जेल सम्म मैले ट्याक्सीमा साम्यबादी राष्ट्र उत्तर कोरियालाई सम्झि बसे । नब्बेको दशकमा ३८ समानान्तर रेखा कोरियामा म पुगेको थिए । दुवै कोरियाको सिमाना पानमुनजोम गाँउबाट तत्कालिन राष्ट्रपति किम इल सुङको प्रचार प्रसार गाउ ‘प्रोपोगान्डा भिलेज’ हेर्ने अबसर मलाई मिलेको थियो । आफ्नो ज्यानको असाध्यै माया लाग्ने भएकोले मैले कहिले पनि उत्तर कोरिया जाने सोच बनाउन सकेको थिईन । त्यसैले उत्तर कोरियाको सबैभन्दा नजिक तर संसारको सबैभन्दा जोखिम पुर्ण सिमानामा बसेर पुँजीबाद र साम्यबादको गहन अध्यायन गरी रहेको थिए ।

 

कोरिया पुगेको दुई दशकपछि साम्यबादी शासक पोल पोटको देश कम्बोडिया पुगेको सम्झना गरे । एक बेलुकी सियाम रिपको ‘खमेर रेस्टुरेन्ट’ को सौचालयमा देखिएको हजारौ मानब खप्परको एउटा तस्बिरले मेरो आङ जिरिङ्ग बनाएको बितृष्णा प्रागमा याद गरे । कम्बोडियाबाट भियतनाम जादै गर्दा जेङ साउमिङ्ग सँग सन् १९२६ बिहे गरेर पनि आजिवन अबिबाहित रहे भन्ने हो चि मिन्हको बिचारलाई सम्झेर उहाँ नायक कि खलनायक हुन भन्ने मैले ट्याक्सी भित्र बसेर सोचि रहे ।

 

केही क्षणमा ट्याक्सी प्राग हिलटन अगाडी पुगेर रोकियो । दिनभरिको हिडाईले मेरो शरीर पसिनै पसिना भएको थिए । त्यसैले होटलमा पुगेर नुहाउने योजना बनाएको थिए । होटलको पाँचौ तलामा रहेको मेरो कोठाको ढोका खोल्दै गर्दा टिङिरिङ टिङरिङ फोनको घन्टी बजि रहेको मैले कोठा बाहिरबाट नै सुनि रहेको थिए । त्यसैले चाँडो चाँडो ढोका खोलेर फोनको रिसिभर उठाएर ‘हेल्लो,’ भने ।

 

‘महाशय ! म रिसेप्सनबाट बोल्दैछु र मेरो नाम इभा हो । यदि तपाईलाई राती सुत्ने साथीको आबश्यक पर्यो भने पोलिस, रोमानियन, हङ्गेरियन, रसियन र चेक युबतीहरुको पनि हामी प्रबन्ध गर्न सक्ने छौ ।’

 

ढोका खोलेर कोठा भित्र छिर्ने बितिक्कै अचानक रिसेप्सनिष्टको त्यस्तो कुरो सुनेर म केहीबेर अक्क न बक्क परे । धेरै अगाडी छाङ्सा, चीनमा छँदा पथ प्रदर्शकले ‘चिकन’ माग्दा टेबलमा चाहिने हो वा पलङमा चाहिने हो भनेर निश्चित गर्नुपर्छ भनेकी मैले तत्कालै याद गरे । अनि हतार हतार तपाईको सल्लाहको लागि धेरै धेरै धन्यबाद छ, तर मलाई सँगै सुत्ने साथीको आबश्यक छैन भनेर फोन राखि दिए । मैले फोन राखेपछि उनको भनाईले मेरो मन चसक्कै घोच्यो, किनभने उनले त्यहाँ पुकारेकी सबै राष्ट्रहरु पुर्व कम्युनिष्ट राष्ट्रहरु थिए ।

 

उनले भनेकी राष्ट्रहरुलाई केही मनन गरे । दुई बर्ष अगाडी मात्रै लेक भालेन्साको गाउँ गाडँन्स्क, पोल्याण्ड हुदै स्टोनियसम्म पुगेको थिए । त्यो भन्दा केही समय अगाडी लगभग संसारको आधा हिस्सा ओकटेको तत्कालिन सोभियत सँघ पुगेको थिए । आफ्नो दाजु अलेक्जान्डर उलनोभको हत्याको बदलि लिन राजनीतिमा हाम फालेका भ्लादिमिर इल्युच उलनोभले जारको शासन समाप्त गर्दै साम्यबादलाई पहिलो चोटी रुसमा अभ्यास गरेका थिए । लगभग तीस बर्ष सत्तामा रहेका जोसेफ स्टालिनले लिएको दुर्गती पथलाई मिखाएल गोर्बाचेभले बचाउन नसकेर देश नै १५ टुक्रा भएको स्मंरण मैले त्यति बेला गरे ।

 

एक्लै होटलको कोठामा बसेर रिसेप्सनमा भएकी इभाको अनुहार राम्ररी सम्झने प्रयत्न गरे, त्यै पनि उनलाई राम्ररी सम्झन सकि रहेको थिइन । मैले उनलाई वास्ता नगरे पनि म एक्लै कोठामा आउदै गरेकी उनले याद गरेकी रहेछिन भन्ने मलाई त्यतिबेला महसुस भयो । नजिकै रहेको कित्लिमा पानी भरेर उमाले । एक कप हरियो चिया बनाएर पिउदै झ्यालबाट प्रागको रात्रिकालिन रमझमलाई केही बेर नियाली रहे ।

 

प्रागको रमाईलो देखेर मलाई किन किन त्यति बेला पुर्व कम्युनिष्ट राष्ट्र युगोस्लाभियाको याद आयो । लगभग १५–१६ बर्ष अगाडी पुर्व युगोस्लाभियामा पुगेको थिए । साम्यबादी शासक जोशेफ टिटो बाचिन्जेलसम्म युगोस्लाभियालाई जब्बरजस्ती एक ढिक्का बनाएर राखेका थिए । तर उसको मृत्युपछि तितर बितर भएको सर्बिया, क्रोशिया, बोस्निया हर्ज गोभिना र कोसोभो पुगेर देखेको दुखदायी जिवनसँग केही बेर रङ्गिन प्रागको तुलना गरि रहे ।

 

समय बेलुकीको सात बज्यो । होटलको रिसेप्सनमा झरेपछि एउटा ट्याक्सी मगाएर खाना खान शहर तर्फ लागे । ट्याक्सी चालकसँग केही बेरमा ‘गोल्ड फिङ्गर क्लब’ पुगेको थिए । क्लबको ढोका अगाडी ट्याक्सी रोकिएपछि हाम्रो नजिक एक जना मानिस आएर चालकसँग उनीहरुको भाषामा खै कुन्नि के के बोले ? मैले धेरै अगाडी देखि त्यस क्लबमा जाने अभिष्ट रहर पालेको थिए । जुन रहर पुरा हुनै लागेकोले अति हर्षित एबम प्रसन्न मुद्रामा थिए त्यसैले केही नबोली चुपचाप बसि रहे । चालकले केही बेरमा उसको नाम बारोस भन्दै मलाई परिचय गराई दियो ।

‘गोल्ड फिङ्गर क्लबमा स्वागत छ,’ धेरै उत्साहित हुदै बारोसले मलाई स्वागत गर्यो ।

मलाई पछ्याउनु होला भन्दै ऊ मेरो अगाडी अगाडी हिड्यो । पुच्छर हल्लाउदै हिडेको कुकुर झै म उसको पछि पछि पछ्याए । भ¥याङ्ग चढेर एक्कै छिनमा हामी तला माथी पुग्यौ । र बिभिन्न कोठाहरु पार गर्दै गर्दै अगाडी बढि रह्यौ । क्लबमा हुने ठुल्ठुला होहल्लाको अपेक्षा गर्दै हिडेको थिए, त्यसको सट्टामा एकदमै शान्त देखेर थोरै अचम्म मान्दै म उसलाई पछ्याई रहेको थिए । दायाँ बायाँ देखिएका कोठाहरु सबै बन्द थिए । दाहिने घुम्ने बितिक्कैको एउटा कोठा अगाडी पुगेर बारोस टक्क रोकियो । जहाँ चार जना मान्छेहरु हामीलाई पर्खेर उभि रहेको थिए । मैले उनीहरुसँग गरेको छोटो परिचयमा बेलायतीहरु रहेछन भन्ने चाल पाए ।

 

‘तपाईहरुको लागि यो कोठा एक घन्टा सम्म आरक्षित गरिएको छ,’ बारोसले हामी सबैको अगाडी मुख खोल्यो ।

 

त्यति भनि सक्ने बितिक्कै उसले बिस्तारै कोठाको ढोका खोल्यो । उसको पछि पछि हामी त्यस कोठा भित्र पस्यौ । तर कोठा भित्र पस्ने बितिक्कै सबैजना एक चोटि गलल हास्यौ । बारोसले ढोकालाई बन्द गर्यो र दायाँ बायाँको पर्दा लगाई दियो ।

 

कोठाको बीच भागमा एउटा टेबल थियो । टेबल माथि बाक्लो गद्दा जस्तो बिस्तारा देखिन्थ्यो । जसलाई रातो कम्बलले ढाकिएको थियो । तिनै टेबल माथी हिस्सी परेकी एउटी तरुनी युबती नाङगो भुतुङगो परेर उतानै सुति रहेकी थिईन । उनको हरेक अङ्ग प्रत्यङ्गहरु जस्तै हात, फिला, छाती, पेट र गुप्ताङ्ग ढाक्ने गरेर मिठा मिठा भोजन सजिएको थियो । मलाई उनको त्यस्तो दयनिय अबस्था देख्दा पुर्व साम्यबादी राष्ट्रमा पैसा र जिन्दगीको बिषयमा केही बेर सोच्न बाध्य तुल्यायो ।

 

युवतीको पुर्ण शरीरभरी पौष्टिक भोजनहरु टनाटन भरिएको देखिन्थ्यो । त्यहाँ सबैभन्दा बढि जापानिज सुसिहरु देखिएको थियो । जसले गर्दा त्यस ठाँउलाई सुसि बफेट भनिएको रहेछ भन्ने कुरो ती युबतीलाई देखेपछि मलाई पुष्टि भयो । ति जम्मै सुसिहरु हामी सबैजना लाई बराबरी बाडने भने प्रति ब्यक्ति आठ–दश वटा जति पुग्दथ्यो । अन्य सन्तुलित आहारामा मिलाएर काटिएका काँचो माछा सलमान र टुनाको चोक्टाहरु यत्र तत्र देखिएका थिए । सलमानको छेउ छेउमा वासाबि, (तोरिको लिट्टो) काक्रो, अदुवा र लसुनको चटनिहरुले आराम गरेर हाम्रो स्वागतको लागि पर्खेर बसेका थिए ।

 

सुसिको बीच बीच भागमा हरियो धनियाँका ठुल्ठुला पातहरु कम्बर मस्काउदै नाची रहेका जस्तो देखिन्थ्यो । मैले तिनै मँगलामुखिको भिमकाया छाति नजिकै बाट चिहाएर हेर्दा अहिले भर्खरै बुर्कुसी मारेर भाग्ला झै गरेको देखे । तैपनि त्यति गतिलो बैसालु बक्षस्थलको वरिपरि तीन चार दाना कालो अङ्गुर र जैतुन मिसाइ दिएपछी मुन्टो, अङ्गुर र जैतुन कुन हो भनेर छुट्याउन जो कोहिलाई हम्मे हम्मे पर्दथ्यो । त्यति बेलासम्म युबतीलाई देखेर मैले जे सोचेको थिए सायद ति बेलायतीहरुले पनि म जस्तै सोचि रहेको होला कि भन्ने मलाई लाग्यो । तर हामी कसैको मुखबाट एक्कै शब्द फुत्केको थिएन ।

स्त्री प्रजनन अङ्गको वरिपरिका निख्खर काला झारहरु अंग्रैजी अक्षर ‘टि’ आकारले खौरिएका देखिन्थ्यो । र तिनै अंग्रजी टि अक्षरको दुबै कुनामा दुई दुई वटा रातो स्ट्राबुरीले अति सुकोमल र सुशोभित बनाई दिएका थियो । उनकी कानको दुबै पट्टि सेता सेता चुवाका फुलहरु सिउरेकी थिईन । तर उनको हात र खुट्टाको छेउ छेउमा पुर्ण रुपले फक्रेका सेतो कमलका थुङगाहरु थिए । टेबलका किनारै किनारमा पाँच जोडी चपस्टिकहरुले हामीलाई पर्खिरहेका जस्तो भान पर्दथ्यो । चपस्टिकहरुको दायाँ बायाँ छिमेकीहरु अदुवा, लसुन र सोइसस (अचार) ले पनि अभागी समयको प्रतिक्षा गरि रहेकै अबस्था थियो ।

 

हामी सबै जनाले अहिले सम्म युबतीको अगाडी उभिएर रमिता मात्रै हेरी रहेको थियौ । पर्खालको भित्ताबाट बिजुलीको मधुरो प्रकास आईरहेको थियो । युबती सुतेको सिधै माथि सिलिङमा बडेमाको ऐना थियो । उनी लम्पसार उतानो सुति रहेको टेबलको वरिपरि अंग्रजी अक्षर ‘यु’ प्रकारले घुमाएर राखिएको रातो सोफा थियो । जहाँ पाँच जना सम्म मान्छेहरु आरामले हल्लि हल्लि बस्न मिल्दथ्यो । कुन सिटमा बस्दा अलिक बढि फाइदा हुन्छ भनेर मैले मनमनै हिसाब गरि रहेको थिए । तर अंग्रेजहरु म भन्दा धेरै बाठा रहेछन् । युबतीको स्त्री प्रजनन अङ्गको दायाँ बायाँ उनीहरु सटासट बसि हाले । चाडै निर्णय गर्न नसक्ने म अभागीले युबतीको शिर तिरको भाग भेट्टाएको थिए । आफ्नो कर्मलाई थोरै धिकार्दै युबतीको टाउकोको नजिक पुगेर थपक्कै बसेको थिए ।

 

हामी सबैले आ–आफु बस्ने स्थान पाएपछि कोठामा एक छिन शून्यताले छायो । केही बेरमा त्यस्तो शुन्यतालाई भंग गर्दै घन्द्रङ्गै दैलो खोलियो र दैलोको साथ साथै पर्दा पनि सरर गर्दै अर्को चोटी उघ्र्यो । पर्दा खोलिएसँग सँगै कोठा भित्र दुई जना बिकिनी पहिरनमा सजिएकी षोडशिहरुले किस्तीमा पाँच सुराही (जग) बियर ल्याएर उपस्थित भएका थिए ।

 

सबैले बियर पायौ । सेबिकाहरु गएपछि सबैले आ–आफ्नो अगाडी परेका सुसिलाई आक्रमण गर्न थाल्यौ । बिचरी युबतीले हात खुट्टा केही चलाउन सकि रहेकी थिईनन् । उनको हातको पाखुरा, पुर्ण जिउ र खुट्टाको फिला भरि स्वादिष्ट भोजनहरु थिए । यदि युबतीको जिउ चिलायो भने के गर्छिन होली भन्ने नाना थरिको कुराहरु मैले ब्यार्थमा सोचि रहे । म उनको टाउकोको नजिकै थिए, त्यसैले सुस्तरी उनको नाम सोधे ।

‘भेरोनिका,’ उनले छोटो उत्तर दिईन ।

‘के तपाईको घर यहि चेक गणतन्त्र हो ?’ लामो समय सम्म केही नबोलि लम्पसार उतानो सुति रहेकी युबतीलाई केही उत्सुक्ताको साथ फेरि सोधे ।

 

‘हवाना क्युबा बाट आएकी हुँ । मेरो प्राग यात्राको एउटा लामो अदृश्य कथा छ ।’ लामो सास तानिन र थोरै बेखुशी मुद्रामा बोलिन ।

उनले हवाना भने पछि म पनि झसंग भए । दुई बर्ष पहिले साम्यबादी मुलुक क्युबा जादै थिए । सन् १९५९ देखि साम्यबादको दलदलमा फसेको फिडेल कास्ट्रोको अबशेष हेर्न जमैकाबाट क्युबा हिडेको मेरो पानीजहाज कोस्टारिका पुगेको मैले त्यतिबेला अमिलो स्मंरण गरे । सामुन्द्रिक आँधी बेहरीले निषेध गरेको क्युबा जाने मेरो रहर त्यति बेला सम्म पुरा हुन सकेको थिएन ।

 

कोठाको बाताबरण एकदम सुन सान थियो । म एउटै टेबलमा बेलायतीहरु सँगसँगै बसेको भएता पनि उनीहरुले बेलायती भट्टिपसलमा फुटबल खेल हेरे झै होहल्ला गरेका थिएनन् । तै पनि समय समयमा उचालिदै पछारिदै गरेको बियरको जगले निकालेका टक टक आवाज यदाकदा सुन्न सकिन्थ्यो । भित्ताबाट आई रहेको बिजुलीको मधुरो प्रकाशले ‘कमरेड भेरोनिका’ को अमुक नयनहरु घरी घरी जुनकिरी झै चम्कि रहेको आभाष हुन्थ्यो ।

 

मैले त्यतिबेला भेरोनिकाको सुन्दर मुहारलाई नजर लगाउदै संसारको बिभिन्न मुलुकमा अभ्याष गरिएर असफल हुदै अस्ताई सकेको साम्यबादी शासन ब्यबस्था किन नेपालमा पटक पटक उदाई रहेका छन् होला भनेर सम्झदै केही बेर चिन्तित बनि रहे । अनि चारै तिर पर्दा बन्द भएको प्रागको एउटा सुनसान कोठामा चे ग्वेभाराले छाडेको रगतको बछिटा उछिटिएका २२ बर्षे साम्यबादी बक्षस्थल माथि सजिएको कालो जैतुन मानेर स्तनको मुन्टोलाई चोपस्टिकले घोच्दा उनको मुख बाट निस्केको ऐईया भन्ने आवाज मेरो कानमा मधुर भावले गुन्जि रह्यो ।

 

उनले छाडेकी अन्तिम शब्द ‘ऐइया’ संग संगै बिश्वको हरेक कुना कुनामा पुगेर गरेको मेरो साम्यबादको ४० बर्षको अध्यायनले सुस्तरी कोल्टे फेर्यो ।

 

‘कमरेड भेरोनिका ! किन किन म कम्युनिष्ट हुन सकिन ?’

अक्सफोर्ड, बेलायत ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार