लण्डन । मलाई कोरोना कहाँबाट कसरी ? सर्यो ठ्याक्कै थाह भएन । वस र ट्रेन चढेर काम जानुपर्ने भएकाले वस या ट्रेनबाट सर्यो यकिन हुन सकेन । कामबाट घर फर्केपछि म विरामी भए । परीक्षण गर्दा म ‘कोरोना’ संक्रमित भएको थाह भयो ।
विरामी भएपछि पनि म अस्पताल नगई घरमै बसेको थिए । मलाई खोकी लाग्ने, ज्वरो आउने त्यसको हप्तादिनपछि खाना अरुची र खानेकुरा खाँदा नुनिलो हुने भएको थियो । त्यसपछि मलाई झाडापखाला जस्तो पनि भयो । यति भईसकेपछि म अत्तालिए । तत्कालै मेरो छोरीले जिपी (जनरल प्राक्टिस) मा फोन गरिन । सौभाग्य बस मलाई जीपिले अपइन्टमेन्ट दियो । अपइन्टमेन्ट दिएर गएपछि जिपिमा मलाई प्रत्यक्ष अक्सिजन दियो । अक्सिजन दिएपछि मलाई अक्सिजन कमी भएकाले तत्कालै अस्पताल लगियो ।
अस्पतालमा स्वाव परीक्षण गर्दा कोरोना भएको पुष्टि भयो । रगतमा अक्सिजन कमी बनाउने र सास छिटो छिटो फेर्ने दम जस्तो हुने भएकाले हाइलेवल (उच्चस्तर)को अक्सिजन दिएर भेन्टीलेटरमा राखियो । हाइलेवलको अक्सिजनमा १४ दिनसम्म पुरै बसे । भेन्टीलेटरको वसाईले सुधार भएपछि मलाई सामान्य वार्डमा राखियो । अक्सिजनको लेवल विस्तारै कमी बनाउदै पुरै बन्द गरेर २४ सै घण्टा परीक्षण गर्यो ।
१९ दिनपछाडी म घर फर्के । मेरो अनुभवमा यो एकदमै खतरा भाइरस हो । यो खतरा भाइरसबाट मुक्त भएर आफ्नो जीवनलाई निरन्तरता दिए । अस्पतालको स्वास्थ्यकर्मीहरुको साथ सहयोगले खतरा भाइरसबाट मुक्त भएर म अहिले सामान्य जीवन व्यातित गरिरहेको छु । आफ्नो नियमित काममा फर्केको छु ।
म सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी गोर्खा भुतपुर्व सैनिक र तीनका परिवारहरुलाई के सन्देश दिन चाहन्छु भने ‘‘कोरोना भाइरस यो खतरा भाइरस हुदाँ हुदै पनि नअत्तालिनुहोस । यसले मानिसलाई मृत्युको मुखसम्म पुर्याउने र कसैलाई केही नहुने पनि गर्छ । तर कस्तो किसिमको मानिसहरुलाई बढि प्रभावित बनाउछ भने गम्भिर प्रकृतिको रोगी, दीर्घ रोगी, शारीरिक रुपमा अशक्त, निमोनिया, दम रोगी र बृद्धाहरुलाई बढि असर गर्छ । शारीरिक रुपमा तन्दुरुस्त युवाहरुलाई खासै असर गदैन । युवाहरुलाई असर नगर्ने होइन तर उनीहरुको प्रतिरोधी क्षमताले गर्दा कोरोना भाइरसलाई नाश गर्छ ।’’
मेरो भोगाईमा बृद्धाहरुलाई धेरै दुख दिन सक्छ । बृद्धबृद्धा र शारीरिक रुपमा अशक्त भएकाहरुको प्रतिरोधी क्षमता कमजोर हुन्छ । युवा, वयस्कहरुलाई लागिहाले पनि यसले खासै असर गर्दैन । अहिलेसम्मको विश्व परिस्थितीलाई हेर्दा मृत्यु हुनेहरुको संख्या बृद्धा र शारीरिक रुपमा अशक्त भएकाहरुको नै छ । कोरोना निमोनिया जस्तै हो । निमोनिया एन्टीवाइटीक औषधी सेवन गरेर निको हुन्छ भने कोरोना भाइस एन्टीवाइटीक औषधीले निको हुदैन । कोरोना नियोनिया कै सन्तान जस्तो हो । चिसोबाट एकदमै बच्नुपर्ने हुन्छ । यो सर्ने भएकाले सामाजिक दुरी राख्नुपर्ने हुन्छ । साथै माक्स लगाउने, सावुनपानीले हात धुने गरे यो सर्दैन । त्यसैले सरसफाई राख्नुहोस, हातको माध्यमबाट नाकमुख आँखा र कानहरुबाट शरीरमा प्रवेश गर्ने भएकाले त्यसरी छुने बानीहरु पुरै हटाउनुपर्ने हुन्छ ।
हाम्रो बानी भनेको अनुहारमा हातले कोटाउने हुन्छ । त्यस्ता बानीहरु हटाएर सकेसम्म सुरक्षित होऔं । आफु कसरी सुरक्षित हुन सकिन्छ, सावधानी अपनाऔं । कोरोनाभाइरसबाट धेरै मानिसहरु डराएको पाइयो । नडराउनका लागि सबैलाई अपिल गर्दछु । ६३ बर्षको उमेरमा पनि मैले कोरोनालाई जिते भने तपाईहरुले पनि अवश्य जित्नुहुन्छ । कोरोनाबाट सजग बनाऔं र यदी लागि हालेपनि नडराउनका लागि सबैलाई आब्हान गर्छु ।
कोरोना संक्रमित भएपछि म डराएका थिए । अस्पतालमा चिकित्सकहरुले दिएको मनोवलले म भित्रको डर पुरै हटयो । अर्को कुरा म अस्पतालमा छु, मलाई केही हुदैन भन्ने लाग्यो । म प्रकृतिक पुजक देउताहरुलाई भाकेर आत्मबल बढाए । जे जस्तो भएपनि म बाच्नुपर्छ भन्ने लाग्यो । चिकित्सकहरुले दिएको आश्वासन र मेरो आत्मबल नै कोरोनालाई जित्ने मुख्य कारढा थियो । आफु कुनै किसिमको रोगी र शारीरिक रुपमा अशक्त नभएकाले पनि मेरो आत्मबल धेरै उच्च थियो ।
कोरोना भाइरसलाई हामीले पहिला नानीहरुलाई जागीले लान्छ, पुलिसले लान्छ भनेर डर देखाएजस्तो भ्रम फैलायौं । विश्व स्वास्थ्य संगठनले पनि भन्ने गरेको छ ‘१० प्रतिशतलाई मात्रै असर गर्ने अरु ८० प्रतिशतलाई केही भएकाले हामी अत्तालिनुपर्ने कुनै कारण नै छैन ।’
कोविड १९ खतरा प्रकारको भाइरस हो, भनेर भ्रम फैलाउने काम भएको छ । १० प्रतिशत मात्रै त्यो पनि दिर्घ रोगीहरुलाई असर गरेको छ । कोरोनाको हल्ला जस्तै नानीहरुलाई ‘भुत’ आयो भनेर तर्साएजस्तो भएको छ । अर्को कुरा कामहरुमा जाने आउने गर्नुपर्छ, यस्तो अवस्थामा पक्कै सावधानी अपनाउनुपर्ने हुन्छ ।
अर्को तर्फ अस्पतालमा बृद्धाहरुलाई भाषाको समस्या हुने गरेको छ । विशेष नर्स, चिकित्सकहरुले वास्ता नगर्ने समस्या भइरहेको छ । तर पनि दोभाषेको व्यवस्था छ । यस्तो अवस्थामा दोभाषेको माध्यमबाट सेवा लिनुपर्ने हुन्छ । म आफै भाषा जान्ने भएपनि केही समस्या हुने गरेको छ । आप्रावासी स्वास्थ्यकर्मीहरुबाट राम्रो व्यवहार हुदैन । म विरामी भएर अस्पताल जाँदा ठिक नहुने (अनफिट) माक्स दियो । अनफिट माक्सले गर्दा मलाई धेरै समस्या भएको थियो । तीनदिनसम्म कुरा गरेपनि मलाई वास्ता गरेन । संयोगवस एकजना नेपाली चेली ज्योति लिम्बु नर्स आएपछि मैले मेरो सबै समस्या बताएपछि मलाई फिट हुने माक्स दिएर सहज भयो ।
गोर्खा भुपु बृद्धाहरुलाईअंग्रेजी जान्नु हुन्न भने मलाई अंग्रेजी आउदैन भने दोभाषे माग्न सक्नुहुन्छ । घरमा कोही छैन भने पनि जान्नेबाट साथ सहयोग माग्नुपर्छन । नजान्नेहरुलाई जान्नेहरुले सहयोग गर्नुपर्छ । मेरो अनुभवमा धेरै बृद्धा गोर्खा भुपु सैनिकहरुलाई समस्या छ । यस्तो अवस्थामा हामीले साथ सहयोग गर्नु पर्ने हुन्छ ।
म १९ दिनको उपचारपछि घर आएर निको भए भनेर हिडन थाले । हिडन थालेकाले मेरो छिटो छिटो सास फेर्ने भयो । राम्रो ठिक नभई हिडेकाले फोक्सामा हावा भरिएर खोकी चलेको रहेछ । खोकीले मलाई निकै गम्भिर बनाएपछि फेरी पुनः म अस्पताल गए । अस्पताल गएपछि पुन : कोरोना नै देखियो । कोरोना देखाएपनि ३ दिनपछि मलाई चिकित्सकले घर पठायो । कोरोना संक्रमति हुदाँ हुदै घर पठाएपछि म जान मानिन । किन भने परिवारका सदस्यहरुलाई जोखिम हुन्छ भन्ने ठाने । तर चिकित्सकहरुले समस्या नहुने बताएपछि म घर फर्किए । चिकित्सकले विरामी भएपनि एकठाउँमा बस्न मिल्ने तर विरामीले अनिवार्य मास्क लगाउनुपर्ने, सामुहिक शौचालय प्रयोग गर्दा विरामीले अन्तिममा प्रयोग गरेर सरसफाई गरे परिवारमा कुनै जोखिम नहुने बताएपछि मैले त्यसरी नै गरे । घर फर्किएको केही दिनमा म कोरोनामुक्त भए ।
कोरोना भाइरसमुक्त भएर बाहिर हिडडुल गर्न थाले । तर हाम्रै समुदायका मानिसहरु मलाई देखेर डराउदै मसंग तर्किने समेत गरे । यस्तो अवस्थामा हामी डराउनु कुनै आवश्यक छैन । कोरोनादेखि जो कोही पनि नडराउनुहोस भन्न चाहन्छु । यदी लागिहाल्यो भने चिसो नखानुहोसा शरीरलाई तातो बनाउनुहोस । तपाईलाई केही हुदैन । कोरोनालाई जित्न सकिन्छ ।