“जिन्दगी एकदम छोटो तर पुग्नु पर्ने निक्कै धेरै छन” भन्दै जुलाई २०१४ मा हामी तेल अभिव पुगेका थियौ । भूमध्ये सागरको दायाँ किनारमा अबस्थित तेल अभिव जेरुसेलम पछाडी इजरायलको दोश्रो ठुलो सहर थियो । तेल अभिवदेखि गुडेको एउटा ट्याक्सी मध्यपूर्वको पार्टी क्यापिटल भनेर चिनिने जेरुसेलमको एक चक्कर मारेर पश्चिमी पर्खालमा रोकिएको थियो । ट्याक्सी रोकिने साथ तारा र म पर्खालको सिधै अगाडि रहेको बिशाल चोकमा पुगेका थियौ ।
यहुदीहरुको महापर्व ‘सुकोत’ को बेला लगभग ६० हजार मानिसले टन्न भरिने त्यो चोक त्यसदिन ब्यस्त थिएनन् । त्यहाँ पुग्दा मानिसहरु जति नै अग्लो फलामे पाताले बारेर चोकलाई दुई भागमा छुटाइएको प्रष्टै देखिन्थे । तिनै पवित्र तिर्थ स्थलको दाहिने महिलाहरुको प्रार्थना गर्ने छुट्टै सानो ठाँउ थियो । देब्रे पुरुषको धैरै ठाँउ छुट्याईएको थियो ।
हामी पुगेर बायाँतर्फ मोडियौ, किनभने कुनामा एक हुल तिर्थ यात्रीहरु झुरुप्पै उभिरहेका देखिएका थिए । जब हामी उनीहरुको नजिक पुग्यौ, तब हामीलाई थाह भयो त्यहाँ अलिखित कागजका टुक्राहरु लिन पाईने रहेछन् ।
मैले पनि त्यहाँ पुगेर थपक्कै कागजका दुई वटा टुक्राहरु टिपे । एउटा टुक्रा मसँगै राखे र अर्को तारालाई दिए । कागज राखिएको नजिकै कुनामा केही सिसाकलमहरु पनि थिए । एउटा सिसाकलम टिपे र तिनै टुक्रा कागजमा मेरा मनमा लागेका अभिलाषाहरु साना तिना अक्षरहरुमा परिणत गरे ।

मैले त्यति लेखि सकेपछि –
“तिमीलाई मनमा जे जे लागेका छन् त्यही कुरोहरु लेखेर छाड,” भन्दै त्यो सिसाकलम तारालाई दिए ।
कुनापट्टि घोप्टिएर उनले पनि केही लेख्न थालिन तर कुन्नि के के लेखीन मैले केही जान्न खोजिन । उनले लेखिसकेपछि केही नबोली सरासर महिलाहरुले प्रार्थना गर्ने ठाँउ तिर लागिन ।
तारा महिलाहरुको भिडभित्र पसिन र सुस्तरी मेरो दृष्टिबाट बिलीन हुदै गईन । उनी पुर्ण रुपले बिलुप्त भएपछि म पनि मेरो बाटो लागे । तर मेरो सिधै अगाडि एउटा टेबल देखा प¥यो । त्यस टेबलमाथि पुरुषहरुले तालु ढाक्दा प्रयोग गरिने किप्पाहरु राखिएका थिए ।
‘वेस्टर्न वाल’ पश्चिमी पर्खालमा पुग्ने हरेक पुरुषले टोपी लगाएर टाउकोलाई अनिबार्य ढाक्न पथ्र्याे । त्यसैले किप्पा देख्ने बितिक्कै एउटा टिपे र शीरमाथि लगाई हाले । तर कतै टाउको देखि खसि हाल्छन् कि भनेर एक चोटी निश्चित गरे । त्यसपछि लम्रङ लम्रङ हिडदै जाँदा केही अगाडि पुगेर मेरा कदमहरु अनायसै रोकिन पुगे ।
म जहाँ उभिएको थिए, त्यहाँ बाट पश्चिमी पर्खालको पुरै भाग छ्याङ्गै देखिएका थिए । चुन ढुङ्गाबाट निर्मीत पर्खाल लगभग दुईसय फिट जति लामो थियो । जसलाई यहुदीहरुले छोटकारीमा ‘कोटेल’ भनेर चिन्दथे । पर्खालको मुनिको भागमा ज्यादै ठुल्ठुला ढुङ्गाहरु थिए । जति जति उभो जान्थ्यो ढुङ्गाको आकार घटदै जाँदा करिब ६० फिटसम्मको उचाँईमा पुगेर पर्खाल सकिएको थियो ।
कोटेलको सिधै पिछाडीपट्टि “डोम अफ द रक” थियो । जसको छानो सुनौला रङ्गका तर अर्ध अण्डाकार देखिन्थे । मैले नियालेर हेरी रहँदा त्यो गुम्बज कता कता मध्यान्हको सूर्यसगँ लुकामारी खेलिरहेको जस्तो आभाष हुन्थ्यो ।
म बिश्वको अति कम बिकसित राष्ट्रमा हुर्केको र फिरन्ते हुदै पबित्र भुमि, ‘जेरुसेलम’ पुगेर सुन देखि बनेका गुम्बजको ढाँचाकाँचा हेर्दा मेरा घोक्रोबाट एक मुठि लोभको थुक उब्जियो । एकछिनपछि त्यो अजिर्णको अमिलो थुकलाई घुटुक्क गर्दै निलेर बिदाई गरि पठाई दिए । तर एउटै पर्खालको पारी पट्टि मुसलमानहरुको त्यति बिशाल मस्जिद र पर्खालको वारी पट्टि यहुदीहरुको पवित्र स्थललाई सम्झँदा भने मेरो आङ सिरिङ्ग भै रह्यो ।

जिन्दगीमा एक पटक पुग्नै पर्ने त्यो पवित्र पर्खाललाई रोमन सम्राट ‘हेरेड द ग्रेट’ ले निर्माण गरेका थिए । इसा पुर्ब १९ अथवा लगभग दुई हजार बर्ष अगाडि बनेको पश्चिमी पर्खाल पुग्दा केही बेर हर्षले आनन्दित बनि रहे । त्यसपछि पर्खालको नजिक पुगेर अल्प छिद्रमा मेरो आकाङ्क्षा पत्रलाई कच्याक कुच्चुक बनाएर जब्बरजस्ती अडकाई दिए ।
“के तपाई पनि यहुदी धर्मको अनुयायी हो ?”
पर्खालबाट हात हटाएर फर्कदै गर्दा एकजना अपरिचित ब्यक्तिले मलाई अचानक त्यस्तो प्रश्न गरे । उसको प्रश्न सुनेर म झसङ्ग झस्के ।
“धर्म मानिसका लागि अफिम हुन्,” भन्ने बिचार लिएर शेष जीवन नास्तिक बनाई सकेको थिए । तर अचानक यहुदीहरुको पवित्र तिर्थस्थल अगाडि आएको त्यस्तो प्रश्नको जबाफ अब के दिने होला भनेर एक छिन दुबिधामा परि रहे ।
“के तपाई पनि जापानीज हो ?”
उसले अंग्रेजी भाषामा नै दोश्रो चोटी मलाई सोधे । त्यसपछि मैले टाउको हल्लाएर ‘होईन’ भन्दै मेरो मौनतालाई भङ्ग गरिदिए ।
मलाई प्रश्न गर्ने मानिस जापानीज मुलका नागरिक थिए । र, उसको नाम ‘हारुकी मुराकामी’ भनेर मलाई बताए । त्यति मात्रै नभएर उनि यहुदी धर्माबलम्वी भएको मलाई सुनाए । उनको भनाईले मलाई खासै असर त परेन तर उसले मलाई जापानिज जस्तो देखेका र यहुदीहरुको तिर्थ स्थलमा भेट्दा यहुदी धर्माबलम्वी होलान कि भन्ठानेका थिए । बरु मैले उनलाई प्रति उत्तर दिने क्रममा सामन्य झारपात हुँ भनेको सुनेर बिचरा मुराकामी धीर सोचाईमा परिरहेका थिए ।
मन भित्र लागेका आकाङ्क्षा पर्खालमा सेलाएर फर्कदै गर्दा भेटिएका जापानीजले मलाई तर्सेको मृग झै बनाई दिए । त्यसपछि पुनः म एक धुनमा हिडन थाले ।
तारा केही समय अगाडि देखि चोकको बिच भागमा मेरो प्रतिक्षा गरेर उभि रहेकी थिईन । उनले मलाई देख्ने बितिक्कै हामीले पर्खालमा राखि छाडेका ‘विस’ हरु अब के हुन्छ भनेर सोधिन । सबै कागजका टुक्राहरु बटुलेर बर्षको दुई चोटी जलाइन्छन् । नत्रभने यहुदीहरुको समाधिस्थल नजिकै गाडने चलन छ भनिदिए ।
त्यसपछि हामी क्रमशः हिडदै ट्याक्सीको नजिक पुग्यौ । चालक बेन्जामिनले डेढ घण्टा अगाडि देखि हामीलाई पर्खेर बसि रहेका थिए । ट्याक्सीभित्र पसेर सिटको पेटि बाध्न नपाउदै उसले ट्याक्सीको चक्का गुडाई हाले ।
हामीले हात हल्लाएर ‘जेरुसेलम’ बाई भन्दै ओल्ड सिटी जेरुसेलमलाई सधैका लागि बिदा ग¥यौं । लगभग आँधा घण्टाको यात्रापछि संसारको सबैभन्दा जोखिमपुर्ण ईजरायल र पेलेस्टाईन सिमाना “एरिया ए जोन” पुगेका थियौ । तिनै सिमानामा भिमकाया कँक्रिटका अबरोधहरुले राष्ट्रको पहरेदार गरिरहेका थिए । बिबिसी टेलिभिजनको पर्दामा देखिने बिबादित सिमाना आफ्नै अगाडि देख्दा हामी केहिवेर उदाश बनिरह्यौ ।
अझै कँक्रिटबाट निर्मित बडेमाको त्यो पर्खाललाई ईजरायलीहरुले “आतङ्ककारी छेक्ने पर्खाल” भन्ने उपनाम दिएको सम्झँदा म झन भावुक बनिरहे । पटक पटक आरपिजीको निशाना बन्नु पर्ने त्यो सिमानामा पुग्दा किन किन मेरो हृदय बिराजी भै रहेका थिए ।
सिमानाको ठिक अगाडि पुगेर अन्तिम चोटि ट्याक्सी रोकियो । बेन्जामिनलाई त्यँहीबाट बिदा गरेर तेल अभिव फर्काई दियौ । किनभने सिमानाको पारी पट्टि इजरायली गाडीहरु जान प्रतिबन्धित थिए । अनि तारासँग जोडी मलसाप्रो झै लुखुर लुखुर हिडेर अध्यागमन भित्र छिर्न थालेका थियौ ।
केहिबेर हिडेर बिश्वको अति खतरा पुर्ण सिमाना पार गर्दै गर्दा उच्च सतर्कता अपनाउनु पर्छ भनेर मैले तारालाई सुटुक्क सुनाउदा, “त्यस्तो जाबो कट्टुमा पिसाब फेर्दै हिडनेले के संसार घुम्न रहर गर्नु पर्ने होला ?” भन्ने नमिठो जबाफले मेरो कानको जाली नै फुटे झै बोध भयो ।
उनको भनाईलाई मैले ‘परालको आगो’ सँग तुलना गरे र मेरा कदमहरु क्रमशः अगाडि चालिरहे । त्यसरी हिडदै जाँदा समय समयमा आएको मन्द हावाको गतिले मेरो अनुहारमा हल्का छोई रहेको आभाष हुन्थ्यो । तर जेरुसेलमको त्यस दिन भयङ्कर गर्मीले गुज्रिरहेको थियो । पवित्र भुमिको प्रचण्ड गर्मी र जोखिमपुर्ण सिमानामा उत्पन्न भयले मेरो कमिज लुत्थुक्रै भिजेका थिए ।
एक हातमा पानीको बोतल र अर्को हातमा कुसुमे रुमाल लिएर बल्ल तल्ल इजरायली अध्यागमन कर्मचारी बैनीको अनुहार नजिक पुग्दा मैले थोरै शान्तिको सास फेरेका थिए ।
मेरो सम्पुर्ण शरीर पसिनै पसिना भएका थिए । त्यहाँ पुगेर हल्का मुस्कान सहित मेरो राहदानी उनलाई थपक्कै टक्रयाई दिए । उनको हातमा राहदानी परेपछि मलाई एक झलक मज्जाले हेरिन । अनि एक्कै शब्द नबोलि पानाहरु फरर पल्टाईन । त्यसपछि फिसिक्कै मुस्कानका साथमा राहदानी फर्काई दिईन । उनलाई भारी कृतज्ञाता प्रकट गर्दै फेरि भेटौला है ‘देबेर इटि’ भन्दै बिदा भए ।
अध्यागमनको सुनसान कोठाको भुईमा सिङ्गमरमर बिछ्याईएका थिए । हामी तिनै माथि टक टक जुत्ताको आवाज निकाल्दै केहिबेर नबोलि हिडिरहयौ । त्यसरी हिडदै गर्दा मेरो लिभरपुलको अनन्य मित्र जोन फिलिप्सको एउटा भनाईलाई त्यहाँ पुगेर झल्यास्स सम्झे ।
“तपाईले जेरुसेलम छान्ने होईन, जेरुसेलमले तपाई लाई छान्ने छन् ।”
साच्चै अनेकन ब्याबधानहरु पार गर्दै हामी जेरुसेलम पुगेका थियौ । उसको त्यो महानबाणी सम्झदा मेरो हृदयको एउटा कुनामा यदाकदा घोचिरहेको अनुभूति भयो ।

हामी अध्यागमन पार गरेपछि बिस्तारै बाहिर निस्क्यौ । त्यतिबेला हाम्रा कदमहरु वेस्ट बैकं, पेलेस्टाईनमा परिसकेका थिए । त्यहाँ देखि लगभग ३ सय मिटर अगाडि हिडेर ट्याक्सी स्टेसनमा पुग्यौ । स्टेसन पुग्ने बितिक्कै एउटा ट्याक्सी समात्यौ र जेसस क्राईष्टको जन्मस्थल ‘चर्च अफ नाटीभिटी’ जानको लागि चालकलाई अनुरोध गर्यौं ।
चालकले औलामा गन्न सकिने अंग्रेजी शब्दहरु मात्र बोल्न जान्दथे । तै पनि यात्रु पाउन अगावै ह्याण्ड ब्रेक खोलेर हिडनको लागि तयार थिए । जब हामी ट्याक्सी भित्र पस्यौ तब ट्याक्सी ओरालोमा आफै गुडन थाल्यो । ट्याक्सी गुडन थालेपछि पेलेस्टाईनका एकदम उजाड भुमि एवम सुख्खा जमिनहरु क्रमशः देखा परिरहे । तिनै पुर्व रणभूमिको बिरमाईलो दृश्य देख्दा हाम्रा कोमल हृदयहरु बितृष्णासहित भौतारिन थाले ।
जति ट्याक्सी अगाडि गुडदै जान्थ्यो । बाटोहरु स–साना धागोका डोरा जत्रा देखिन्थे । त्यति सानो बाटोमा फुच्चे ट्याक्सीले घरि उकाली र घरी ओराली गरिरहयो । अझै अनगीन्ति घुम्तिहरुमा पिङ खेलाउदै लादा ताराले बिहानै खाएको ‘इजरायली ब्रन्च’ लाई हुलुलु ओकली पठाईन । फर्मुला वानका बिश्व च्याम्पियन चालक लुविस ह्यामिल्टनको नक्कल गर्दै ट्याक्सी हाक्ने पेलेस्टाईन चालक अबदुल्लाले तारालाई अर्धलाश बनाएर क्रिस्चियनहरुको पबित्र धार्मिक स्थल बेत्लेहेमको ‘नाटिभिटी’ मा मुश्किलले पुर्यायो ।
हामी नाटिभिटी गिर्जाघर पुग्दा बेत्लेहेमको समय दिउँसोको दुई बजि सकेको थियो । चट्टानको बिच भागमा बनेका तिनै सुन्दर गुफाभित्र परम प्रभु जेसस क्राईष्टको जन्म भएको थियो । उहाँ जन्मनु भएको लगभग ३ सय बर्षपछि तत्कालिन रोमन साम्रज्य ‘कन्स्टान्टिन महान’ ले त्यो गिर्जाघरको निर्माण गरिदिएका थिए ।
गिर्जाघर निर्माण भएको लगभग दुई सय बर्षपछि समारिटान बिद्रोहीले त्यहाँ हमला गरेका थिए । त्यो हमलाले गिर्जाघर भत्केर पुर्ण नष्ट भएको थियो । लामो समयपछि बाँकी रहेका देवल र ढुङ्गाहरुलाई जतन गरेर बैजान्टिन सम्राज्यले पुनः नाटिभिटीको पुर्ण रुप दिएका थिए । जहाँ ‘रोमन क्याथोलिक’ र ‘ग्रिक अर्थोडक्स’ गिर्जाघरहरु समानन्तर रुपले खडा भएर रहेका थिए ।
हामी केहिबेर गिर्जाघर बाहिर प्राङ्गनमा आराम गरेर बस्यौ । थोरै आराम गरेपछि ताराको अनुहारमा हल्का सूर्यको लाली उदाउन थाल्यो । त्यसपछि शिर निहुराएर मुख्यद्वारबाट भित्र छिर्यौं । गिर्जाघर भित्र पस्ने बितिक्कै देखिएको भक्तहरुको भिडले ताराको खुशी त्यति धेरै लामो समय थाम्न सकेनन् ।
गिर्जाघर भित्र ५ सय जना जति मानिसहरु देखिएका थिए । भिड देखेर कटक्कै भाँचिएको ताराको मन जोडन मैले पानीको बोतल खोलेर थपक्कै टक्र्यार्इदिए ।
हामी पवित्र भुमि (जेरुसेलमदेखी करिब ५ हजार किमि टाढा लण्डनबाट आएका थियौ । जेसस क्राईष्टको जन्म स्थान हेर्न आतुर हाम्रा अनुहारहरु भिड देखेर कच्याककुच्चुक भएका थिए । तर हामीसँग केही अन्य उपाय नभएपछि आफ्नो पालो पर्खेर पंक्तिबद्ध भएर उभिरह्यौ ।
पट्यार लाग्दो प्रतिक्षाको घडि लगभग २ घण्टापछि अन्त भयो । त्यसपछि हामी गिर्जाघर भित्रको सानो ढोका अगाडि पुगेका थियौ । जुन ढोका बाट मुस्किलले एक जना मानिस मात्र भित्र पस्न मिल्दथे । हामी पनि पालै पालो ढोकादेखि भित्र पस्यौ । अनि दुई चार सिँढी हिडेर मुनि तलामा झ¥यौं । जहाँ कुमारी आमा म्यारीले जेसस क्राईष्टलाई जन्म दिएकी थिईन ।
उहाँ जन्मेको भुईमा एउटा गोलाकार प्वाल थियो । त्यो प्वालको वरिपरि १४ वटा चुच्चाहरु थिए । ताराका रुप लिएका १४ चुच्चाहरुले अब्राहमदेखि डेभिडसम्म १४ पुस्ताहरुको प्रतिनिधित्व गर्दथ्यो । कालान्तरमा डेभिड बेबिलोनमा निर्वासित जिवन यापन गर्न पुगेका थिए । अझै त्यो ताराले डेभिडदेखि चौधौ पुस्तामा जेसस क्राईस्ट जन्मेको पनि जनाउदथ्यो ।
हामी जहाँबाट भित्र पसेका थियौ । त्यसको बिपरित दिशामा निस्कने अर्को दैलो पनि थियो । तिनै दैलोबाट बाहिर निस्कदै गर्दा अचानक हाम्रो भेट पाब्लोसँग भयो । उनी ब्युनस आइरस, अर्जेन्टिनादेखी आएका रहेछन् । हाम्रो संक्षिप्त भेटमा उसले जेसस क्राईष्टको बिषयमा केहि सुचना प्रबाह गर्न थाल्यो ।
जेसस क्राईष्टको जन्म २५ डिसेम्बरमा यहि भएको थियो । जुन कुरा बाईबलको नयाँ नियममा सत्यतत्य बताउने गोस्पल म्याथुले भनेका छन् । गोस्पल लुकका अनुसार उहाँ जन्मनु भएको खबर सबैभन्दा पहिले नजिकै भेडा चराई रहेका गोठालाहरुले पाएका थिए । देवदुतले त्यो खवर गोठालाहरुलाई भगवानका सन्देश वाहक जेससको जन्म भएका छन् भनेर बताएका थिए ।
देवदुतले दिएको शुभ खबर पाएपछि एक हुल भेडा गोठालाहरु यिनै गुफामा आएका थिए । उनीहरुले यहाँ गाईबस्तुलाई खाना खुवाउने काठका डुँडमा थाङ्नाले बेरेर सुतिरहेका एउटा बच्चालाई देखेका थिए । र, बच्चाको नजिकै उहाँको कुमारी आमा “भर्जिन म्यारी” बसिरहेकी थिईन ।
हामीलाई त्यति भनेर पाब्लो हाम्रो अगाडि हिड्यो । म अन्य कुरोहरु बुझ्न उनको पछि लागि रहे । उ सरासर गिर्जाघर बाहिर निस्क्यो । म बाहिर निस्केर पछ्याउदै फेरी उसको नजिकै पुगे । त्यसपछि उसले मलाई जेससको बारेमा पुनः बताउन थाले ।
जेसस जन्मेपछि यहुदीहरुले भगवानका सन्देशवाहक जेसस क्राईष्टलाई परम प्रभु येसु भनेर सम्बोधन गर्न थालेका थिए । जेससको जन्म डिसेम्बरमा भनिएको छ । तर ठ्याक्कै कहिले होला, भनेर किटन गर्न निक्कै मुस्किल नै पर्दछ । किनभने उहाँको जन्म भएको ३ सय बर्षपछि मात्रै सबै कुरोहरु बाहिरी संसारमा आएका थिए ।
तर एउटा रोचक पक्ष के भयो भने प्रभु येशु यहुदीहरुको भविष्यका राजा हुन भन्ने हल्ला ईजरायल भरि फैलियो । जुन होहल्ला तत्कालिन शत्तिबmशाली रोमन सम्राट ‘हेरोड महान’ को कान सम्म पनि पुग्यो । त्यो हल्ला सुन्ने बितिक्कै सम्राट हेरोडले उहाँको दर्शनको लागि अनुरोध गर्नु भयो । परम प्रभुको दर्शन असफल भएपछि सम्राट हेरोडले त्यस क्षेत्र वरिपरिका दुई बर्ष भन्दा मुनिका सबै बच्चाहरुलाई मार्ने उदघोष गर्नु भयो ।
त्यो निर्दोषहरुको हत्याकाण्ड “मसाकार अफ इन्नोसेन्ट” इसा पुर्व ४ (बिसी) मा भएको थियो । यदि त्यसैलाई आधार मान्ने हो भने जेसस क्राईष्टको जन्म त्यस्तै इसा पुर्व ४ (बिसी) देखि इसा पुर्व ६ (बिसी) भित्र भएको हुन सक्त्तथ्यो ।
पाब्लोले त्यति भनि सकेपछि उसको श्रीमती नजिकै आई पुगिन । उनको अचानक उदय भएपछि सोफियासँग हाम्रो सानो परिचय भयो । उनी गिर्जाघरबाट बाहिर निस्कन केही धिलो गर्नाले प्रभुको भक्त पाब्लोबाट मैले धरै ज्ञान आर्जन गर्न सके । त्यसपछि उनीहरु हामीबाट सधैको लागि बिदा भए ।
त्यसबेला गिर्जाघरको समय ठिक साढे ४ बजेको थियो । हाम्रो नजरबाट पाब्लो र सोफिया बिलिन भएपछि तिनै गिर्जाघरलाई ब्रम्हाण्डको बिच “सेन्टर अफ युनिभर्स” मानेर केहिबेर त्यँही उभिरह्यौ ।
म थोरै अगाडि हिडेर प्राङ्गनको छेउमा पुगे । दाहिने हातले गिर्जाघरको पर्खाललाई छोएर केहिबेर गज्रक्क परेर घोत्लिरहे । मेरो सामुन्ने वेस्ट बैैकका उजाड हरहोमा गाउँको पातलो बस्ती देखा परिरहेको थियो । अझै डेविड पर्वतदेखि दमसाईलो हुदै झरेका बिरमाईला फाँटहरुले त्यहाँ देखिएको जमिनको रङ्ग जस्तै मेरो मन फुङ्ग उडिरहेका थिए ।
पवित्र भुमि – बेत्लेहेममाथिको आकाशमा मधुरो सुर्य पश्चिम दिशा ढल्कि सकेका थिए । तर त्यति लोभलाग्दो सुर्यास्तले मलाई पटक्कै आकर्षित गर्न सकेका थिएनन् । त्यसको सट्टा उत्तर दिशामा पर्ने नाजरथलाई मैले धेरैबेर नियालेर हेरे । किनभने प्रभु येसु बेत्लेहेममा जन्मेका भएता पनि नाजरथमा हुर्केका थिए ।
एक दिन प्रभुले आफ्ना १२ जना चेलाहरुसँग बसन्त ऋतुको पर्व ‘पासओभर’ मनाउदै हुनुहुन्थ्यो । त्यो पर्व यहुदीहरुले बिगत ३ हजार बर्षदेखि क्रमशः मनाउदै आएका थिए । पर्वको अन्तिम भोज “द लास्ट सपर” को बेला तिमीहरु मध्ये एकजनाले मलाई धोका दिनेछौ भनेर प्रभुले भविष्यबाणी गर्नु भएका थियो । नभन्दै जेसस खोज्दै हिडेका रोमन प्रहरीहरुको सामुन्ने आफ्नै चेला जुडास इसकारियटले उहाँको गालामा ‘कलङ्कित चुम्बन’ गरेर प्रहरीहरुलाई चिनाई दिएका थिए ।
प्रहरीहरुले प्रभुलाई पक्रेपछि ‘प्रेक्टोरियम’ अदालतले मुद्दा छिनो फानो नगरिन्जेलसम्म कारागारमा राखे । उहाँलाई कारागारको पर्खालमा दुवै हात खुट्टा बाधेर राखिएका थिए । जेरुसेलमको त्यो भुमिगत कारागार अहिले सम्म पनि राम्ररी देख्न सकिन्थ्यो । अझै मलाई अचम्म त के लाग्यो भने त्यसबेला भगवानका सन्देश बाहकसँग दुई जना चोरहरु पनि सँग सँगै थुनिएर राखिएका थिए ।
प्रेक्टोरियम न्याय प्रणालीले प्रभुलाई हात गोडामा किला ठोकेर मृत्यदण्ड दिने घोषणा गर्यो । त्यसपछि मृत्युदण्डको लागि उहाँलाई डोलोरोसाको पादपद हुदै गोलगोथा लगिएका थियो । डोलोरोसाको मृत्यु मार्गमा जादै गर्दा प्रभुले हातमा ‘क्रस’ बोकेर हिडिरहनुभएको थियो ।
त्यो बिरमाईलो क्षणलाई सम्झदा मेरा नयनहरु भित्र भित्रै रसाएका मात्र थिएनन् । सुस्तरी आँखाबाट आँशु बहन थालेका थिए । किनभने मेरो लागि “आँशु दुःखको मौन भाषा थियो ।”
“छोरा मान्छे भएर रुन हुदैन ।” ताराको तिखो स्वर अचानक मेरो कानमा बज्रदाँ म झसङ्ग भए ।
प्रभु येसुलाई क्रसमा झुन्डाएर गोलगोथामा मृत्युदण्ड दिईएको त्यो ठाँउ कहाँ होला भनेर ठ्याक्कै पत्ता लगाउन अहिले निक्कै हम्मे पर्दथ्यो । तर जुन बेला प्रभुलाई मृत्युदण्ड दिईएको थियो त्यतिबेला उहाँ ३३/३४ बर्षको हुनुहुन्थ्यो ।
प्रभुको मृत्युपश्चात आफ्नो चेला जोशेफले क्रसबाट उहाँको मृत शरीर निकालेका थिए । अनि चेलाहरुले नजिकै जमिनमुनि गाडीदिएका थिए । उहाँको शिष्यहरुले मृत शरीर चोर्छन भनेर रोमन प्रहरीहरुले ३ दिनसम्म कडा सुरक्षा दिएका थिए । तर ३ दिनपछि परम प्रभु परमेश्वर त्यहाँबाट उठेर माथि हावामा बिलिन भै सकेका थिए ।
अक्सफोर्ड, बेलायत ।