‘हतुवागढी’ एउटा ऐतिहासिक थलोे । ‘रामप्रसाद’ गाउँपालिकासंग सधेरीपधेरी रहेको ठाउँ । किराती राजा सोनाहाङले राज्य गरेको ठाउँ । जनयुद्धमा सहिद भएको जमिन । सत्ताको हुकुम खप्न नसकेर लाहुरे भएका जसमान राई जन्मेको भुमि । अदुवा (बेछुक) खेती हुने ठाउँ (अदुवा किरात राई संस्कारमा अनिवार्य चाहिने चिज) । ‘नाम्नु’ विजुवाहरुले अदुवाको कचुर काट्दै यहाँसम्म आईपुगेको हाम्रो संस्कार र सभ्यता बाँचेको ठाउँ । यस्तो महत्वपूर्ण ठाउँमा जाने अवसर मिलेको थिएन । ‘पात्लेपानी कला साहित्य प्रतिष्ठान’ ले एकल युद्ध कविता वाचनको लागि उभ्याउने लागि निमन्त्रणा दिने कवि प्रकाश दिपसालीबाट थाह पाउँदा मनै भरी खुशी भयो । अझ साहित्यीक कार्यक्रमको निम्तोले मनलाई औधी खुशी बनाएको थियो ।
प्रकाशजीले दुई महिनापछि अफ लाईन मेसेज छोड्नु भएको थियो । “फाल्गुन २४ गते ‘हतुवागढी’ गाउँपालिका–८ पात्लेपानीमा कार्यक्रम हुने पक्का भयो । प्रमुख अतिथी सृजनशील अराजक आन्दोलनका अभियन्ता तथा लेखक राजन मुकारुङ आउँने टुंगो लाग्यो । मुकारुङ्गको आवगमन हुने कुराले संस्थामा आवद्ध साथीहरु खुशी छन । म र विश्वजीतले तपाईहरुसंग सम्पर्क गर्दै गर्नेछौ । ’’
राम्रो निर्णय भएछ । तपाईहरु सबैलाई धन्यवाद भनेर मेसेजमा लेखि पठाए ।
फाल्गुन २३ मा राजन मुकारुङ (काका) काठमाण्डौँदेखि विराटनगर भएर आउँदै थिए । कवि, आर्टिस्ट ओम डिसिआर भोजपुरबाट धरान भएर आउँदै थिए । पत्रकार केशर राई र म धरानमा थियौ । प्रकाश दिपसाली र राजन ईसारा भरोलमा थिए । हाम्रो भेटको संगमस्थल चतरा पुल पारी कवि नदी राईको ‘चुलो’ होटेलमा तय भएको थियो । भेट हुने समय दिउँसोको १ बजे थियो । म, बाउ र भिम भाई घरबाट समयमा नै निस्कियौ । केशर जी र ओम जीलाई पिकअप गर्न चतरा लाईन पुग्यौ । ओमजी अलिक ढिलो गरे । आर्टहरुको फे्रम बनाउनु दिनु भएको रहेछ तर समयमा काम नसकी दिएर ढिलो भएको पसिना पुच्दै भने । केशर जीले आकाश हेरे जस्तो गर्दै भने, ‘भनेको बेला काम सकिदिएन भने निक्कै नै पो रिस उठ्छ त ।’
‘होटेल’मा पुग्दा राजन मुुकारुङ र कवि अर्जुन अपहेलित आई सकेका रहेछन् । केही समयपछि कवि प्रकाश दिप्साली मुन्डन गरेको कपाल कन्हाउँदै आईपुगे । कवि राजन ईसारा मुसुक्क हाँसोमा दात देखाउँदै हातमा हेलमेट बोकेर आईपुगे । प्रकाश दिपसाली मुन्डन कपाल कन्हाई रहने र राजनजी थोते मुस्कानमा दात देखाईरहने । कफी र खाजा खाएर हामी पुल पारी गयौं । बाउ, भिम भाई धरान फर्कनुभयो ।
चतरामा पानीजाहाज चल्छ भनेर पहिल्यै सुनेको हुँ । काउण्टरमा एक जना बहिनी थिईन् । नजिकै होडिङ वोर्डमा लेखिएको थियो, ‘नेपाल रिभर ट्रान्सपोर्ट, पानी जाहाज चलिरहेको छ ।’ काउण्टरको बहिनीलाई सोधे, ‘कतिवेला पानीजाहाज आउँछ ?’ उनले भनिन्, ‘सबै विग्रेको छ । एउटा मात्र चलिरहेको छ ।’ तल कोशीतिर हेरे । बोर्ट मात्र देखे । पानी जाहाज देखिन । काठमाण्डौँको पानीजाहाज मन्त्रालय पनि यहि भएको भए फोटो खिच्नसम्म त पाईन्थो । हामी सम्झना होटलमा चिया पिउन पस्यौ । होटलको करिडोरमा पानीजाहाजको टिकटको विषयमा विचौलीयाहरु कुटाकुट गर्ला झै गरिरेहका थिए ।
प्रकाशजीले वोर्टको टिकट पहिल्यै लिई सकेको थियो । केही समयपछि नेकपा भोजपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा हतुवागढी गाउँपालिका ईन्चार्ज सुनिता किराती आईपुगिन् । वोर्ट चढ्ने ठाउँमा झर्यौ । बोर्टमा चढेर लाईभ ज्याकेट लगायौ । पानीको उछिटो काढदै बोर्ट हुईकियो उत्तर पश्चिमतिर । वराहक्षेत्रलाई छिचोल्दै वोर्ट ‘खुवालुङ’ (किरात राई धामीहरु उत्पति हुने ठाउँ) नजिक पुग्यो । अरुण, तमुर र दुध कोशीको मिलन भएको ठाउँ भएकोले त्रिबेणी भनिन्छ । मोवाइलले ‘खुवालुङ’ को केही फोटोहरु खिचे । सबैजना फोटो खिच्नमा ब्यस्त थिए । ‘खुवालुङ’लाई नियाल्दै अरुणलाई पछ्याउदै बोर्ट उकालो लाग्यो । नदीको दाहिनेतिर ‘टाङकेरा’ भीर उसरी नै २० वर्ष अघि झै उभिरहेको थियो । विचमा सानो गोरेटोको धर्सा देखिन्थो । त्यो गोरेटोबाट कयौँ पटक पसिना चुहाउँदै गाउँबाट शहर झरेको यादगर सम्झानाहरु आँखामा आईरह्यो ।
एस.एल.सी. परिक्षा दिएर त्यही बाटोबाट पहिलो पटक जितवीर भतिजसंग धरान झर्दै थियौ । वराहक्षेत्र र चतराको विचमा हामी पुग्यौ । अलिक पर एउटा बाकस जस्तो आवाज हामी तिर आईरहेको थियो । कच्ची रोडलाई कब्जा जमाएर हिड्दै थिए । केहिबेरपछि बाकस जस्तो मेरो अगाडी नै आईपुग्यो । के गरौ कसो गरौ भए । दौडेर दाहिने तिरको ढिस्कामा चढे । लाग्यो, आज धन्नले बाँचियो । अहिले सम्झँदा त्यो महेन्द्र जिप रहेछ । रोडमा कुद्ने चार पाङग्रे पहिलो पटक मैले त्यही देख्ने मौका पाएको थिए ।
डोजरले भिर उधिन्दै भत्काईरहेका दृष्यहरु लहरै देखिन्थो । उसो त पहाडी डाँडाहरु पनि डोजरबाट अछुतो छैन । त्यहि कारण पानीको मुहानहरु सुक्दै गईरहेको छ । बाढीपहिरो बढिरहेको छ । मौसम परिवर्तन भईरहेको छ । विकासको नाममा हामीले गरिरहेको विनाश निक्कै सोचनीय बनिसकेको छ ।
करिब १९ मिनेटको यात्रापछि (सरकारको पानी जाहज) वोर्टले हतुवागढी गाउँपालिका–८ पात्लेपानी पुर्यायो । उसै–उसै रमाईलो सेतो बालुवाले भरिएको नदी किनार । करिव २०० मिटर पाईला चालेपछि केही होटेलहरु भेटिए । असईको नेतृत्वमा केही प्रहरी साथीहरु आफ्नो डिउटी गरिरहेका थिए । हामी सबैभन्दा माथिलो होटेलमा चिया पिउन पस्यौ । एक जना दाई घरेलु मदिरा रक्सी (सेन्तेरेम) को तालमा रमिरहनु भएको थियो । माँझ किरातको त्यो एउटा पहिचान थियो । एउटा वास्तविक गहना । हाम्रा पितृपुर्खाहरुले उसरी नै डो¥याएर हामीलाई यहाँसम्म ल्याएका हुन् । अरुलाई कस्तो लाग्छ त्यो फरक विषय हो तर मलाई अर्गानिक लाग्छ । अबको २० बर्ष पछि दाई जस्ता गहनाहरु संग्राहलयमा खोजेपनि पाईने छैन ।
प्रकाश दिपसाली फोनमा निकै ब्यस्त देखिन्थे । उहाँलाई राजन ईसारा र ओम डिसिआरले साथ दिइरहेका थिए । म, राजन मुकारुङ, अर्जुन अपहेलित, सुनिता किराती र केशरजी बदाम खानमा अलिक ब्यस्त थियौ । साँझ छिप्पिदै थियो । कवि तथा पात्लेपानी–८ का वडा सदस्य विश्वजीत चाम्लिङ बोलेरो लिएर आईपुगे । सबै खाजाको रकम सुनिता किरातीले दिइन । होटेल व्यवसायीलाई धन्यवाद दिएर हामी गाडी चढ्न थाल्यौ । प्रकाश जीले भने, ‘किन ढिलो गरेको पर्खिदा यो विश्वजीतले आज हैरान बनायो ।’ प्रकाश दिप्साली फोनमा ब्यस्त हुनुको कारण त्यति वेला मात्र बुझियो । हुन पनि नवविवाहित विश्वजीत कहाँ भलेु र……..? करिब ४० मिनेटपछि वडा कार्यलयसंग जोडिएको एलवि होटेलमा पुग्यौ । हामी जम्मा ११ जनामा ९–१० जनाले कोदोको तिनपाने पिउन थाल्यौ । साथमा लोकल कुखुराको मासु । राजन मुकारुङले रक्सी पिउन (सेन्तेरेम) छाडी सक्नुसकेकोले पिउनु भएन । उहाँले भन्नुभयो, ‘तिमेरले पिएको त म एक्लैले एकै तालमा बजाउँथे । पिएपछि अलिक ज्यान तात्नेगरी पिउने हो । त्यो मुलाङ औषधी जस्तो के पिएको ?’
राजनीतिज्ञ दीपक बान्तवासंग हाम्रो चिनजान भयो । उहाँ ‘मजदुर किसान पार्टी’ भोजपुबाट सांसद पहिले उठ्नु भएकोरहेछ । उहाँ त्यही होटलमा हुनुहुन्थो वा गाडीबाटसंगै आएका थियौ । नयाँ ठाउँ त्यसमाथि साँझको कारण एकिन गर्न सकिएन । दुईजना साथीहरुको नाम मैले भुलेछु । लोकल भालेको सुपसंग मज्जैले खाना खाएर सुत्यौ ।
भोली विहान घाम ताप्दै रोडको छेउमा चिया पिउँन थाल्यौ । एकजना उमेरले म भन्दा पाका राक्सी (सेन्तेरेम) को संगीतमा माथिल्लो र तल्लो भित्ता हान्दै आईपुगे । उहाँले सबैलाई भने, ‘हामीलाई दलित भनेर हेप्छन् कसै कसैले अझै पनि भाई ।’ उहाँसंग हामीले थोरै संवाद ग¥यौ । उहाँ लरबरिदै उकालो लागे । मैले भने, ‘मान्छेले भन्न नसक्ने कतिपय पिडाहरु मादक पदार्थ (सेन्तेरेम)ले बोल्न लगाउँछ नि केशर जि ।’ त्यै त विद्रोहको संकेत पनि हो दाई केशर जी ले थपे ।
विहानको खान खाएर हामी कार्यक्रमतिर लाग्यौ । पानी छिटाउन थाल्यो । कार्यक्रम हलमा पुगेपछि केहीबेर पानी पर्यो । ओम डिसिआरद्धारा मैले वाचन गर्ने युद्ध कविताहरुको आर्ट गर्नु भएको चित्रहरु कार्यक्रम हलको भित्ताहरुमा झुण्डाईएका थिए । नयाँ प्रयोग गरिएको हो की भन्ने लाग्यो । अर्जुन अपहेलितले कार्यक्रम औपचारिक रुपमा संचालन गर्न थाले । मैयाँ कार्की मुस्कुराउँदै सभाध्यक्षको आसन गरिन । राजन मुकारुङ प्रमुख अतिथि, विशेष अतिथि हतुवागढी गाउँपालिकाको अध्यक्ष प्रेमकुमार र त्यसपछि मलाई मञ्चमा आसनग्रहण गराए ।
अन्य अतिथिहरुमा सोहि गाउँपालिकाको उपाध्यक्ष चन्द्रमा राई, नेकपाको हतुवागढी गाउँपालिका ईन्चार्ज सुनिता किराती, वडा–९ का वडाध्यक्ष हेमराज राई थिए । साथमा दीपक वान्तवा, ध्यानकुमार राई, सुदन राई, ओम डिसिआर, केशर राई, राजन ईसारा, काजीको छोरो (निक नेम) लगायत थिए । संस्थाको संस्थापक अध्यक्ष विश्वजीत चाम्लिङले स्वागत मन्तब्य राखे । हलमा खचाखच भरिएको कार्यक्रम सायद काठमाण्डौंमा पनि कमै हुन्छ होला । जसरी कविता सुन्न बालबालिकाहरुको उल्लेख्य सभागिता थियो । त्यो एउटा साहित्यको निम्ति खुशीको विषय हुँदै हो । शहर केन्द्रीत मात्र नभएर गाउँहरुमा साहित्यीक कार्यक्रमहरु गर्ने प्रयास बालबच्चाहरुको लागि प्रेरणाको स्रोत बनेको थियो । कविता सुन्दासुन्दै गोठालो हिडेका ती बालबच्चाहरुले आमा बाउको डर र गाईबस्तु भुली सकेका थिए ।
पहिलो सेसेनमा अल्पाभाषी निरु, अरुण आकाश, नमुना राई (क), नमुना राई (ख), कृपालसिंग राई, चन्द्र राई तारा लगायतले आ–आफ्ना सृजनाहरु सुनाए । दोस्रो सेसनमा कवि समाधी सन्ध्याको कविता संग्रह ‘टेकेर गुराँस माथि’ समिक्षा भयो । तेस्रो सेसनको कार्यक्रममा मेरो एकल कविता वाचन शुरु भयो । मलाई राजन ईसारा, आल्पाभाषी निरु र अरुण आकाशले साथ दिए । अटलसिंह राई, जसमान राई, जमिन राईहरुको कुरो नकोट्याउने कुरै थिएन । राणाशासनबाट भोजपुर मुक्त गर्दाको एक नायक जसमान राईलाई पटक–पटक सम्झिदै उहाँको नाममा लेखेको युद्ध कविता र ४ बर्ष निरन्तर युद्ध लड्दाको उहाँको कथा पनि सुनाए । पहिचान आन्दोलनको विषयलाई शुरुवात गरेर मैले कविता वाचनको विट मारे ।
चौथो सेसनमा मन्तब्यको क्रम शुरु भयो । जनयुद्धबाट शान्तिप्रक्रियामा आउँदाको झल्को दिने मन्तब्य सुनिता किरातीले दिईन् । निक्कै भावुक पनि बनिन् वेला–वेलामा । त्यसपछि गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले अतिनै सन्तुलित मन्तब्य राख्नुभयो । जनयुद्धको समयमा तत्कालीन शाही नेपाली सेनाको ब्यारेक ‘हतुवागढी’ दरबारलाई घेरेर बनाएको थियो । उक्त ब्यारेकलाई कसरी स्थानन्तर गर्ने र गढी संरक्षणको विषयमा गाउँपालिका लगायत हरेक क्षेत्रबाट प्रयास भईरहेको जानकारी दिनुभयो ।
कार्यक्रमको अन्तिम बक्ता प्रमुख अतिथि राजन मुकारुङले पहिचान र साहित्यीक अवस्थाको बारेमा मन्तब्य राख्नुभयो । उहाँ पहिचान आन्दोलनको अभियान्त हुन् । राज्यले आदिवासीलाई पटक–पटक बनाएको अयोग्यताको कथा सुनाउनुभयो । उसो त वजारमा आउन लागेको उहाँको नयाँ उपन्यासको नाम ‘अयोग्य’ हो । शरीरको मानकतादेखि अनुहारको मानकतालाई चलचित्र क्षेत्रमा अभिनेता दयाहाङहरुले भत्काईरहेको गहकिलो तर्क प्रस्तुत गर्नुभयो । राते काईलाहरु जहिले भिलेन नै हुनुपर्ने । लामो नाख भएको हिरोको कुटाई खानै पर्ने । बधुशिक्षालाई स्वीकार गर्ने महिलावादीहरु हुनुको पछाडी एकल जातीय सत्ताको कारण भएको बताउँदै उहाँले आफ्नो मन्तब्य टुंगाउनुभयो ।
सभाध्यक्ष मैया कार्कीले छोटो मन्तब्य राख्दै पात्लेपानी सहित्यीक कार्यक्रमको समापन गरिन । त्यसपछि हामीले केही थान फोटोहरु खिच्यौ । त्यही बेला उपाध्यक्ष स्वः चन्द्रमा राईसंग परिचय भयो । अध्यक्ष प्रेमकुमार राईले हामीलाई हतुवागढी घुमाउन लैजानु हुनेभयो । राजन मुकारुङ, प्रकाश दिपसाली, राजन ईसारा पहिल्यै गईसकेकोले उहाँहरु होटेलमै रहनुभयो ।
अध्यक्ष, उपाध्यक्ष, सुनिता किराती, केशर राई, ओम डिसिआर, म लगायत केही साथीहरु बोलेरोबाट उकालो लाग्यौ । केही घरायसी गफहरु एक आपासमा भए । मैले उपाध्यक्ष चन्द्रमा राईलाई सोधे, ‘नाना भेनाजु कता हुनुहुन्छ, भान्जाभान्जीहरु कति छन् ?’ उहाँले भन्नु भयो, ‘अव भेनाजु खोज्नु पर्ने बाँकी नै पो छ ।’ साहित्य कार्यक्रमले उहाँसंग मेरो पहिलो र अन्तिम भेट जुराई दिएको थियो । गडीमा पुग्दा साँझ परिसकेको थियो । पहिलो सेक्युरिटी रहेको ठाउँमा पुग्यौ ।
सेन्ट्रिपोष्ट केही दयनीय अवस्थामा थियो । दिउँसो परेको पानी र हुस्सुले माटो भिजेर चिप–चिप पानी निस्किरहेको थियो । गार्डले हामीलाई सोध्यो । अध्यक्षले आफ्नो परिचय दिएपछि गार्डले अलिक माथिसम्म गाईड गरे । जाँदाजादै दाहिने पट्टि जनयद्धमा सहिद भएकाहरुको स्मारक सुनीता किरातीले देखाइन । मेजर र क्याप्टेनसंग चिनजान भयो । हुस्सुले ढाकेर २५ मिटर परको दुरी देख्न नसकिने अवस्था थियो । जाडोले हाम्रो नाकमा सिगान बग्न थालि सकेको थियो । दिउँसो परेको पानीले ब्यारेकको स–सानो घरहरु केही चुहिरहेको थियो । कुनै घरहरुको छानो त्रिपालले छाएको देखिन्थो । भिरको टुप्पो माथि दरबार रहेछ । दरबारको वरिपरी पोखरी । सुरक्षाको लागि निकै सर्तकता अपनाएको रहेछ त्यो बेला । दरबारको भग्नावशेषलाई पार्खाल लगाएर केही सुरक्षा गरिएको अध्यक्ष र मेजरले बताए ।
त्यबेलामा सोनाहाङहरुले चलाएको जातो र केही शिलालेख अझै पनि चिन्न सकिने अवस्था थियो । दुई जना जवानहरुले चियर र एक जना जवानले कफि ल्याईदिए । मेजर र क्याप्टेनसंग केही समय गफिदै चिया पिउन थाल्यौ । तर कुक हाउसबाट कफि त्यहाँ ल्याई पुर्याउँदा जाडोले मनतातो जस्तो बनाई सकेको थियो । कफी मिठो थियो तर मह भन्दा गुलियो । हामी विदा मागेर ओरोलो झर्यौ । १० मिनेट जति तल झरेपछि अध्यक्ष प्रेमकुमार राई र उपाध्यक्ष चन्द्रमा राई गाडीबाट ओर्लिनुभयो । विदा भयौ सबै जना ।
तर म लगायत केही साथीहरुले चन्द्रमा नानालाई अन्तिम विदाई दिएका रहेछौ । होटेल १५ मिनेटमा पुग्यौ । होटेल संचालक लालबहादुर राई र उहाँको पत्नी राजमाया राईले बनाएको लोकल सुगुरको मासुसंग रक्सी (हेङमा) खान थल्यौं । सुगुरको मासु र रायो साग मिसाएको तरकारी आहा ! केही गफहरु भए । राजन मुकारुङ विहानै दीपक बान्तवाको मोटर साईकल चढेर भोजपुर जाने गाडी भेट्न जानुभयो । उहाँ भोजपुर भएर घर हुँदै काठमाण्डौ जानुभयो । हामी भने (सरकारको पानी जाहज) बोर्ट नचलेर बोलेरो चढेर उदयपुर हुँदै मनभरी साहित्यीक कार्यक्रम र हतुवागढी सम्झदै घर फर्कियौ ।