हाम्रो दाम्पत्य जीवनको भर्याङ्ग बिस बर्षे उकालीमा चढदै थियो । तिनै बिसौं वैवाहिक बार्षिकोत्सव मनाउन पानीजहाज यात्रामा जाने ताराको निर्णयपछि, ११ मार्च २००७ मा हामी बार्सोलोना पुगेका थियौं ।
अर्कोदिन थोम्पसनको एउटा पानीजहाज ‘आइल्याण्ड एस्कयाप’ चढेर बार्सोलोनाबाट टुलन लाग्यौं । हामी टुलन पुग्दा त्यहाँको मौसम पटक्कै राम्रो थिएन । मध्यान्हसम्म घाम लजाएर नवदुलही झै घुम्टो ओढेर बादलभित्र लुकिरह्यो । तर, मध्यान्हपछि एकछिन देखापर्यो, अनि निमेषभर मै विलाई हाल्यो ।
टुलनमा भएको त्यति नरमाईलो मौसमलाई, हामीले जित्न सकेनौं । साँझ पानीजहाज कोर्शिका टापु जादै थियो । त्यसैले मेरा मनभित्र केही खुशीका तरङ्गहरु उब्जिरहेका थिए । किनभने कोर्शिकामा फ्रान्सका सम्राट नेपोलियन बोनापार्टको जन्म भएको थियो । त्यसैले मेरा मन त्यहाँ पुग्न एकदम आतुर भइरहेका थिएँ ।
बेलुकीको समय छ बज्नै लागेको थियो । तारासँग जहाजको दशौं तलामा उभिएर टुलन बन्दरगाहको दृश्यबलोकन गरिरहेका थियौं । तर, समुन्द्रतटबाट उठेका बतासको मन्द गतिले हाम्रा गलाहरुमा छोइरहेका हामीलाई यदाकदा आभाष भइरहेको थियो । अझ आवाजबिहिन सामुन्द्रिक हावाले ताराको सेतो जामालाई फरर उडाईरहेको क्षण हेर्दा मलाई असाध्यै रमाईलो लागिरहेको थियो ।
फ्रान्सको दक्षिणि सहर टुलनमा, त्यतिबेला हेमन्त ऋतुको समय थियो । त्यस्तो समयमा बन्दरगाहको नजिकै बिरुप भएका नग्न रुखहरुको दुःखद दृश्यलाई देख्दा मेरो हृदय टुटेको थियो । समय समयमा चलेको चिसो बतासले तिनै रुखहरुलाई बिना सङ्गीत नचाँइरहेको उराठिलो दृश्य देख्दा मेरो मुटु झन छियाँ छियाँ परिरहेका थिएँ ।
पानीजहाजको पौडिपोखरी सिधै अगाडि एउटा ठूलो भित्तेघडि झुन्डिरहेको थियो । हामी मन्त्रमुग्ध भएर टुलन सहरलाई अगाँलो मारिरहँदा त्यो घडिले अचानक ‘टिङरिङ्ग’ गरेको आवाज दियो । अनायसै त्यसरी आएको आवाजलाई पछ्याउदै, मैले टाउको घुमाएर घडिको छातीमा पुया¥एको थिएँ । त्यतिबेला, फ्रान्सको समय बेलुकीको छ बजेको थियो ।
घडिको आवाज आएको केहि क्षणमा, हामीले यात्रा गरिरहेको पानीजहाज ‘आईल्याण्ड एस्क्याप’ ले टुलन सहर थर्कने गरेर ठूलो ठूलो हरण बजाउन थाल्यो । त्यति ठुलो हरणको आवाजले मेरो दिललाई एकछिन बैचैन बनाईरह्यो । टुलन सहरको यात्रा हाम्रो जिन्दगीमा प्रथम अनि अन्तिम पटकको थियो । त्यसपछि, ‘हामी कहिले पनि टुलन फर्केर नजाने है ?’ ताराले भनेकी कुरालाई मैले सम्झिरहें ।
बिदाइको हरण तीन बजेपछि, पानीजहाजले बिस्तारै बन्दरगाहलाई छाड्दै गयो । एक छिनपछि, फ्रेन्च लडाकु बिमान बोक्ने पानीजहाज ‘चाल्र्स डे गुले’ को नजिकै भएर हाम्रो पानीजहाज बहन थाल्यो । मैले त्यसबेला त्यति ठूलो बिमान बाहक युद्धपोतलाई राम्ररी नियालेर हेरिरहेको थिएँ । जहाज फ्रेन्च जलसेनाको सबैभन्दा ठूलो लडाकु पानीजहाज थियो । टुलन तिनै फ्रान्सका लडाकु युद्धपोतहरुको जलगृह पथ्र्याे ।
लडाकु बिमान बोक्ने चाल्र्स डे गुलेलाई छाडेर, हाम्रो पानीजहाज बिस्तारै वहदै भु–मध्ये सागरको मध्यभागतर्फ लाग्यो । अनि जहाजले दिएको मधुरो बत्तिको प्रकाशले घरीघरी टल्केको पानीको फोहोरासँगै क्रमशः अगाडि बहिरह्यो ।
एक छिनपछि, पानीजहाजको गति २० नटस प्रतिघण्टा पुगेको कुरो पोलिस कप्तान बार्तोसले ध्वनीप्रसारक यन्त्रदेखि बताउन थाले । त्यसरातको मौसमको भविष्यकथन गर्दैगर्दा हामी आफ्नो कोठातर्फ जान बाटो तताइसकेका थियौं । हामी कोठामा पुग्यौं, र टेलिभिजन हेरेर केहि समय बितायौं । त्यसपछि, बेलुकीको खाना खान सातौं तलामा अवस्थित ‘आईल्याण्ड भोजनालय’ तर्फ लाग्यौं ।
हामी आईल्याण्ड भोजनालयमा पुग्दा बेलुकीको समय सात बजिसकेको थियो । हामी त्यहाँ पुगेर कछुवा गतिमा अग्रिम आरक्षण गरेको टेबलतर्फ लाग्यौं । भोजनालयमा हाम्रो टेबलको नम्बर २२० थियो । र, टेबल जहाजको बायाँपट्टिको झ्याल नजिकै पथ्र्याे । टेबलमा हामीलाई सेवाप्रदान गर्ने बेयराहरु यात्राको अबधिभरी फेरिदैन थिएँ । मलाई पानीजहाजको त्यो पक्ष साह्रै राम्रो लाग्थ्यो । हामी टेबलमा पुग्नै आँटदा जानोले देखिन र मस्कदै हाम्रो नजिक आईहालिन ।
जानो बिगत तीन दिनदेखि तारासँग राम्रो साथी बनिसकेकी थिइन । कोहीमा, नागाल्याण्डबाट आएकी उनले हामी नजिक आँउदा एकहातमा जगभरी पानी पनि लिएर आईन । हामी कुर्सीा बस्ने बितिक्कै थपक पानीको गिलास भरिदिइन र लज्जालु स्वरमा बोल्न थालिन ।
‘तारा ! आज तपाई के पिउनु हुन्छ ?’ जानोले आत्मियताको साथ हिन्दी भाषामा सोधिन । ताराले उनको कुरो प्रष्टै बुझेपनि, केहि बोलिनन् । उनले अब के भन्ने होला भनेर मेरो मुहारतिर एकझलक हेरिन ।
‘जानो ! हामी पहिले खानाको मेनु हेर्छौ । अनि खाना अनुसारको वाइन मगाउछौ ।’ ताराको सट्टा मैले नै हल्का जबाफ उनलाई फर्काईदिए ।
मेरो कुरो सुन्ने बितिक्कै जानोले हात उठाएर भोजनको बेयरालाई बोलाईन । त्यसदिन उपलब्ध हुने भोजनको मेनु हातमा लिएर हल्लिदै डिमिट्रिले हाम्रो अगाडि उपस्थित जनायो । त्यति हँसिलो मुहारका डिमिट्रि किभ, युक्रेनदेखि आएका पानीजहाजका कर्मचारी थिएँ । उनी हाम्रो भोजनको बेयरा र जानो पेय पदार्थको बेयराहरु थिएँ ।
मैले मेनु हेरिसकेपछि, डिमिट्रिलाई एउटा ‘बिफ वेलिङटन’ मगाए । त्यो गोरुको मासुको परिकारलाई बेलायती ‘ड्युक अफ वेलिङटन’ ले वाटरलुको युुद्धमा नेपोलियनलाई हराएवापत त्यसको नाम बिफ वेलिङटन राखिएको थियो । त्यो परिकारको जस्तो नाम थियो, स्वाद पनि त्यस्तै राम्रो भएकोले सर्लक्कै जिब्रोमा बिलाउथ्यो ।
अझै मुख्य कुरो त हामी भोलि बिहानको छ बजे राजनेता नेपोलियनको जन्मभूमी आजासियो, कोर्शिकामा उत्रदै थियौं । त्यसैले फ्रान्सको पूर्व राजनेता नेपोलियन बोनापार्टलाई सम्झदै सम्झदै मैले त्यो परिकार खाने रुचि राखेको थिएँ । ताराले त खै के के मगाइन, कुन्नि ? मैले उनी प्रति त्यति धेरै जान्ने उत्सुकता देखाइन ।
साठीको दशकमा बिफ वेलिङटन ज्यादै प्रचलित भएको थियो । अझै त्यसको लोकप्रियता बेलायतमा भन्दा उत्तर अमेरिकामा बढि परेको थियो । मलाई त्यो फ्रेन्च गोरुको मासुसँग सायद क्याबरनेट सेभिङनन नै अति उत्तम हुन्छ होला जस्तो लाग्यो । त्यसैले, लामो समयदेखि मैले के माग्ने होला भनेर मेरो प्रतिक्षा गरेर बसिरहेकी कोहिमाकी बैनीलाई एकबोतल फ्रेन्च वाइन, क्याबरनेट सेभिङनन ल्याइ दिनुहोस है भनेर मगाएँ ।
मैले वाइन मगाएपछि, टकटक हिल पडकाउदै जानो हामीसँग बिदा भइन । डिमिट्रिलाई कोर्शिकाको बाख्राको पनिर पनि ल्याइदिनु है भनेर अनुरोध गरें । त्यो पनि कोर्शिकाको प्रख्यात र अति स्वादिष्ट हुन्छ भन्ने पहिले नै सुनेका थिएँ । त्यति स्वदिष्ट हुनको मुख्य कारण सामुन्द्रिक हावापानी नै हुन रे । किनभने कोर्शिका नजिकको सामुन्द्रिक पानीमा नुनको मात्रा अलिक बढि नै हुन्छन् र नुन पानीसँग सँगै उडेर बनस्पतिका पातमा अडिन्छन् । र, तिनै बनस्पतिका पातहरु खाएका बाख्राका दुधबाट बनेका पनिर असाध्यै स्वादिलो हुन्छन् भन्थे ।
लगभग दुईघण्टा समय लगाएर हड्डि बिनाको गोरुको मासु र वाइनले टन्न पेट भरेपश्चात् हामी ‘ओसन थिएटर’ हलमा पुगेका थियौं ।
हामी त्यहाँ पुग्दा बेलुकीको समय नौ बज्नै लागेको थियो । जब घडिले नौ बजायो । मेघ गर्जेझै बजेको संगीतको तालमा पाँचजना जोसिला अंग्रेज युबतीहरुले सेता तिघ्रा देखाउदै ‘जय हो, जय हो’ भन्ने गीतमा नाट्यमञ्च हल्लाउन थाले । एकछिनमा अन्य पाँचजना युबकहरु पनि उनीहरुसँगै नाँच्नको लागि मञ्चमा देखा परिहालें ।
त्यति कामुक युबतीहरुको कलकलाउँदो उमेर र बत्तिको प्रकाशले मलाई पनि उनीहरुसँग नाचौं जस्तो रहर लागिरहेको थियो । तर, जो कोहीको नसिवमा कहाँ त्यस्तो लेखेको हुन्थ्यो र ? तै पनि केहि टाढा दुरीबाट उनीहरु प्रति म किन किन आकर्षित भइरहेको थिएँ । हामीले नाट्यशालामा नाच, सर्कस र जादुसँगै एक घण्टाको समय एक झिमिकमा नै बिताएको जस्तो बोध भयो ।
नाँचको कार्यक्रम सकिएपछी, हामी नाट्यशालाबाट बाहिर निस्क्यौं । र, मिराजबारमा ककटेल पिउनको लागि जाने भनेर सल्लाह गर्यौं । तर, जहाज भित्र भित्र हिडदै जाँदा अन्य समयमा भन्दा अलिक बढिनै जहाज हल्लिरहेको हुनाले तारा कोठामा सुत्न जान्छु है, भन्दै आफ्नो कोठातिर लागिन । त्यसपछि, म एक्लै लिफ्ट पक्रेर दशौं तलातर्फ उक्लिएँ ।
मिराजबारमा पुगेर एउटा, ‘सेक्स अन द बिच’ मगाएको मात्रै थिएँ । केहिबेर अगाडि नाट्यशालामा देखिएका नृत्यङगानाहरु पनि मेरो पछिपछि त्यँहा आइपुगेका देखिएँ । उनीहरुको अनुहार त्यहाँ देखिएपछि मैले मनमनै ‘आम्मैनि हौ,’ छोकडीहरु पनि यहाँ आइपुगे छन् भने ।
त्यहाँ आइपुग्ने बितिक्कै उनीहरु बारको मध्ये भागमा नृत्य गरिहालें । कुनै कुनै नृत्यङ्गानाहरुले भट्टिपसलमा पेय पदार्थसंग रुझिरहेका यात्रुहरुलाई नचाँएर मनोरञ्जन दिनथालें । अ…म बरु एक्लै थिएँ । त्यसैले हातमा एउटा ककटेल समातेर बारको सिधै अगाडि उँभिएर उनीहरुको रमाइलो नाँच हरिरहें ।
केहि समयपछि, ‘मेरो नाम सामन्था हो,’ भन्दै एउटी पातली नृत्यङगाना मेरो नजिक आइपुगिन । उनको नाम सुनेपछि, हतार हतार मेरो नाम पनि उनलाई बताई दिइहालें । त्यसपछि, एसेक्स, इङ्ल्याण्डबाट आएकी त्यति कामुक सुन्दरीले मेरो दाहिने हात समातेर उनीसँग नाँच्न जानको लागि मरिहत्ते गर्न थालिन । केहीबेर अगाडि नाट्यशालामा यिनीहरुसँग नाँच्न पाउँदा कति भाग्यमानी भइन्छ होला भनेर सोचिरहेको थिएँ । तर, जब मलाई अवसर मिल्यो । त्यतिबेला कहि नभएको लाज लागेर आउन थाल्यो ।
बर्षायामको आकाशमा बादल गर्जेझै गरेर मिराजबारको सिलिङमा असि र नब्बे दशकका गीतहरु गर्जिरहेका थिएँ । भ–ुमध्येसागरमा आएर पनि जाबो के लजाइ रहने है भनेर ढुकढुक गरिरहेको मेरो मुटुलाई एकचोटी छामे, अनि बेस्सरी आँट कसेर तिनै युबतीसँग नाँच्न तम्सें ।
तर, सबैभन्दा पहिले एक सिरिप ककटेल पिएँ, र गिलासलाई राखिछाडें । त्यसै त ‘एसेक्स’ भन्ने बितिक्कै कामोतेजक महिलाहरुको राजधानी भनेर बेलायतमा दुर्नाम कमाएको स्थान थियो । अब त्यति कामोतेजक युबतीले मरिगए मेरो हात छाडनेवाला छैन भनेर मैले भित्रभित्रै चाँल पाइसकेको थिएँ । त्यसैले, अबसरको फाइदा उँठाउदै उनको हात कस्सेर समाए र नाँच्नको लागि फुर्तिको साथ नृत्यस्थलमा पुगिहालें ।
जब हामी नृत्यस्थलमा पुग्यौ । उनको एउटा हातले मेरा कम्मरलाई च्याप्प समातिन । र, अर्को हात मेरो काँधमा आराम गराईहालिन । त्यसपछि, बेस्सरी हल्लिदै उनी नाँच्न सुरु गरिन । उनीहरुको मुख्य व्यवसाय नै यात्रुहरुलाई भरिपुर्ण मनोरञ्जन दिलाउनु थियो । म पनि के कमि हुने भन्दै, ठेक्कै उनको नक्कल गर्न सुरु गरिहालें ।
तर, त्यति राँपिलो शरीरको तापले मलाई एकैछिनमा पसिना छुटन थाल्यो । मेरो शरीर उनको अर्धनग्न शरीरसँग निक्कै लामो समयसम्म टाँसिरहँदा मलाई हल्का अफ्ठ्यारो महसुस हुन थाल्यो । निर्दोष ताराको यादले मेरो बायाँ छातीमा कताकता च्वास्स पोलेको अनुभुति भयो । म आफ्नो जीवन सङ्गिनीसंग बिसौं बैबाहिक बार्सिकोत्सब मनाउन पानीजहाजमा पुगेका थिएँ ।
अचानक बाटोमा भेटिएकी अप्सरा ‘एसेक्स गर्ल’ सँग किन यो दुस्कर्म गरिरहेको छु, भन्ने सम्झेर थोरै आत्मग्लानी भयो । ‘साम ! मलाई नाँच्ने अवसर प्रदान गरेकोमा धेरैै धन्यबाद छ,’ भन्दै बिस्तारै उनको हातहरु मेरो शरीरबाट पन्छाइदिएँ । र, उनको बहुपासदेखि मुक्त हुँदै नृत्यस्थलबाट सरासर बाहिर निस्कें । र नबोलि कोठामा गएर आराम गरे ।
भोलि बिहान उठने बितिक्कै तारा श्रृँगारपट्टारमा ब्यस्त रहिन । म एक्लै दशौ तलामा रहेको खाजा खाने रेस्टुँरामा पुगिसकेको थिएँ । म त्यहाँ पुग्दा यात्रुहरुको उपस्थित एकदम पातलो थियो । तर, बेयरा र भान्सेहरुको भीड निक्कै बाक्लो देखे । सुस्तरी हिडदै एकजना गोरी तथा अग्ली चिनियाँ भान्सेको नजिकै पुगें । मलाई चिनियाँ झै मानेर उनले ‘नि हाउ’ भनिन । मैले प्रति उत्तरमा ‘नि हाउ, व श निपुअर रन’ अथवा, ‘हेल्लो ! म त नेपाली हुँ,’ भनेपछी उनी झसङ्ग भइन । त्यसपछि, एक अर्कामा हाम्रो छोटो परिचय भयो । उनको नाम लिना वङ र सिचुँवान प्रान्तदेखि आएकी रहेछिन ।
मैल अम्लेट बनाउन तिनै भान्सेलाई हल्का अनुरोध गरें । ‘भई हाल्छनी, बरु तपाईलाई के के मनपर्छ कुन्नि ?’ भन्दै एकहातले डाँडु र अर्को हातमा सानो प्लेट उचालेर मलाई खुशी हुँदै सोधिन । मैले हातले घोचेर टेबलमा सजाइएका च्याँउ, हाम, जैतुन, हरियो खुर्सानी, प्याज र गोलभेडा सबैथोक मिसाएर बनाउन अनुरोध गरे । भने अनुसार उनले एकैछिनमा एउटा अम्लेट तयार गरिन । पिरो मनपर्छ भने, सिचुँवान सस पनि थपि दिन्छु भन्दा मैले थोरै डर मान्दै चाहिदैन भने ।
निख्खर सेतोटोपी पहिरन गरेकी तिनै ‘ब्युटी क्वीन’ चिनियाँ भान्सेले पकाएकी एउटा अम्लेट लिएर म जहाजको बार्दलीमा निस्कें । अनि दशौं तलाको तिनै बार्दलीदेखी आजासियो, कोर्शिका नियाल्दै खाजा खान थालें । साच्चै ! त्यहाँदेखि देखिएको कोर्शिकाको बिहानीको दृश्य अति रमणीय थियो । केहिबेरमा जमैकाकी एकजना काली बेयराले ‘चिया कि कफि ?’ भन्दै मेरो सामु खडा भइन । मैले उनको अनुहारलाई एकझलक नियाली हेरें । तिनै अनुहारको प्रतिबिम्व सम्झनाको लागि, ‘कृपया ! कालो कफि दिनुहोला ?’ भने ।
श्यामल बर्णकी कागखुट्टी कालीले एककप कालो कफी टेबलमा थपक्कै राखेर गइन । अब अरु कोहि नभएपछि मैले प्रयोग गरेको काँटा र छुरीको आवाज बाहेक टेबलमा एकछिन स्तब्धताले छाई रह्यो । केहिबेरमा ठुल्ठुला किस्तीमा केक बोकेर ‘तागालोक’ भाषामा गीत गाउँदै दुईजना फिलिपिनो युबतीहरुले मेरो नजिकै उपस्थिति जनाएँ । उनीहरुले बोकेर हिडेका केकलाई देख्ने बितिक्कै एकाबिहानै शरीरमा के चिनीको मात्रा थप्ने होला भनेर म हतार बिपरित दिशातिर फर्किहालें ।
‘महाशय ! एउटा केक चाख्नुहोस् है ?’ भन्दै मेरो दायाँ कानको जाली फुटनेगरी एउटी युबतीले कराईन । एउटा ‘वेल्स केक’ थमाउनको लागि उनले मरिहत्ते गरेकी देखेर एकछिन धर्मसंकटमा परिरहें । राम्री युबतीको अनुरोधलाई त्यति बिहानै किन अस्वीकार गर्ने होला भनेर, ‘हवस,’ सम्म भनिदिएँ ।
युबतीहरु मेरो टेबलदेखि बिलय भएपछि, म एक्लै भएँ । धेरैजसो बेलायती यात्रुहरु सातौं तलाका मिराज भोजनालयमा बिहानीको खाजा खान गएका थिएँ । त्यसैले दशौंतलामा त्यति धेरै भिडभाँड देखिएका थिएनन् । तैपनि तारा कतै आईपुगि हाल्छिनकी भन्ठानेर बेलाबेलामा यताउता हेरिरहें । तर, त्यसबेलासम्म उनको छायाँको अत्तोपत्तो देखिएको थिएन ।
मैले कफि पिउने क्रममा टाउकोलाई यसो बायाँतर्फ घुमाएर कोर्शिका टापुलाई धेरै टाढासम्म एकाध हेरिरहें । त्यतिबेला ‘एल्बा’ दीपको क्षितिजदेखि तिरिरी घाम झुल्कन लागेका रमाईलो दृश्य देखा परिरहेको थियो । तिनै एल्बा दीपमा ‘मलाई असल आमा देउ, म तिमीलाई महान राष्ट्र दिन्छु,’ भन्ने बिचारका धनी नेपोलियन बोनापार्टलाई सन् १८१४ को ‘फोनटानब्लो’ सन्धिले फ्रान्सका सम्राटदेखि पदच्युत गरेर देश निकालाका सजाय पाउँदा एल्बा दीप पुरयाइएका बिरमाइलो क्षण त्यतिबेला सम्झीरहें ।
उनलाई बेलायती पानीजहाजका कप्तान थोमस उस्सरले ‘एचएमएस अन्डाउनटेड’ राखेर एल्बा दीप लगेका थिएँ । त्यहाँ पुरयाइएपछि, ‘भिल्ला अफ द मिल्स’ भन्ने घरमा राखिएका थिएँ । उनी एल्बा दीपमा छँदा उनको प्रथम श्रीमतीको निधन भएको थियो भने, दोश्रो श्रीमती र छोरा अष्ट्रियामा शरणार्थी जीवन बिताउन थालेका थिए । तिनै दुःखलाग्दो खबरहरुले छियाँ बनाएको हृदय लिएर दश महिनापछि एल्बादीपबाट उनी भाग्न सफल भएका थिएँ ।
एल्बा दीपको क्षितिजदेखि उदय भएको त्यति कलिलो सूर्यको प्रकाशले सामुन्द्रिक पानीका तरङ्हरुलाई थोरै थोरै जिस्क्याई रहेको जस्तो मलाई त्यतिबेला अनुभूति भइरह्यो । अझै सबैभन्दा रमाइलो त तिनै निलापानीका छाती माथी मलेवा र जल हाँसहरुले माछाको खोजी गर्दा खेलेको खेललाई देख्न सकिन्थ्यो । तर, समय समयमा तिनीहरुले समातेका माछाका दृश्य देख्दा प्रकृतिको नियम पनि मान्नैपर्ने जस्तो लागिरह्यो ।
समुन्द्रको पानीदेखी मेरो नजरलाई बिस्तारै घुमाएर सामुन्द्रिक किनारमा पुरयाएको थिएँ । त्यो सामुन्द्रिक किनारै किनार आँखाले देखिन्जेलसम्म एउटा लमतन्न गोरेटो देखाप¥यो । तिनै लामो गोरेटोमा स्वाभीमानी कोर्शिकन मानिसहरु दौडीरहेका देखिएका थिएँ । काठमाण्डौ, पोखरा र धरानमा हरेक बिहान उठने बितिक्कै पैसाको मात्रै कुरा गरिरहने असन्तुष्टि नेपालीहरुसँग तुलना गर्दा कोर्शिकाका मानिसहरु कति सुखि होला भन्ने मेरो मनमा निक्कै लामो समयसम्म लागिरहयो ।
त्यसदिन, म बिहान उठेर दशौ तलामा अबस्थित त्यो रेष्टुँरा पुग्न अगावै, हाम्रो पानीजहाज आजासियो बन्दरगाहमा रोकिसकेको भएतापनि हाम्रो बायाँपट्टि एउटा जर्मन पानीजहाज ‘आइदा क्रुज’ भर्खरै रोकिदै थिएँ । यसरी फ्रान्सको दक्षिणी सहर निसको अझै दक्षिणी भागमा रहेको ‘कोर्शिका टापु’ छुट्टी मनाउन आउने पर्यटकहरुको लागि ज्यादै प्रख्यात ठाँउ थियो । त्यसैले हरेक नयाँ बिहानीको उदयसँगै त्यहाँ पर्यटकहरु उदाउने गरेका थिएँ । त्यति आकर्षक प्राकृतिक भु–बनोट र सामुन्द्रिक तटले कोर्शिका टापुलाई भ–ुमध्ये सागरको ‘आइल्याण्ड अफ ब्युटी’ भन्ने उपाधि मिलिसकेको थियो ।
एक छिनपछि स्याँउ, सुन्तला, आँप र गोलभेडाको रसहरु डुलाई हिडेकी एकजना युबती मेरो सामु आइपुगिन । उनलाई देख्ने बितिक्कै, मलाई एक गिलास सुन्तलाको रस पिउने रहर अचानक भइहाल्यो । मैले सुन्तलाको रस मागेसँगै बालि, इन्डोनेसियादेखि आएकी तिनै बेयरासँग मेरो सामान्य परिचय भयो ।
तर, मलाई बेयराले दिएकी सुन्तलाको रसभन्दा पनि उनको शारीरिक रसमा झन कता कता मिठास देखिरहेको थिएँ । अनि त्यति मिठो उनको शारीरिक रससँग झुम्ने भाग्यमानी पुरुषको हुन्छ होला भनेर म केहिबेर चिन्तित बनिरहेको थिएँ । तर, हिजो रातिको मिराजबारको घटना सम्झेर म जस्तो जोइटिङ्ग्रे मर्दले लिएको जाबो त्यो मेरो चिन्ता ब्यर्थको जस्तो लाग्यो । ठीक त्यँहीबेला दुवै हातले टन्न खाजा राखेको किस्ती बोकेर पूर्णिमाको चन्द्रमा झै तारा मेरो अगाडि टुप्लुक्क झुल्किइन ।
तारालाई देख्ने बितिक्कै, तिनै बालिकी बैनीले कुर्सी तानेर उनलाई बस्ने स्थान बनाइ दिईन । ताराले धन्यबाद भनिन र थपक्कै कुर्सिमा बसिन । त्यसपछि अति सुन्दर शरीरकी धनि बालिकी बेयराले हामीदेखि बाटो तताई हालिन ।
‘बैनीसँगको गफमा मैले कतै बाधा त गरिन ?’ ताराले सुगुँर घोच्ने फलामे सुइरोलेझै तिखो प्रश्न गरेर मेरा बायाँ छातीमा प्रहार गरिन ।
निश्चय नै, ‘प्रश्न उठनु पनि सत्यको नजिक पुग्नु हो,’ जस्तो मलाई त्यतिबेला बोध भयो । उनी खाजा लिएर भर्खरै मेरो सामु आइपुगेकी थिइन । त्यसैले, के कुकुरभेट खाइभेट गर्ने भनेर केहि बोल्ने जमर्को गरिन । बरु चुपचाप कफि पिउँदै सामुन्द्रिक ज्वारभाँटा हेर्दै बसिरहें । तैपनि आफुभन्दा राम्री देखेपछि पुरुषको बस नियन्त्रण गर्न उटफट्याङ कुरो गर्न हरेक स्त्रीको चरित्रभित्र पर्दछ कि, भन्ने मेरो मनमा त्यतिबेला लागिरहेको थियो ।
ताराले केहिबेरमा खाजा खाई सकिन । त्यसपछि, हामी पानीजहाजदेखि बाहिर निस्क्यौं । जहाजको मुख्य ढोका ‘ग्याङ्ग वे’ देखी बाहिर एउटा खेलौना रेलले यात्रुहरुको प्रतिक्षा गरिरहेको थियो । जब रेलमा यात्रुहरु पुर्णरुपले भरियो । त्यसपछि, हामी सिधै नेपोलियन बोनापार्टको जन्मघर (सङ्ग्राहलय) तर्फ लाग्यौं । नभन्दै हामीलाई उनको जन्मघर पुग्न त्यति धेरैसमय खर्च गर्नपरेन ।
कार्लो बोनापार्ट र लेटजिय रामोलिना बोनापार्टकी चौथो सन्तानको रुपमा नेपोलियन बोनापार्ट १५ अगष्ट १७६९ मा तिनै घरमा जन्मेका थिएँ । कार्लो बोनापार्टले मृत्युबरण भएको आफ्नो जेठो छोरो नेपोलियनको यादमा उनको नाम पनि नेपोलियन नै राखिदिएका थिएँ ।
जोशेफ र नेपोलियन मात्र तत्कालिन समयमा जीवित भएको हुनाले कसैले सम्राट नेपोलियनलाई दोश्रो सन्तानको रुपमा मान्ने गरेका थिएँ । उनी जन्मेको घरभित्र पसेर नक्कल गरेर बनाइएका उनका बिस्तारा र टेबल कुर्सिहरुलाई केहीबेर नजर लगाई सकेपछि पुनः हामी घरदेखि बाहिर निस्कियौं ।
त्यहाँबाट निस्केपछि, सुस्तरी हिडदै ‘डाइमण्ड स्क्वायर’ मा पुगेका थियौं । तिनै ठाँउमा लिटल कर्पोरल उपाधि पाएका नेपोलियनका चार जना दाजुभाईहरुको सालिक रहेका थिएँ । डाइमण्ड स्क्वायर देखि केहिबेर हिडेर हामी उकाली चढ्यौ । र, माथि डाँडामा पुगेका थियौं । जहाँ डाँडै ढाक्ने गरेर नेपोलियन बोनापार्टका बिशाल सालिक निर्माण गरिएका थिएँ । अनि उनको शालिकको मुनि भित्तामा उनले वीरता र कौशलता प्रदर्शन गरेका महान युद्धहरुको नाम लेखिएर राखिएका थिएँ ।
शालिकको मुनिरहेका अक्षरहरु पढिरहदा, मरिया नाम बताउने एकजना कोर्शिकाकी महिलासँग मेरो अचानक भेट भयो । उनैले, ‘इतिहास बिजय गर्नेहरुबाट मात्र लेखिन्छ,’ भन्ने बिचारका धनी एबं युद्धकौशल नेपोलियनले जम्मा ७० वटा युद्धहरु लडेका थियो । तर, दुर्भाग्यबस ती युद्धहरुमध्ये आँठवटा युद्धमा उनले साह्र्रै नराम्रोसँग पराजय भोग्नुपरेको थियो । सम्भवतः मानवजीवनको इतिहासमा अलेक्जान्डर महान र गेङ्गिस खानपछिको सबैभन्दा बहादुर योद्धा तिनै ‘लिटिल कर्पोरल’ थिएँ होला ? भन्दै मरिया हामीसँग बिदा भइन ।
हामी त्यहाँबाट थोरै हिडेर अलिक मुनि सामुन्द्रिक तटतर्फ गयौं । कोर्शिकामा भएको बाटोघाटो, खोलानाला, पार्टीपौवा, बिद्यालय र महाबिद्यालयहरु सबैको नाम नेपोलियनसँग जोडिएका थिएँ । जसले गर्दा घरीघरी हामीलाई कोर्शिकाको नक्सा पढन पनि अफ्ठ्यारो भइरहेको थियो ।
‘असम्भव भन्ने शब्द केवल मुर्खहरुको शब्दकोषमा मात्रै हुन्छ ।’ भन्ने नेपोलियनको जिन्दगीमा सबैभन्दा ठुलो क्षति रुस माथिको आक्रमणमा भएको थियो । सैनिक रणनीतिकार नेपोलियनले सन् १८१२ मा छ लाख सिपाहीहरु लिएर रुसको राजधानी मस्कोलाई आक्रमण गरेका थिएँ ।
रुस युद्धमा पराजय खेपेर फर्कदै पोल्याण्डको गाडन्स्क आइपुग्दा उनीसँग जम्मा ४० हजार सैनिक मात्रै बाँचेका थिएँ । तिनै बाँच्ने भाग्यमानी सैनिक मध्ये नेपोलियनको चिकित्सक डाक्टर जिन जर्ज हाफनर पनि थिएँ । केहिबर्ष अगाडि म गाडन्स्क, पोल्याण्ड पुग्दा डाक्टर हाफनरले सपोर्टमा खोलेको ‘स्पा’ पनि पुगेको थिए । डाक्टर हाफनरले रुस युद्धदेखि फर्कदा नेपोलियनको साथ छाडेर पोलिस केटी रेगिना क्यारोलिनासँग बिबाह गठबन्धनमा बाँधिएर शेष जीवन त्यतै बिताएका थिएँ ।
एल्बा दीपबाट भागेर आएपछि नेपोलियनले फ्रान्समा दोश्रो पटक शासन गर्न थालेका थिए । तर, डब्लिन, आयरल्याण्डमा जन्मेका आर्थर वेल्सली (ड्युक अफ वेलिङ्टन) ले नेतृत्व गरेको ‘वाटरलु युद्ध’ मा स्तन्त्रता, समानता र बन्धुत्वको नारा दिएर हिडेका नेपोलियनलाई पराजय गरेपछी पक्राउ गरें । उनलाई पक्रेपछि निर्वासन जीवन यापनको लागि सन् १८१५ मा सेन्ट हेलेना दीपमा लगेर राखियो ।
‘जबसम्म तिम्रो पखेटा फिजाउँदैनौ, तिमीलाई थाह हुदैन, कि तिमी कति टाढा उडन सक्छौ ।’ भन्ने बिचार लिएका नेपोलियनले छ बर्षसम्म सेन्ट हेलेना दीपमा एकल जिन्दगी बिताएका थिएँ ।
अन्ततः जिरो देखि नायक र नायक देखी जिरोमा झरेका युरोपको महान योद्ध नेपोलियन बोनापार्टले ५ मे १८२१ मा अन्तिम चोटी सास फेरेका थिएँ ।
तर, आन्द्राका क्यान्सरदेखि पीडित, ‘लिटिल कर्पोरल’ को मृत्यु अहिलेसम्म बिबादस्पद नै रहेका छन् ।