विकासप्रेमि नेता संग्रामसिं राईको निधन

भोजपुर । विकासप्रेमि तथा जिल्लाकै जनप्रिय नेताका रुपमा परिचित संग्रामसिं राईको ८० बर्षको उमेरमा निधन भएको छ । सोमबार काठमाडौंस्थित उनको निवासमा दुखद निधन भएको हो ।

 

उच्चरक्तचाप र मधुमेह रोगबाट पीडित राई विगत केही समयदेखि स्वास्थ्य समस्याको कारण काठमाडौंमा बस्दै आएका थिए । राई तत्कालीन पञ्चायतकाल र बहुदलीय व्यवस्थामा समेत गरी ५ पटक जिल्ला विकास समिति भोजपुरको सभापति बनेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्र्टी नेपालमा आवद्ध राई जिल्लाकै विकासप्रेमी नेताको रुपमा परिचित छन । उनी तत्कालीन पञ्चायतकालीन समयमा मन्त्री बनेको भोजपुरको विकासप्रेमी नेता ध्यानबहादुर राईको छोरा हुन ।

 

ध्यानबहादुर राईको पालामा भोजपुरमा विमानस्थलको निमार्ण, विद्युत र टेलिफोनको विस्तार भएको थियो । उनका पिता ध्यानबहादुर राईले चलाएको विकास अभियानलाई भोजपुरका जनताले विशेष स्मरण गर्छन । ध्यानबहादुर राईले चलाएको विकास अभियानलाई संग्रामसिं राईले निरन्तरता दिएका थिए ।

 

जनतालाई समस्या पर्दा राजनीतिक पुर्वाग्रह नराखी सहयोग गर्ने नेता संग्रामसिं राईलाई भोजपुरे जनताले विशेष सम्मान गर्छ ।
उनलाई धेरैले जनताको असल सेवकको रुपमा चित्रित गर्ने गर्छन । समस्या परेका जो कोहीलाई पनि सहयोग गर्ने गरेको स्मरण भोजपुर जरायोटारका रामबहादुर थापा गर्छन । संग्रामसिं राई जतिको विकासप्रेमि नेता अहिले सम्म जन्मेको छैन । उनले भने ‘कर्मचारी प्रशासनलाई थर्काएर भएपनि जनताको काम गर्थे । अहिलेका नेतालाई त कर्मचारीले एकछेउ पनि टेर्दैन र काम पनि गर्न सक्दैन’

पछिल्लो समयमा राजनीतिमा क्रियाशिल नभएपनि भोजपुरको जनताले उनलाई विशेष सम्मान गर्थे । अहिलेका राजनीतिक दलका नेता कार्यकर्ताले उनलाई आदर्श जनताको नेताको रुपमा आदर सम्मान गर्ने गरेका छन ।

कर्मचारी प्रशासनलाई थर्काएर काम गराउने सक्ने नेता राईलाई सबैले बाघको रुपमा चित्रण समेत गर्थे । नियम कानुनको कुरा गरेर काम गर्न नमान्ने कर्मचारी प्रशासन समेत उनीसंग डराउथे । त्यसैले अन्य राजनीतिक दलका नेता कार्यकर्ता पनि समस्या परे उनी कहाँ जान्थे ।
जिल्लाका कम्युनिष्ट नेता कृष्ण साङपाङ पनि राईलाई बाघको रुपमा चित्रण गर्छन । संग्रामसिं राईको नाम लिनुको वित्तिकै जो कोही मान्छे पनि थर्किन्थे । उनी जतिका नेता अहिले सम्म कोही छैन ।

राईको निधानप्रति धेरै विशिष्ठ व्यक्तिहरुले दुख व्यक्त गरेको छ । एक असल विकासप्रेमी नेताको अन्त्य भएको भन्दै उनको स्मरण गरे

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार