आमा बन्दै ‘भद्रगोल’की रक्षा !

टेलसिरियल भद्रगोल , सक्कीगो नीकी कलाकार रक्षा श्रेष्ठ आमा बन्दै छिन् । लामो समय देखि कलाकारितामा व्यस्त भएकी रक्षा गर्भवती भएकै कारण केही समय कलाकारिताबाट ब्रेक लिने बुझिएको छ ।

 

हालै एक युट्युव अन्तरवार्तामा सक्कीगो नी टिमका कलाकारले रक्षा आमा बन्न लागेको कुरा खुलाएका हुन् । उनी गर्भवती भएको कारण सक्कीगो नीको अबको भागमा रक्षा नहुने पनि बताइएको छ ।

 

भद्रगोल देखि सक्कीगो नी सम्म आउदा रक्षा र जिग्रीको जोडीलाई दर्शकले निकै रुचाएका थिए । त्यस्तै रक्षा पछिल्लो समय म्युजिक भिडियोमा पनि निकै व्यस्त छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार