
लण्डन । मंगलबारदेखि बेलायतमा भएको तेस्रो चरणको देशव्यापी लकडाउनले जनजीवनलाई थप प्रभावित बनाएको छ । कोरोनाभाइरसको संक्रमण दिनानुलिन फैलदै गएपछि सरकारले थप कडाई गर्दै देशलाई नै अनिश्चिकालीन लकाउन गरेपछि बेलायतको जनजीवन थप प्रभावित बनेको हो ।
प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार राती घोषणा अनिश्चितकालीन देशव्यापी लकडाउन घोषणा गरेपछि लकडाउन कहिलेसम्म हो भन्ने यकिन हुन सकेको छैन । प्रधानमन्त्री जोन्सनले मध्ये फेब्रअरीसम्म कायम रहने अनुमान गरिएको लकडाउन अनिश्चिकालीनसम्म चल्ने भएको छ । लण्डन । मंगलबारदेखि इंग्ल्याण्डमा तेस्रो चरणको देश्व्यापी लकडाउन लागू भएको छ । यसअघि मार्च २३ देखि तीन महिना र नोभेम्बर ५ देखि ४ हप्तासम्म दुईपटक लकडाउन गरिसकेको छ ।
इंग्ल्याण्डमा तेस्रो लकडाउन शुरु भएकै दिन स्कटल्यान्डमा पनि नयाँ लकडाउन लागू भएको छ भने वेल्स र नर्दन आयरल्यान्ड पनि अहिले लकडाउनमै छन् ।
बेलायतमा लकडाउन घोषणासंगै ‘किवर्कर’ र कन्सट्रक्सनमा काम गर्ने कामदारबाहेक अरुलाई घरैबाट काम गर्न आव्हान गरिएको छ । सर्वसाधारणलाई काममा जाँदाबाहेक खाद्यान्न र औषधी, किनमेल, दिनको एकपटक शारीरिक अभ्यास, जोखिम मानिसको रेखदेख, औषधोपचार वा कोभिड परीक्षण जस्ता अत्यावश्यक कामका लागि मात्रै घरबाहिर निस्किन दिइएको छ ।
लकडाउनका बेला देशभर नै अत्यावश्यकबाहेकका सबै पसल बन्द रहने भएका छन् । रेष्टुरेन्ट, क्याफेहरु टेकवे र डेलिभरीमा मात्रै सीमित गरेका छन । अत्यावश्यकीय सामग्री बाहेकका सबै रिटेल, हेयर ड्रेसर, ब्युटी पार्लर, जीमखाना, स्कुल, कलेज पनि बन्द गरिएको छ ।
सरकारको निर्देशिकाअनुसार लकडाउनका बेला कपडा पसल, होमवेयर स्टोरहरू, सवारी शोरूमहरू (भाडाका लागि बाहेक), वेटिङ शपहरु, टेलरहरू, सुर्तीजन्य पदार्थ र भेप पसल, इलेक्ट्रोनिक सामानहरू र मोबाइल फोन पसलहरू, अक्सन हाउसहरु (पशुपालन वा कृषि उपकरणहरूको लिलामी बाहेक) र अत्यावश्यक बाहेकका सामग्री बेच्ने बजारका स्टलहरू बन्द गरिएको छ ।

लकडाउनमा सुपरमार्केट, औषधी पसल, गार्डेन सेन्टर, निर्माण व्यवसाय र निर्माण उत्पादनका पसल, अत्यावश्यकीय खुद्रा बिक्री गर्ने बजार स्टल, मर्मत सेवा, पेट्रोल स्टेसन, कार धुने ठाउँ, सवारी मर्मत, साइकल पसल, ट्याक्सी र गाडी भाडा व्यवसाय, बैंक र बिल्डिङ सोसाइटी, हुलाक सेवा, फ्यूनेरल (अन्तिम संस्कार) डाइरेक्टर, लन्ड्री र ड्राइ क्लिनर, मेडिकल र डेन्टल सेवा, भेटेनरी पसल, पशु उद्धार केन्द्र, कृषि र आपूर्ति पसल, भण्डारण र वितरण सेवा, कार पार्क, सार्वजनिक शौचालय, मोटरवे सर्भिस एरिया, आउटडोर खेल मैदान र गल्फ कोर्स खुल्ला रहने छ ।
बेलायतमा कोरोनाभाइरस प्रत्येक २४ घण्टामा ५० हजार भन्दा माथि संक्रमित भइरहेको छ । तीव्र बढिरहेको संक्रमण रेकर्डलाई दैनिक संक्रमितको उच्च रेकर्ड तोडने गरेको छ । यससंगै बेलायतमा कोरोना संक्रमित हुनेको जम्मा संख्या २६ लाखभन्दा बढि रहेको छ भने संक्रमणपछि मृत्यु हुनेहरु ७७ हजार माथि रहेका छन् ।
थप जोखिमलाई नियन्त्रण गर्नका लागि बेलायत सरकारले लकडाउन विधि अवलम्बन गरेको हो । कोरोनाभाइरसको संक्रमणले ठुलो संख्यामा व्यवसायहरु बन्द भएको छ भने बाँकी हुने क्रममा छ । व्यापार व्यवसाय बन्द हुन थालेपछि धेरै मानिसहरु बेरोजगार भएका छन । धेरै मानिसहरु बेरोजगार भएर घरैमा बसेका छन ।








