रुखले किचेर घटनास्थलमै मृत्यु

  सिलिचुङ सम्बाददाता

भोजपुर । रुख ढाल्ने क्रममा रुखले किचिएर एकको घटनास्थलमै ज्यान गएको छ । अरुण गाउँपालिका ४, चरम्बीस्थित उत्तीसको रुख ढाल्ने क्रममा रुखले किचिएर स्थानीय ५७ वर्षीय नन्द प्रसाद ढकालको मृत्यू भएको हो ।
रुखले किचेर उनको घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विहिबार दिउसो घर नजिकैको जंगलमा उतिसको रुख ढाल्ने क्रममा ढकाललाई रुखले किचेको थियो । मृतक ढकालको शव पोष्टमार्टम जिल्ला अस्पताल भोजपुर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्पेक्टर प्रदिप लामाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार