ओलीको प्रतिगामी कदमको भत्र्सना गर्दै अनेम महासंघको संयुक्त विरोध जुलुस

  सिलिचुङ सम्बाददाता

अनेम महासंघ र अनेम महासंघ (क्रान्तिकारी)ले निकालेको संयुक्त विरोध जुलुस । तश्विर, प्रदिपचन्द्र

 

भोजपुर । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको संसद विघटनको विरोध गर्दै अखिल नेपाल महिला महासंघ र अखिल नेपाल महिला महासंघ (क्रान्तिकारी) भोजपुरले संयुक्त विरोध जुलुस निकालेका छन् । ओलीको प्रतिगामी कदमको भत्र्सना गर्दै उनीहरुले भोजपुर सदरमुकाममा विरोध प्रदर्शन गरेका हुन् ।
प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कारको विरुद्ध नाराबाजी गर्दै महासंघले संयुक्त विरोध जुलुस निकालेको थियो । कोणसभालाई सम्बोधन गर्दै अनेम महासंघ भोजपुरकी अध्यक्ष ईन्द्रावती राईले ओलीको असंवैधानिक कदमसंगै महिला दिदीबहिनीहरुमाथि जघन्य अपराध दिनानुदिन बढिरहँदा पनि सरकार मौन रहेको भन्दै सरकारको आलोचना गरिन् ।
यस्तै विरोध जुलुस कार्यक्रममा अनेम महासंघ (क्रान्तिकारी) भोजपुरकी अध्यक्ष अनिषा खड्काले पनि ओली सरकारको चर्को आलोचना गर्दै ओलीले विघटन गरेको संसद पुर्नः स्थापना गरिनुपर्ने बताईन् । आईतबार निकालिएको जुलुस सदरमुकामको चारभञ्ज्याङमा आएर कोणसभामा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार