संसद पुर्नस्थापनाकाे आंशिक प्रभाव नेप्सेमा, उतार चढावकाबीच बढ्यो नेप्से

काठमाडौं। साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक (नप्से) उतार चढाव हुँदै अन्तिम समयमा बढेको छ। बजार खुलेसँगै घटेको सेयर बजार अन्तिम समयमा आएर १२ दशमलव ५६ अंकले बढेको हो। यो सँगै नेप्से परिसूचक २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ।

 

बुधबार २ सय ४ सय कम्पनीको १ करोड ६७ लाख २६ हजार ४ सय ७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार भन्दा धेरै रकमको कारोबार भयो।

 

बुधबार हाइडा«ेपावर र अन्य समूहका सेयर बाहेक सबै समूहका सेयरमा हरियाली छायो।

बुधबार सबैभन्दा धेरै आइएमइ जनरल इन्सोरेन्स, नेपाल फाइन्यान्स कम्पनी र चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।

 

यस्तै सबैभन्दा धेरै गुमाउनेमा नेपाल इन्फ्रास्टक्चर बैंकका लगानीकर्ताले करिव साढे ५ प्रतिशत गुमाएका छन्।

 

संसद पुर्नस्थापना भएसँगै सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको थियो। त्यसको सामान्य प्रभाव सेयर बजारमा पनि परेको जानकारहरु बताउँछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार