“बार्तामा गोर्खा भूतपूर्व सैनिक संघ गेसोको सहभागिता हुनुपर्छ”

बेलायती सेनामा कार्यरत ब्रिटिस गोर्खा सैनिकको इतिहास २ सय ६ बर्ष लामो छ । ब्रिटिस गोर्खा सैनिकमा आवद्ध रहेर नेपाली युवाहरुले पहिलो र दोस्रो विश्व युद्ध लगायत थुप्रै युद्धहरु बहादुरीपुर्वक र कौशलपूर्वक लडेको इतिहास छ । बेलायतको राष्ट्र र राष्ट्रियता रक्षाका लागि लडेको तीनै गोर्खाहरुमाथि भएको विभेद भने कहालीलाग्दो छ । युद्धमा मृत्यू भएका गोर्खाहरुको कुनै लेखाजोखा र युद्धमा मारिएकाहरुको क्षतिपूर्ति पनि बेलायतले दिएनन् । लामो समयदेखि भएको विभेद अहिलेसम्म कायमै छ । समानताको माग गर्दै गोर्खाहरुले आन्दोलन गरेको तीन दशक बढि वितिसक्यो । आंशिक रुपमा उपलब्धी पाएका गोर्खाहरुको समस्या समाधानका लागि बेलायत, नेपाल सरकार र आन्दोलनरत गोर्खाहरुको प्रतिनिधिवीच त्रिपक्षीय बार्ताको तयारी भईरहेको छ । उक्त त्रिपक्षीय बार्ताले गोर्खाहरुको समस्या समाधान विश्वास गरिएको छ । यही बार्ताको तयारी र अवस्थाबारे गोर्खाहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईसंग सिलिचुङ डटकमका लागि किरण राईले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

 

तपाई गोर्खा भूतपूर्व सैनिकहरुको पुरानो अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)को सभापति हुनुहुन्छ । गोर्खाहरुको बिषयमा त्रिपक्षीय बार्ता हुने भनिएको थियो । तर हालसम्म भएको छैन । बार्ताको अवस्था कस्तो छ ?

 

अहिले बार्ता एकदमै राम्रो अवस्थामा आईपुगेको छ । म नेपालदेखि आएको दुई हप्ताजस्तो भइसक्यो । नेपालमा गोर्खा सत्याग्रहका संयोजक कृष्णबहादुर राई पनि हुनुहुन्थ्यो । गेसो र सत्याग्रह संस्थावीचमा हाम्रो कार्यगत एकता २८ मार्च २०१७ मा गेसो केन्द्रीय कार्यालय अल्डरसर्टमा भएको थियो । नेपालमा त्यसलाई पुर्नजीवन दिदै अझ व्यवहारिक, सामाजिक र अझ विश्वासिलो रुपमा कार्यगत एकतालाई जीवन्त दिने कुरामा सहमत भयौं । नेतृत्व तहदेखि समिति तहहरुमा पनि सहमति र सहकार्य गर्ने तहमा पुग्यौं । सबै खुशीका साथ दुवै जनाले नेपालमा संयुक्त रुपमा काम गरियौं । पराष्ट्र मन्त्रीलाई भेटन पनि संयुक्त रुपमा गयौं । संयुक्त रुपमा नै आफ्ना कुराहरु राख्यौं । ज्ञापनपत्रहरु संयुक्त रुपमा नै बुझायौं । पुर्व राजदुतहरुसंग पनि सामुहिक रुपमा भेट भयो । हिजो भएको कुराहरुलाई कसरी अगाडी बढाउने भनेर आवश्यक सल्लाहहरु लिने काम भयो । उहाँहरुले पनि यत्तिबेला हामीले गरेर जानुपर्ने अति नै सान्दर्भिक महत्वपूर्ण सुझावहरु दिनु भयो । नवनियुक्त राजदु्त ज्ञानचन्द्र आचार्यले पनि पराराष्ट्र मन्त्रालयमा सामुहिक भेट दिनुभयो । हामीले सामुहिक रुपमा संस्था संस्थाको मात्रै कुरा नभएर समग्र भूपूहरुको कल्याणका लागि एकैसाथ एउटै आवाजमा अव गरिने कामहरुमा नयाँ राजदुत बेलायत गईसकेपछि वार्ताहरुको बारेमा समयहरुको आँकलन गरियो । अझ यसलाई जनमानसमा विश्वासमा लिन व्यवहारिक बनाउन दुवै जना एउटै फ्लाइटमा बेलायत आयौं । यहाँ एक किसिमले हिजो भएको कार्यगत एकता नभईरहेको भन्ने जनमानसमा लागिरहेको अवस्थामा त्यसो होइन, हामी एकैसाथ छौं । केही कुराहरुमा कमी कमजोरी रह्यो होला । अव त्यसलाई विगतमा भएको तिक्ततालाई भुलेर सामुहिक रुपमा अगाडी जानुपर्छ भनेर संगै आयौं । हाम्रो पटक पटक सामुहिक रुपमा कुराकानी भइरहेको छ । र नेतृत्व वीचमा पनि कुराहरु भइरहेको छ । जुन कार्यगत एकता र सहकार्यलाई सशक्त अगाडी र व्यवहारिक रुपमा विश्वसिलो र व्यवहारिक रुपमा अगाडी बढाउनका लागि अन्य भूपूजन्य संस्थाहरुवीचमा पनि हामी एकठाउँमा नै छौं । अझ त्यसलाई त्यसलाई सशक्त बनाउन लागिरहेको अवस्था छ ।

 

फेव्रुअरीसम्ममा एकचरणको बार्ता हुने कुरा आएको थियो । के कारणले हालसम्म बार्ता नभएको होला ?

अत्यन्तै महत्वपुर्ण प्रश्न गर्नुभयो । वास्तवमा यो बार्ता डिसेम्बर २१ तारिखदेखि शुरु भएर मार्चको पहिलोदेखि दोस्रो सातासम्ममा अन्त भईसक्नुपर्ने हो । मार्चको अन्त्यसम्ममा मन्त्री स्तरमा हस्ताक्षर गरेर घोषणा हुनुपर्ने थियो । र अप्रिलदेखि लागु हुनुपर्ने भन्ने लिखित रुपमा नै नेपाल र बेलायत सरकारवीचमा पत्राचार भएको हो । तर के रह्यो भने नेपाल पनि अछुतो छैन । राजनीतिक उथलपुथलका कारण नेपाल सरकारले नयाँ राजदुत दिन विलम्ब ग¥यो । हामी वीचमा सम्बन्धित मान्छेहरुले पनि प्रतिनिधिहरुलाई स्वस्थ र स्र्फुत रुपमा अगाडी बढाउनका लागि केही बाधाहरु पनि आए । जसलाई सल्लाहको खातिर सल्लाह मात्रै हुने केही निर्णायक भएन । कसबाट भए त्यो भोली आउने नै छ । जुन तिथि मिति तोकिएको अनुसार हुनुपर्नेमा त्यस्ता कारणले हुन सकेन ।

 

अव बार्ता कुन मितिमा कसरी हुन्छ ?

यसलाई नेपालमा हामीले नयाँ राजदुतलाई भेटदा उहाँले भन्नुहुन्थ्यो म बेलायत आइसकेपछि चाडै नै अगाडी बढछ । त्यो भन्दा अगाडी तपाईहरुसंग मेरो कुराकानी हुन्छ । जो तपाईहरु निर्देशक कमिटि भनेर गठन हुनुभएको छ । त्यहाँ रहेका निर्देशक कमिटिसंग हामी छलफल गर्छौं । छलफल भईसकेपछि त्यसको वीचमा रानीलाई मैले भेटिसकेपछि मैले आफ्नो आधिकारिक रुपमा कार्यभार मैले लिनुपर्ने हुन्छ । त्यसपछि मितिहरु तोकेर हामी अगाडी बढछौं । विशेष गरेर यसमा मेरो प्राथमिकता नै गोर्खाजहरुको मुद्दालाई सम्पन्न गर्नुछ । त्यसमा सबै एकमत हुनुप¥यो । त्यसमा तपाईहरुले साथ दिनुप¥यो भनेर एकखालको कुरा भएको हो । तर मिति ठ्याक्कै यतिबेला नै भन्ने निक्र्यौल भएको छैन । सायद चाडैं हुन्छ, भन्नेमा हामी आशावादी छौं ।

अहिले निर्देशक कमिटि र डेलिगेट्स भन्ने कुरा आएको छ । यी दुवैको भुमिका के हो ? यसले के काम गर्छ ?

 

तत्कालीन राजदुत लोकदर्शन रेग्मीले दुरदर्शिता हिसावमा निर्देशक कमिटि बनाउनु भएको हो । यसको महत्व प्रगाढ ढंगले बुझदैछौं । निर्देशक कमिटि भनेको गोर्खाहरुको नेतृत्व गर्दै सम्पुर्ण भूपू गोर्खाजन्यहरुको तर्फबाट नेतृत्वदायी भुमिका निर्वाह गर्दै बार्ता समितिबाट बसेको जुन प्रतिनिधिहरु जान्छ । त्यो बार्तामा केही समस्या उत्पन्न भएमा अथवा अझ बिषयबस्तुहरु थप गर्नुपर्ने भएमा फेरी पुनः निर्देशक कमिटिसंग बस्ने निर्देशक कमिटिमा बसिसकेपछि ती बिषय उपर छलफल गरेर त्यसलाई सहज ढंगले बार्तामा प्रस्तुत गर्नका लागि यसरी जाने भनेर भुमिका निर्वाह गर्नु निर्देशक कमिटि हो । त्यस अर्थमा निर्देशक कमिटि सम्पुर्ण गोर्खाहरुको भुमिका निर्वाह गर्दै र निर्देशक कमिटितर्फबाट गएर बार्तामा असहज हुन्छ । त्यस्तो अवस्थालाई सहजीकरण र सजिलो बनाउने भुमिका निर्देशक कमिटिले खेल्छ । अर्को रह्यो डेलिगेट्स भनेको जुन ३ सेप्टेम्बर २०२१ मा राजदुतले स्पष्ट रुपमा उहाँले भन्नुभएको छ । ५ जना अध्यक्ष भन्दा अरु मैले चिन्दिँन । जसमा ५ जना अध्यक्षहरु निर्देशक कमिटिमा रहने छ । र त्यसमा ८ तारिख बेलायतको रक्षा मन्त्री र भेट्रान मिनिस्टर आउदै गर्दा हामीले गोर्खाजहरुको तर्फबाट स्वागत गर्दै आफ्नो भेटघाट परिचयात्मक कार्यक्रम राखिएको हुनाले त्यसमा अनसन बस्ने तीन जना पनि डेलिगेट्सको रुपमा आउने भनेर राजदुतले भन्नुभयो । त्यत्ति भनिसकेपछि जो डेलिगेट्सको काम भनेको ८ तारिख एकदिने हुने भेटघाटका लागि मात्रै हो, त्यसबाहेक अरु भुमिका र काम कर्तव्य हुदैन भनेर राजदुतले स्पष्ट भन्नुभएको हो । निर्देशक कमिटि र डेलिगेट्सको कुनै अन्तरसम्बन्ध छैन । ८ तारिखका लागि हामी सबै गएका थियौं । त्यस दिनका लागि मात्रै डेलिगेट्स बनेको हो । त्यसबाहेकको डेलिगेट्सको भुमिका छैन ।

 

अव हुने बार्तामा गेसोको प्रतिनिधित्व रहन्छ की रहदैन ? तपाईहरुको सहभगिता रहनुपर्छ भन्ने छ की छैन ?

 

सामुहिक निर्णय र सामुहिक छलफलमा चल्ने हाम्रो प्रतिवद्धता छ । त्यही अनुसार बार्तामा जाने प्रतिनिधिहरु पनि सिफारिश हुनेछन । नेपाल सरकारले पनि यही चाहेको छ । निर्देशक कमिटिभित्र पर्नेबाट नै साझा सहमतिको आधारमा गरिन्छ । तर एउटा कुरा चही के हो भने गेसो पर्छ, कि पर्दैन भन्ने सवाल उठाउनुभयो । निश्चित रुपमा पनि गेसो बार्ता समितिभित्र पर्नुपर्छ । सामुहिक छलफलद्धारा पनि शिर्ष संस्था भएकोले गेसो अवश्य पर्नुपर्छ । किनभने गेसोले शुरुवातको चरणदेखि आन्दोलन उठाएर यहाँसम्म ल्याएको छ । पुराना, ठुलो र आन्दोलनको शुरुवात गरेर अहिलेसम्म अगाडी बढाइराखेको भएकोले पनि गेसो पर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । जिम्मेवारी संस्था भएकोले हाम्रो सहभागिताको निश्चय आवश्यकता छ । यसको हामी सामुहिक रुपमा निर्णय गरेर अघि बढछौं ।

 

अघि पनि सहकार्यको कुरा गर्नुभयो गेसो र सत्यग्रहवीच सहकार्य भयो भनेर बाहिर चर्चा पनि सुनिन्छ । यो कस्तो खालको सहकार्य हो ? सहकार्य कसरी अगाडी बढछ ?

 

२०१७ देखि नै हामी सबै भूपूजन्य संस्थाहरु सहकार्य र कार्यगत एकतामा छौं । जुन गेसो र सत्यग्रहवीचमा सामुहिक रुपमा अगाडी बढनुपर्छ भन्ने तथ्यमा पुगिसकेपछि अझ व्यवहारिक रुपमा र जनमानसमा विश्वास दिलाउनका लागि व्यवहारिक रुपमा विश्वास सिर्जना गर्न ५ वटा संस्था जुन निर्देशक कमिटिमा छौं । हामी सबै हातेमालो गरेर बढनुपर्छ । जुन मुलतः मानिसहरुले बाहिर देख्ने कुरा के रहेको थियो भने हिजो भएको सहमतिमा कसैले यदाकदा आफ्नै ढंगले चलेको हो कि भन्ने गेसो र सत्याग्रहवीचमा देखा परेको थियो । त्यो आफ्नो कार्यक्रम गर्दै गरेको अवस्थामा देखिएको अग्रेलो हो । तर हाम्रो उद्देश्य र गन्तब्य एउटै भएकाले मुलभुत रुपमा यो दुईवटा संस्था एकतामा आउनुपर्छ । त्यसपछि सबै संस्थाहरु एकैथलोमा आउनुपर्छ भन्ने मान्यताले हामी ५ वटा नै संस्थाहरु सहकार्य र एकतामा छौं । अव बढने कार्यहरुमा पनि सामुहिक सल्लाह र सहकार्यमा अगाडी बढने छौं । त्यसमा कुनै द्धिविधा छैन । सहकार्य र एकताको कुनै विकल्प छैन ।

 

अगाडी पनि सहकार्य गर्नुभएको थियो । अहिले पनि सहकार्य छ, भन्नुभएको छ । वीचमा सहकार्य तोडिएको जस्तो पनि देखियो । अव सहकार्य कहिले म्म जान्छ ? कुन उद्देश्य सहित सहकार्य गर्नुभयो ?

मलाई लाग्छ सहकार्य गर्नु भन्नु जति सजिलो छ । जुन आफ्नो संस्थाको विचार नीतिगत कुराहरु सिद्धान्त, सैद्धान्तिक कार्यक्रमहरु फरक फरक हुने भएकाले सायदै यसलाई विचार गर्नुपर्ने हुन्छ । मत चाहान्छु हामी भूपूजन्य संस्थाहरु भन्न नपरे हुने थियो । धेरै संस्था नभई एउटै संस्था भईदिए झनै राम्रो हुने थियो । तथापी जुन यो सहकार्य छ । यो सहकार्य निरन्तर रुपमा अगाडी बढनुपर्छ । मुलतः बार्ता सफल बनाउन अगाडी बढनुपर्छ । त्यसमा कुनै विकल्प नै छैन । भोली भविष्यमा एकीकृत रुपमा अगाडी बढाउनका लागि पनि हामी तयार हुनुपर्छ । गेसो जिम्मेवारी संस्था र जिम्मेवारी ढंगले भन्दा हामी सबै एक भएर जान पाइए राम्रो हुन्थ्यो भन्ने लक्ष्यका साथ अगाडी बढेका छौं । त्यो कारणले पनि तपाईले भनेजस्तो हामी कँही कतै त्यस्तो देखिन्छ भन्ने कुरामा हामी सहकार्यमा छौं भन्दैछौं । कँही कतै नमिले जस्तो अवस्था पनि छ । त्यसलाई हामी छलफल गरेर अवको दिनदेखि यस्तो काम पनि नहोस भन्ने अनुरोध र छलफल गछौं । र सहमतिमा आउँछौं ।

 

सहकार्य छ भनेर त भन्नुभयो तर गतिविधिहरु सम्पन्न गर्दा कुनै छनक देखिदैन नी ?

तपाईले सही भन्नुभयो । मैले पनि पढन पाँए । सुन्नमा आएको छ । बास्तवमा हामी वीचमा हामी आफैमा एउटा संस्था हो । संस्था भइसकेपछि जिम्मेवारी ढंगले बहस गर्नुपर्ने हुन्छ । सहकार्यलाई अझ मजवुत बनाउनका लागि हामी छलफलको क्रममा छौं । सायद उहाँहरुले जुन कार्यक्रम गर्नुभयो । भेटने काम स्वागत गर्ने काम अथवा मिडियामा बोल्ने काम जो हामीले बुझन भएन कि उहाँहरु सहकार्य भन्दा टाढा हुनुहुन्छ । हाम्रो कम्युनिकेशनको पनि कमी छ । हामीले यसलाई चाडै सही ढंगले कार्यगत एकतालाई मजबुत बनाउन सबै बसेर छलफलद्धारा निर्णयमा पुग्छौं । त्यो स्वाभाविक हो, हामी संगै बसेर छलफल गर्न नपाएकोले कम्युनिकेशनको ग्याप हुदै गर्दा सहमति र सहकार्य विपरित हो, भन्ने हाम्रो मनसाय होइन । उहाँहरुले त्यो गर्नुभयो त्यसमा केही छैन ।

अर्को कुरा भन्ने हो भने हामी सहकार्यको रटान गर्दै गर्दा हरेक काम संयुक्त रुपमा हुनुपर्ने संयुक्त रुपमा बोल्नुपर्ने संयुक्त रुपमा नै कार्यक्रमहरु हुनुपर्ने त्यो हुन सकिरहेको छैन । हामी चाँडो भन्दा चाँडो सहमतिमा पुगेर त्यो गर्ने छौं । जस्तो अहिले मलाई मिडियाकर्मी भएको नाताले तपाईहरुको धर्म निभाउनका लागि मसंग समय लिनुभयो । गेसोको सभापति भएकोले संस्थाको विचारहरु लिनुछ भनेर समय लिनुभयो । त्यसको लागि मैले अस्वीकार गर्न मिल्ने छैन । जसले पनि समय मागिसकेपछि मैले समय दिनुपर्ने हुन्छ । त्यस आधारमा मैले तपाईलाई अन्र्तवार्ता दिइरहेको छु । फेरी अन्य संस्थाहरुले बुझनुहुदैन कि कृष्णकुमार राई अन्र्तवार्ता दियो भनेर संशकित हुनुपर्ने कुरा केही पनि छैन । यो मेरो अन्र्तवार्ता गेसोको सभापति भएको हैसियत दिदै गर्दा अझ हाम्रो सहकार्य कार्यगत एकता र समझदारीलाई महत्वका साथ हामी बढाउनुपर्छ । झनै अझै बलियो बनाउनुपर्छ । हामी एकतामा जाँदैछौ । हामी एकतामा छौं, भन्ने सन्देशे सबैमा दिन चाहान्छु । अझ यो एकताको सन्देश दिनका लागि पनि हो । जुन सामुहिक, सहकार्य र एकताको कुरा गरिरहँदा मैले उपनियोग प्रमुख रोशन खनालसंग पनि बोलिसकेको अवस्था छ । मैले आफ्नै गेसोको तर्फबाट राजदुत भेटन आँउछु भन्दै गर्दा त्यो व्यवहारिक हुदैन । अहिले बिषम बार्ताको परिस्थिती छौं । सहकार्यमा छौं त्यो भएको हुनाले अखिर कुनै पनि संघसंस्थाले एक्ला एक्लै रुपमा भेटन चाहान्छ भने त्यो नगरी सामुहिक रुपमा नै भेटन चाहान्छौं भनेर उपनियोग प्रमुखलाई भनिसकेको अवस्था हो । त्यसले गर्दा मलाई आशा छ उहाँहरुले समय मिलाउदै हुनुहुन्छ ।

 

अव हुने बार्तामा कस्तो किसिमको गृहकार्य गर्दैहुन्छ । गृहकार्यको कुनै उदाहरण दिन सक्नुहुन्छ ?

 

उदाहरण भन्ने हो भने त्यस्ता धेरै उदाहरण छन । तर मुलभुत रुपमा सबैले बुझने भनेको हवाईकाण्ड हो । यो १९८६ सालमा घटेको घटना हो । जुन ७ जीआर हवाई आइल्यण्डमा अमेरिकी सैनिकसंग अभ्यास गर्न गएको थियो । जुनबेला एउटा गोरासंग घटना घट्यो । एउटा गोरालाई हाम्रो गोर्खाले हात लगायो वा त्यो गोराले हात लगायो । अथवा एक वा दुईसम्मले त्यो गोरालाई कुट्यो । दुईजनावीचको कुरा लिएर हाम्रो गोर्खाहरुलाई अन्यायपूर्ण १ सय ११ जना लाई फर्काइयो । नेपाल त फकाईयो । किन त फर्काइयो भन्ने हामीले जुन बार्तामा हाम्रो तर्फबाट सही ढंगले उत्तर दिन सकिएन भने हामी तल पछौं । बार्ता भनेको सम्झौता पनि हो । सम्झौता हामीले जति हामीले गराउन सक्छौं । गोर्खालाई अथवा नेपाललाई फाइदा हुने हो । जति उनीहरुले गराउन सक्छ हामी तल पर्ने हो । यसलाई मिहिन ढंगले होमवर्क र गृहकार्य नगरीकन हाम्रा बार्ता टोली र वार्ता कमिटिहरु प्रस्तुत नहुने हो भने हामी असफल हुन सक्छौं ।

त्यसकारण एकजना गोराका कारण १ सय ११ जना अन्यायपुर्ण रुपमा पठाइयो । त्यहाँ आफ्नो स्पस्टीकरण दिन पनि पाएन । पठाउनु भन्दा वीचमा के थियो भने गल्ती कसको हो, गोर्खाले हात लगायो या गोराले हात लगायो । कतिजनाले कुट्यो भन्ने निक्र्याैल गर्न सकेन । त्यो निक्र्यौल गर्ने भनेको बिग्रेड अफ गोर्खाजमा एसआईवी भन्ने शाखा छ । त्यो एसआइवीले पनि पत्ता लगाउन नसकेर सबै १ सय ११ जना पठाउनुपर्छ भन्ने कतिको अन्यायपूर्ण हुन्छ । यो पत्ता लगाउन नसक्नु उनीहरुको संयन्त्रको कमीकमजोरी हो । यो कुरा बार्ताको बेला भन्न सकेनौं भने हामी माथि पर्न सक्दैनौं । त्यही कुरालाई भन्नका लागि मिहिन ढंगले भन्नुपर्ने हुन्छ ।
र अर्को गृहकार्यको उदाहारण व्रिगेट अफ गोर्खाजमा नयाँ जेनेरेशनका भाईहरु सर्भिसमा छन । उनीहरु ब्रिटिश काउण्टर पार्ट अन्र्तगत बराबरी सुविधा पाएर बसेका छन । जुन हामी पुरानो टोली छौं । १९९७ भन्दा अगाडीका हामीले विभेद खेप्नुपरिरहेको छ । आज बेलायतले नयाँ भाईहरुलाई गोरा जतिकै समान मिल्ने हो भने हिजोका गोर्खाहरुलाई दिन किन नमिल्ने भन्ने कहिलेको सन्धी र सम्झौता अनुसार नियमहरुमा परिर्वतन ल्यायो भन्ने कुरा त हामीलाई थाह छैन । बेलायतले कहिले सन्धी सम्झौता ग¥यो । त्यसकारणले जसरी नयाँ गोर्खा भाइहरुले पाइरहेको छ त्यो हिसावमा हामीले पाउनुपर्छ भन्ने हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार