भोजपुर । शुक्रबार रातीबाट सुरु मत गणनाअनुसार भोजपुरका ८१ वडामध्ये ५ वडाको मत परिणाम निस्किएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेले २, नेपाली कांग्रेसले २ तथा माओवादी केन्द्रले १ वडामा विजयी हासिल गरेको छ ।
जसमध्ये पौवादुङमा गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका राजेन्द्र तामाङले ४ सय ५९ मत, भोजपुर नगरपालिका वडा नं १ मा माओवादी केन्द्रका जिरामणी राईले २ सय २३ मत, आमचोक गाउँपालिका वडा नं १ मा नेपाली कांगे्रसका निम्नुरी शेर्पाले ४ सय १६, साल्पासिलिछो गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका गणेश बुढाथोकीले ३ सय ७८ मत र हतुवागढी गाउँपालिका वडा नं १ मा नेकपा एमालेका कुमार विष्टले ४ सय ५९ मत ल्याउँदै विजयी भएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा भोजपुर नगरपालिका, र टेम्केमैयुङ गाउँपालिकामा गठबन्धन र षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, पौवादुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिकामा नेकपा एमाले र अरुण गाउँपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
मतदान सौहार्द र शान्तिपूर्ण सम्पन्न भएपनि भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण षडानन्द नगरपालिका, रामप्रसादराई गाउँपालिका र आमचोक गाउँपालिकाका वडाहरुबाट मतपेटिका ल्याउन समस्या भएका कारण मत गणनामा ढिलाई भएको थियो ।