“पुरानै ढाँचाको सरकार र चुनावी परिणामले पुरानै शैलीमा राज्य सञ्चालन हुने देखिन्छ”

 

 

आम निर्वाचन –२०७९ सम्पन्न भईसकेको छ । प्रत्यक्ष तर्फको नतिजा केहि स्थान बाहेक आईसकेको छ । समानुपातिक तर्फ पनि दलगत अवस्था र राष्ट्रिय दल बन्ने दलहरुको ग्यारेण्टी र सम्भावना नजरअन्दाज गर्न सकिने परिस्थिति सिर्जना भईसकेको छ ।

प्रत्यक्ष र समानुपातिक नतिजाका केहि परिवर्तनशील पक्षहरु र सन्देशहरु :-
१) पुर्वमा झलनाथ, सुजाता, गच्छदार, सिटौला हारे, विश्वप्रकाशको उदयसँगै लिङदेन पुनः निर्वाचित भए र धरानमा रास्वपा उम्मेदारले दुवै गठबन्धनलाई कडा चुनौती दिए ।
२) मधेशमा उपेन्द्र, राजेन्द्र, आलम पुत्रको पराजयसँगै सिके राउतको उदय भयो । संघीयता र पहिचानको सुत्रधार सम्झने माओवादी पत्तासाफ भयो ।
३) उपत्यकामा महेशको अतिवादी सोच, ईश्वर, ओनसरी अनुमोदन हुन सकेनन् तर राष्ट्रिय स्वतन्त्र पाटीको शानदार ईन्ट्री भयो । काठमाण्डौले सबै सिन्डिकेट भत्काई दियो ।
४) पश्चिममा कुरामा क्रान्ति काममा सिन्को नभाँच्ने बिना मगर लगायत माओवादीहरु पराजित भए ।
५) चितवनबासीले ठुला ३ दलको सिन्डिकेट तोडेर रविहरुलाई विशाल जनमतले अनुमोदन गरे ।
६) एमाले, माओवादीले हल्लाउन नसकेको देउवाको एरियामा स्वतन्त्र उम्मेदार सागरले कडा चुनौती प्रस्तुत गरेर अर्को पटक जितकोफुल फुलाउन विश्वास र आशाको बीऊ रोपेर आए ।
७) कमल थापाको हारसँगै एक मुसावादीको सामन्तको अवसान भयो ।
८) कोर एरिया, पकेट एरिया, विरासत भनेर अलोकप्रिय अवसरवादले जित्न सक्दैन भन्ने कुरा प्रमाणित भयो ।
९) स्वतन्त्रको आवरणमा जो कोहि निर्वाचनमा होमिन सक्छ तर सफल हुन सक्दैन भन्ने सवाल प्रष्ट नतिजामा प्रमाणित भएको छ ।
१०) विकट र अशिक्षित ठाउँमा मात्र होईन सुगम र शिक्षित मानिएको एरियामा समेत दल–दासताको दलदल र भक्तिभाव समाप्त भएकोछैन , चेतना शिक्षा र सुगमताले नभई विवेक र व्यक्तिको सोचाईमा निर्भर रहन्छ भन्ने विषय स्थापित हुन खोजेको छ ।
११) चुनावमा टिकट लिन र विजय हुन पाटीको कैदी र नेताको भरिया भई विवेकलाई चिहानमा पुर्याउनु पर्दैन, व्यक्तिगत क्षमता, समाजमा पारेको छाप र आधुनिक चुनावी कौशलताले जित हासिल हुन्छ भन्ने पाटोका प्रशस्त उदाहरणहरु खडा भए ।
१२) ठुला र स्थापित भनिएका दल, पात्र र प्रवृत्तिलाई कुकर्म, कालो धन आर्जन, सामन्ती जीवनशैली, नागरिक प्रतिकुल नीति र देशविनाश छोडेर रूपान्तरण हुन सक्दैनौं भने यही चुनाव अन्तिम हुन सक्छ भन्ने आवाज र जनमत सुन्ने र अनुभव हुने गरि चुनौतीपूर्णस्वरूपमा प्रस्तुत भएको छ ।

निष्कर्ष :- यो चुनावी परिणामले पुरानै ढाँचाको सरकार र संरचना निर्माण भई यो कार्यकालमा पनि पुरानै शैलीमा राज्य संचालन हुनेदेखिन्छ तथापि जनजीविकाको सवालको पक्षमा र भ्रष्ट एवंम दलाली शासन शैलीको विपक्षमा संसदमा खरो खबरदारी र दबाब निरन्तरहुनेछ साथै अर्को निर्वाचनमा यी आवाज र पात्रहरु बहुमतमा स्थापित भई खराब राजनैतिक आचरण र दलाली शासनशैली पत्तासाफ हुनेवातावरण निर्माण हुने छ ।

नोट :- यो परिवर्तन आशाको दियो मात्र हो । जनताको विश्वास र अनुमोदन सहि वा गलत साबित उनीहरु प्रस्तुत गरेका कार्ययोजना रवाचाहरुमा उनीहरुको अडान र डेलिभरीमा निर्भर रहन्छ, जुन समयले बताउने नै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार