उच्च शिक्षाका सवालमा ऐतिहासिक र निक्कै गर्बिलो ईतिहास बोकेको शैक्षिक संस्था हो, भोजपुर बहुमुखी क्याम्पस । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न उच्च व्यक्ति व्यक्तित्वहरु जन्माएको यो क्याम्पसको विगत पल्टाउदा गौरव बोक्ने ज्ञानको उद्गम थलो मान्न सकिन्छ ।
लामो समयदेखि क्याम्पसबाट उच्च शिक्षा हासिल गरि विभिन्न उच्च ओहोदामा पुर्याएको छ । विभिन्न कुशल नेतादेखि अन्र्तराष्ट्रियस्तरसम्म ख्याती कमाएका दिग्गज व्यक्तित्वसम्म यस क्याम्पसले पाउन सफल भयो । राजनीतिक पृष्ठभूमिका लागि उर्वर मानिने भोजपुरमा विभिन्न कालखण्डमा विभिन्न क्रान्तिकारी योद्धा पनि जन्माईसकेको भोजपुरमा राजनीतिको पहिलो मियो भोजपुर बहुमुखी क्याम्पसलाई लिन सकिन्छ ।
यहीं स्थितिमा पछिल्लो समय नेपालको विश्वविद्यालयहरूले भविष्यमा अध्यन तथा अवलम्बन गर्ने भनिएको (क्यूएए) अर्थात द सिस्टम अफ क्वालिटि एस्युरेन्स एण्ड एक्रिडिटेसन कार्यक्रमलाई आत्मसाथ गर्दै अनेरास्ववियु भोजपुरले आफ्नो एजेन्डा “गुणस्तर शिक्षा हाम्रो अधिकार“ को जगमा उभिएर यस भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले झेलेका अभाव र आउदो दिनमा आउदो थप आगन्तुक विद्यार्थीहरूले पनि झेल्न बाध्य हुने स्थिति रहने र परिस्थिति झन विकराल बन्ने भएको छ । जसका सहजीकरणका निम्ति भोजपुर बहुमुखी क्याम्पसले झेलीरहेको संकट सरह अभाव र अध्यनशिल तथा क्रियाशिल विद्यार्थीहरूको निम्ति एकदम महत्त्वपुर्ण समस्याको विषय “पुस्तकालयमा प्रयाप्त पुस्तक“ (किताब) हरूको अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले सम्पूर्ण विद्यार्थीहरूको हितार्थ रहने छ भन्ने निर्णय गद ‘कन्सेप्ट अफ बुक ब्याङ्क’ बुक बैङ्कको अवधारणा अनेरास्ववियु भोजपुरले यस क्याम्पसमा स्थायी र संस्थागतरूपमै सञ्चालन हुने गरि यस कार्यक्रम ल्याइएको समग्र भोजपुर बहुमुखी क्याम्पस युनिट तथा सम्पुर्ण विद्यार्थीहरूमा अवगत गराउने पहिलो उत्तरदायी हो ।
बुक बैंक अवधारणा
बुक बैंक एउटा बहुमुखी क्याम्पसमा अध्ययनका निम्ति दुर्गम वा सुगम गाउँपालिका वा नगरपालिकाका विभिन्न ठाउँदेखि उच्च शिक्षाका लागि जोडिने सम्पुर्ण विधार्थीहरुमा समर्पित अवधारणा हो । जुन त्यहीँ क्याम्पसको एक व्यवस्थापन संकायमा पढने विधार्थीले महसुस गरेको अभावबाट सबै विधार्थीहरुको कल्याणका निम्ति संगठनिक संकल्पमा परिणत भयो जसको नेतृत्व त्यहीँ विधार्थी संगठनले गरेको छ । यसै अवधारणालाई आत्मसाथ गर्दै अनेरास्ववियुले संगठन नितिगत विधिवत विषयबाट होस् वा भावनात्मक केन्द्रबाट विधार्थी माझ सधैं भरि उभिररहनेछ ।
यसले के गर्छ??
एउटै मात्र त्रिभुवन विश्वविद्यालय अन्र्तगतको आंशिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पस उच्च शैक्षिक संस्थाको रुपमा स्थापित छ । यहाँ ज्यादा भन्दा ज्यादा विधार्थीहरु दुर्गम विकट ठाउँबाट साधारण हैसियतका छन् । तर यहाँ एउटा उच्च शिक्षा प्राप्तिका निम्ति जोडिने विधार्थीहरुले थुप्रै अभाव र सिमितताहरु झेल्नु पर्दै गर्दा नत कहिले क्याम्पसले गम्भीररुपले यसलाई लिएको छ नत समन्वयको बाटोमा समाधानका निम्ति नै कसैको ध्यान पुगेको छ ।
सिमितता अभाव धेरै छन त्यसमा पनि एक विधार्थीका लागी पर्याप्त अध्ययन सामाग्री नहुनु जतिको जटिल अभाव र समस्या के होला ?? तसर्थ एउटा विद्यार्थीको महसुसले संगठनिक संकल्पको रुप लिनु महत्त्वपुर्ण छ र अपरिहार्य पनि बनिसकेको छ । अब यस अवधारणाले नियमित रुपमा भोजपुर बहुमुखी क्याम्पसको यस अभाव सम्बन्धित अन्र्तक्रिया गर्दै विधार्थी बिच जाने र यस समस्याको न्यूनीकरण र समाधानको निम्ति निरन्तर लाग्नेछ ।
भावनात्मक रुपमा विधार्थीसंग ‘टच’ होस् भन्ने बुझाइ हो सामान्य परिवारका विधार्थीहरु ज्यादा भोजपुर बहुमुखी क्याम्पसमा आउछन् । त्योभन्दा आर्थिक रुपले सबल विद्यार्थीहरु ठुला शहरहरु, महँगो कलेज छानीछानी पढन जाने गर्छन् । तर विभिन्न ठाउँबाट बाबुआमाको सपना आफ्नो सपनाको केन्द्र तर्फ बढाउने संकल्पमा आउने विधार्थीहरुले त्यहीँ शैक्षिक संस्थामा अध्ययन सामाग्रीको अभाव र सिमित्तता भोग्नु पर्दा जतिको एक अध्यनशिल विधार्थीहरुको पीडा अरु के हुन सक्छ, जुन संस्थाले भने आफ्नो लाचारीको प्रष्ट सन्देश दिने गर्छ ।
यसलाई महसुस किन एक विधार्थी संगठन अनेरास्ववियुले मात्र गर्यो ?? अब यहीँ संगठनको संकल्पले आफ्नो प्रयास मार्फत केहि राहत सम्पुर्णमा पुग्ने गरि अवधारणा ल्याइएको छ र सबै सम्पुर्ण विधार्थीहरु देखि सम्पुर्ण प्राध्यापकहरुले आफ्नो स्तरबाट यसलाई समर्थन र सहयोग गर्दै लाने होकि हैन । तमाम भोजपुरका चेतनशील विधार्थीहरुमा प्रश्न खडा हुन्छ ।
यो अवधारणा एक अभ्यासको रुपमा पनि लिन सकिन्छ भन्ने बुझाइ अनेरास्ववियुले राखेको छ यसलाई भोजपुर बहुमुखी क्याम्पसमा अभ्यास गर्दै सफल पार्दै समग्रमा पछि भोजपुरका विभिन्न माध्यमिक तहका विद्यालयहरुमा पनि यसलाई बढाउन सकिने संकेत संगठनले गर्ने गरेको कुरा यहीँबाट प्रष्ट छ ।
थोरै पार्टीगत चुनावका विजेता नेताहरुलाइ पनि प्रहार गर्नु पर्यो यसमा किन आखा जान सकेन विधार्थी संगठनहरु एक पार्टी संग सम्बन्धित अनिवार्य रहन्छ तर अरु संगठनहरुको यस विषयमा किन आँखा जान सकेन विधार्थीको हकहितको कुरा मात्र गरेर व्यवहारमा वेवास्ता गर्न छुट छ? अनेरास्ववियु जस्तै विधार्थी संगठन अन्य चै हैन र ?
यीयस्ता विद्यार्थीहरूसंग प्रत्यक्ष रुपमा जोडिएका तमाम समस्या तथा समसामयिक जटिल परिस्थितिलाई सकेसम्म नजिकबाट अनुभुती गर्दै सम्पुर्ण विद्यार्थीहरुलाई सकेसम्म संगठनका नेतृत्वकर्ताको हैसियतबाट समाधान खोजी, सहजीकरण र न्यूनीकरण गर्नमा अनेरास्ववियु सदा अग्रपन्क्तीमा हुनेछ । संघर्ष गर्नेछ, लडिरहनेछ ।
वर्तमान परिवेशमा विश्वका विकसित देशहरू नयाँ प्रविधि र प्रयोगमा दिनानुदिन फड्को माग बढी रहेका छन् । यस्ता देशहरूले आफ्नो राष्ट्रको शिक्षा प्रणाली, शैक्षिक व्यवस्थामा पनि प्रयोगको अभ्यास गरिरहेका छन । हाम्रो देश पनि कोशिसरत छ, तर प्रयोग सवालमा हाम्रो देश निकै पछि छ तर व्यवस्था, प्रणाली भन्ने विषय यसै बौद्धिकमा जादू घुमाए जस्तो फेरबदल हुने विषय भने छैन यसको आफ्नो गति हुन्छ यसको नामबद्ध हुन्छ तर हाम्रो पुस्ताले साँच्चै गम्भीररुपले यस्ता विषय आज वर्तमानलाई मात्र नभई भोलि भविष्य त्यो पुस्तालाई पनि भनेर सोच्न एकदम जरुरी छ ।
विद्यार्थीको पक्षमा वकालत गर्न निरन्तर संघर्षको बाटोमा उत्रन विद्यार्थी संगठन अनेरास्ववियु प्रगतिशील विद्यार्थीहरूको अपरिहार्य साथ चाहन्छ । अबको शिक्षा फरक ढंगको बनाउनु छ परिवर्तनको डोरी हामीले समाउदै एक नयाँ मुकाममा पुराउनु छ । समय फरक छ, समय सापेक्ष प्रत्येक विद्यार्थी संगठनहरूले पनि नयाँ ढंगले सोचेर अगाडी बढ्नुपर्ने देखिन्छ । ’गुणस्तर शिक्षा हाम्रो अधिकार“ भन्ने नारा सहित प्रत्येक विद्यार्थीहरूको साथको अपेक्षा राखी एक अठोटका साथ अगाडी बढन अनेरास्ववियु सामथ्र्य र प्रयास गरिरहेको छ ।
यस ‘कन्सेप्ट अफ बुक ब्याङ्क’ बुक बैङ्कको अवधारणा लाई अनुशासित र दिगो ढंगमा सञ्चालन गर्न अनेरास्ववियु क्याम्पस कमिटीको बैठकको केहि निर्णय पनि गरेको छ । जुन यसप्रकार छः
१. यस कार्यक्रमको दायरा (अनेरास्ववियु) मार्फत राखिने प्रत्येक संकायमा कक्षागत अन्तरक्रियाको माध्यमबाट विधार्थीहरूको राय, सल्लाह र समझदारीको हिसाबले परिमार्जन गरिने छ ।
२. यस भोजपुर बहुमुखी क्याम्पसको ’पुस्तकालयमा’ पुस्तकको अभाव समस्यालाई न्यूनीकरण गर्नका निम्ति यो कार्यक्रम एक छाया संस्थाको रूपमा क्याम्पसमा रहने र संस्थागत रूपमै यस कार्यक्रम पुस्तागत हस्तान्तरण हुँदै जाने छ ।
३. यस कार्यक्रमलाई क्रियाशिल रूपमा सञ्चालन गर्न क्याम्पसमा अध्यनरत विद्यार्थीहरू मध्यबाट एक सक्रिय इच्छाशक्ति भएको विधार्थीलाई संयोजक बनाइने छ ।
४. यस कार्यक्रम सञ्चालनलाई क्रियाशिल बनाउन संयोजक भए पछि एक समितिको रूपमा कार्यक्रमलाई सहज बनाउन प्रत्येक संकाय, प्रत्येक कक्षाबाट दुई वा दुई भन्दा बढी आवश्यकता तथा परिस्थिति अनुसार सम्बन्धित कक्षाको प्रतिनिधित्वको निम्ति संलग्न हुनु पाउने छ ।
५. यस कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउन समितिको छलफल बैठक अनुकूल समय वा अनिवार्य परिस्थितिमा बस्नु पर्ने छ ।
६. यस बुक बैकको अवधारणा कार्यक्रम विधार्थी संगठन अनेरास्ववियुले अवलम्बन गरेको हुँदा यस कार्यक्रम सञ्चालन समितिको प्रत्येक बैठकमा सो संगठनबाट नेतृत्वले आफ्नो प्रतिनिधित्व गर्ने अनिवार्य पाउने छ ।
(नोटः यस कार्यक्रमको सञ्चालन समितिले मुख्य र खास गरि क्याम्पसमा अध्यनरत विभिन्न संकाय कक्षाको आवश्यकताहरूको रिपोर्ट र अध्ययन गरि बैठकमा पेश वा प्रस्तुत गर्ने र यस कार्यक्रम सञ्चालनमा यस समिति संयोजकको भुमिका मात्र प्रयाप्त प्रभावकारी नहुने भएको हुँदा समन्वय र व्यवस्थापनमा अनेरास्ववियु को महत्त्वपूर्ण भुमिका रहने छ ।)
७. यस कार्यक्रम सञ्चालन समिति सदस्यमा कुनै फरक विधार्थी संगठनमा संलग्न भएकै आधारमा निषेध र वायस गर्न पाउने छैन ।
८. यस कार्यक्रमले क्याम्पसमा अध्ययनरत समग्र विधार्थी साथीहरूलाई फाइदा कल्याण हुने भएको हुँदा अन्य विधार्थी संगठनको पनि सकारात्मक इच्छा, चाहाना भए समय अनुकूल महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउने छन् ।
९. यस कार्यक्रम अन्तरगत धेरै मात्रामा पुस्तक खरिद हुने स्थितिमा भोजपुर बहुमुखी क्याम्पस प्रशासनले राय, सुझाव सल्लाह र आवश्यकता अनुसार समन्वय गरिदिनु पर्ने तथा क्याम्पस प्रशासन लगायत सम्पुर्ण प्राध्यापक ज्युहरू सदैव सल्लाहकार समितिको महत्त्वपूर्ण भुमिकामा रहने छ ।
१०. समय अनुसार आवश्यकतामा थप अध्ययन, अनुसन्धान र परिस्थितिको अवलोकन गर्दै परिस्थिति र त्यही अवस्थाले बुदाहरु परिमार्जन, समायोजन गर्नु परे यस कार्यक्रम सञ्चालन समिति र अनेरास्ववियुको नेतृत्वले गर्ने निर्णय निर्णायक हुनेछ । विशेष अनेरास्ववियु“ भोजपुरको बैठकको निर्णय नै अन्तिम हुनेछ ।
विद्यार्थी राजनीतिबाट देशको अनहार बदल्न सक्ने कर्मठ प्रतिभाशाली व्यक्तित्वहरु यहि क्याम्पसबाट आफ्नो राजनीतिक यात्राको श्रीगणेश गरेका छन् । जसमा राजनीतिक दलका भातृ संगठनको रुपमा रहेको अनेरास्ववियुको ईतिहास पनि लामो पानामा कोरिन आउँछ । जसका लागि स्मरणस्वरूप दुरदराजबाट ज्ञानको परिधिलाई पूरा गरि उज्वल भविष्य निर्माणका लागि आएका विद्यार्थीको हकहितका लागि लड्ने अनेरास्ववियुले सधैं दायित्वबोधका साथ अघि बढेको छ । आफ्नो कर्तव्यनिष्ठ कदमहरु निरन्तर चालेको छ ।
प्रमाण स्वरूप यहीं क्याम्पसमा अध्ययन गरि पूर्णत यहीं क्याम्पसमा क्याम्पस प्रमुख, सहायक प्रमुख र प्राध्यापकको रूपमा स्थापित शिक्षकहरु देन पनि कम छैन । यस क्याम्पसको विगत यहाँ राख्नुको कारण उद्देश्य यो होकि समग्रमा भोजपुर बहुमुखी क्याम्पसले आजसम्म तय गरेको यो लामो यात्राले थुप्रै महान व्यक्तित्वहरू उत्पादन गर्दै आफ्नो सफल इतिहास सुनिश्चित गरिसकेको छ । सबै व्यक्तित्वहरूलाई सम्मान गर्दै भोजपुर बहुमुखी क्याम्पसलाई विद्यार्थी संगठन अनेरास्ववियु यी योगदानको सम्मानमा हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
गर्बिलो इतिहाससंगै हामीलाई खेद पनि छ । दुःखको कुरा हामी सबैका निम्ति यहीं शैक्षिक संस्थामा पछिल्ला चरणमा देखिएका विद्यमान समस्याहरु भोग्नुपरिरहेको तितो सत्यसँग विद्यार्थीहरू अवगत नै छन् र आगन्तुक विद्यार्थीहरू पनि गुज्रिरहेका छन् । विशेषतः नवनिर्मित बन्दै गरेको भौतिक पूर्वधारहरू हेर्दा गुणस्तर लाग्न सक्छ त्यो स्वभाविक पनि हो तर २०७८/२०७९ विचमा क्याम्पसले हामी लगायत अन्य विभिन्न विद्यार्थी संगठनको प्रतिनिधिहरू सँग छुट्टाछुट्टै आउदो नयाँ योजना, कार्यक्रम तथा अन्य महत्त्वपूर्ण विषयहरूमा क्याम्पस प्रशासन र अन्य विद्यार्थी संगठनविच सामुहिक छलफलका निम्ति बोलाईएको बैठकहरूमा सांगठनिक तवरमा उपस्थित हुँदै गर्दा हाम्रो संगठनले यस क्याम्पसको वास्तविकता र वस्तुगत स्थितिलाई नजिकबाट महसुस र अनुभुती गरेको छ ।
(लेखक राई अनेरास्ववियु जिल्ला कमिटि भाेजपुरका सचिव हुन्)