पूर्वराजा ज्ञानेन्द्रको गुनासो : दरबार हत्याकाण्डबारे भ्रम फैलाएर हामीमाथि घातक प्रहार भए

पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा राजनीतिक जालझेल गरी आफू र आफ्नो परिवारको बारेमा नकारात्मक भ्रम फैलाइएको गुनासो गरेका छन् ।

 

शनिवार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले २०५८ जेठ १९ को विनाशकारी कहालीलाग्दो घटनालाई लिएर अहिलेसम्म पनि परिवारमाथि घातक प्रहार हुने गरेको उनले बताए ।

 

प्रत्यक्षदर्शीहरू हामीमाझ हुँदा हुँदै पनि अज्ञानता र छलले अहिले पनि बहकिनु अन्यायपूर्ण र दुर्भाग्यपूर्ण भएको उनलेair max 97 trainers summit white bleached desert sand batterie flachpol adapter chia seeds benefits for women marc jacobs handtassen outlet best jordans grzebień do otwierania zamków stetson straw cowboy hats scaffalatura cantilever Italy chia seeds benefits for women ισοθερμικο μπλουζακι stok boss autoradio bolsos vuitton bolsos vuitton adidas superstar ii femme vanhunks kayak बताए ।

उनले भने- आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पिडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ । तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ । जेठ,१९,२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो । 

राष्ट्र प्रेम र राष्ट्रहितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जाने र आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने उति बेला नै आफूले आंकलन गरेको उल्लेख गर्दै उनले बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको बताए ।

 

जनतालाई भूगोल, जातजाति र धर्म संस्कृतिमा खण्डित गर्ने विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति नपर्न पनि सबैलाई आग्रह गरेका छन् ।

 

उनले राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरावस्थाको मूल्याङ्कन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा लाग्नुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार