माघमै फुल्न थाले लेकका गुँरास

  सिलिचुङ सम्बाददाता

 

भोजपुरको पर्यटकीय मैयुङ क्षेत्रमा फुलेको गुँरास । तश्विर, प्रदीपचन्द्र राई

 

भोजपुर । सामान्यतया फागुन चैतमा ढकमक फुल्ने गुँरासहरु माघमै फुल्न थालेका छन् । भोजपुरको  उच्च पहाडी भेगहरुमा यतिबेला गुँरासहरु फुलेर ढकमक बनेका छन् । स्थानीयका अनुसार पछिल्ला केहि वर्षयता सिजन अगावै गुँरासहरु फुल्ने गरेको छ ।

वर्षेनी जलवायु परिवर्तनका कारण पछिल्ला केहि वर्षहरुमा समयअगावै गुँरासहरु फुल्न थालेको स्थानीय युवा अगुवा छिवाबुङबाली राईले बताए । भने, ‘वर्षैपिच्छे मौसममा आउनु परिवर्तनका कारण पनि लेकतिरका गुँरासका वनहरु पुष माघमै हराभरा हुन थालेका हुन् ।

पहिले चैत वैशाखमा राताम्मे र सेताम्मे हुनेगरि गुँरास, लालीगुँरास, चिमालहरु पछिल्लो हिले हिउँ पर्न पनि छोड्यो । लालीगुराँस पनि पुसमै फुल्न थालेको छ ।’

बसन्त सुरु भएसंगै मैयुङ, साल्पा, टेम्के लगायत भोजपुरका पर्यटकीय क्षेत्रहरुमा विभिन्न प्रजातीका गुँरासहरु फुल्ने गरेको छ । स्थानीयका अनुसार नेपालमा पाईने ३२ प्रजातीका गुँरासहरुमध्ये यस क्षेत्रमा अधिकांश फुलहरु फुल्ने गरेको छ ।

वर्षेनी जलवायु परिवर्तनका कारण पछिल्ला केहि वर्षहरुमा समयअगावै गुँरासहरु फुल्न थालेको स्थानीय युवा अगुवा छिवाबुङबाली राईले बताए । भने, ‘वर्षैपिच्छे मौसममा आउनु परिवर्तनका कारण पनि लेकतिरका गुँरासका वनहरु पुष माघमै हराभरा हुन थालेका हुन् ।’ फागुनको अन्त्यतिर कोपिला लाग्न सुरु हुने लालीगुराँस हिजोआज पुषदेखि नै फुल्न थालेको हो । मौसम परिवर्तनको असरका कारण योवर्ष चाँडै गुराँस फुल्न थालेको स्थानीयबासी बताउँछन् ।

गुँरास फुलेसंगै पर्यटकको आवागमनमा पनि बृद्धि भएको छ । प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुलेको दृश्य नियाल्न घुम्न आएको मैयुङडाँडा घुम्न आएका सुनिता श्रेष्ठले सुनाईन् । ‘थाहै थिएन यतिबेला पनि गुँरासले डाँडाकाँडा रंगिएको छ भन्ने, स्वर्ग झैँ अनुभूति भईरहेको छ’ उनले भनिन् ।

समुन्द्री सतहदेखी २२ सय मिटरदेखि ३१ सय मिटरसम्मको उचाईमा फैलिएको जिल्लाका मैयुङडाँडा, हाँसपोखरी, जलजले, टेम्के, तीनथुम्की, बाखखोर, सुन्तले लगायतका उच्च भेगतिर लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँसहरु पाइन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार