सुध्रिदैँ ग्रामीण सडक फेरिँदै गाउँले जीवनस्तर

 

भोजपुर । करिब १५ अघिसम्म भोजपुरमा पैदल धाएरै शहरबजार गर्नुपथ्र्यो । सामान ओसारपसारका लागि भरिया र खच्चर मात्र विकल्प हुन्थे । सडक बनेका थिएनन् । मानिसहरु हिँडेरै दैनिकी वित्थ्यो । अहिले गाउँका हरेक कुनाकन्दरासम्म सडक पुगेको छ । जिल्लाभित्रका मुख्य ग्रामीण सडकहरु कालोपत्रे बनेका छन् भने केहि निर्माणाधिन अवस्थामा छन् । स्तरीय सडकका कामहरुले जीवनस्तर सहज बनेको छ । अर्थोपार्जनका प्रशस्त बाटोहरु खुलेका छन् । वास्तवमा सडकले विकासको लहर ल्याएको छ ।
संघीयतापछिका तीनै तहका सरकार बनेपछि सडकीकरणलाई पहिलो प्राथमिकतामा राख्दै विकासे कामहरु धमाधम सुरु भए । विशेषगरि नागरिकहरुको जीवनस्तर उकास्न र आम्दानीका श्रोतहरु प्रशस्त गर्नका लागि स्थानीय तहहरुले गाउँबस्तीसम्म सडकहरु खन्ने, खनाउने कामलाई तीव्रता दियो । सडकहरुको स्तरोन्नतीदेखी कालोपत्रे गर्ने दिगो कामलाई समेत अघि बढाएका छन् ।
यतिबेला दर्जनौ मुख्य ग्रामीण सडकहरु धमाधम स्तरोन्नतीका क्रममा छन् । उत्तरी भेगको विकासे साँघुको रुपमा रहेको करिब ५१ किलोमिटरको भोजपुर दिङला सडकखण्डको कालोपत्रे कामले गति पाएको छ । पहिलो खण्ड अन्र्तगत करिब ५८ करोड लागतको भोजपुरदेखि तीनतलेसम्मको साढे १७ किलोमिटरको सडकखण्ड कालोपत्रे काम चलिरहेको छ भने दोश्रो खण्ड अन्र्तगत करिब ६३ करोड लागतको तीनतलेदेखि दिङ्गलाबजारसम्मको साढे ३३ किलोमिटर सडकखण्डको पनि कालोपत्रे काम चलिरहेको छ । रायमाझि मार्सेली जेभी र बानिया निमार्ण कम्पनीले उक्त कालोपत्रे कामको ठेक्का पाएको हो । अक्सफल्ड प्रविधिबाट निर्माणाधिन उक्त सडकखण्डको कालेपत्रे काम तोकिएको समयभित्रै सम्पन्न गरी सरकारलाई बुझाउने र गुणस्तरीय काम गराउन निरन्तर अनुगमन भईरहेको छ भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बताए ।

संघीयतापछिका तीनै तहका सरकार बनेपछि सडकीकरणलाई पहिलो प्राथमिकतामा राख्दै विकासे कामहरु धमाधम सुरु भए । विशेषगरि नागरिकहरुको जीवनस्तर उकास्न र आम्दानीका श्रोतहरु प्रशस्त गर्नका लागि स्थानीय तहहरुले गाउँबस्तीसम्म सडकहरु खन्ने, खनाउने कामलाई तीव्रता दियो । सडकहरुको स्तरोन्नतीदेखी कालोपत्रे गर्ने दिगो कामलाई समेत अघि बढाएका छन् ।

यस्तै ३१ किलोमिटर दुरीको जिल्लाको पूर्वी तिवारीभञ्याङ अधेँरीघाट सडकको पहिलो प्याकेज अन्र्तगतको कालोपत्र काम सकिएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गदेखि पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेबजारसम्मको करिब ३ किलोमिटर सडकखण्डको कालोपत्रे सकिएको हो । जिल्लाभित्रको तराई जोड्ने सबैभन्दा छोटो मार्ग रहेको उक्त सडकको कालोपत्रे काम गाउँपालिकाको वडा नं २, तिवारीभञ्याङबाट थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।
पहिलो प्याकेज अन्र्तगतको कालोपत्रे निर्माणमा सडक डिभिजन कार्यालय तुम्लिङटारको पहिलो र दोश्रो प्याकेज गरी पाँच करोड दुई लाख र गाउँपालिकाको एक करोड गरी कुल ६ करोड बराबरको लागतमा काम भईरहेको उनले बताए । सडकको कालोपत्रे काम संघिय समपुरक अनुदान, प्रदेश समपुरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा सुरु गरिएको हो । गत पुष पहिलो हप्ताबाट सडकको कालोपत्र काम २०८१ साल असार २० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । आगामी ३ वर्षभित्र गाउाँपलिकाभित्रको सम्पूर्ण सडकखण्ड कालोपत्र गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए । उनले भने, ‘यो सडक हाम्रो गाउँपालिकाको गौरवको योजना हो । धेरै मेहनत गरेर श्रोतको व्यवस्थापन गरी कालोपत्रको काम थालनी गरेका छौँ ।’
विकासको ढोका मानिएको ६६ किलोमिटर दुरीको भोजपुर लेगुवा सडक र ४२ किलोमिटर दुरीको पुष्पलाल मध्यपहाडी लोकमार्ग यसअघि नै कालोपत्रे भईसकेका छन् । त्यस्तै प्रदेश सरकारको १६ करोड ९२ लाख लागतको भोजपुर विमानस्थल जोडिने ५ किलोमिटर सडकखण्ड कालोपत्रे बनिसकेको छ ।

निर्माणाधिन ३१ किलोमिटर दुरीको तिवारीभञ्याङ अधेँरीघाट सडक कालोपत्रे काम । तश्विर, सिलिचुङ

 

विकासे कामहरु गर्न सहज
दशकअघिसम्म सडककै कारण गाउँबस्तीमा विकास पुगेको थिएन । जनजीवन कष्टप्रद नै थियो । तर अहिले विकासको लहरले गाउँबस्तीहरु कायापलट भएका छन् । सडकको पहुँच पुग्न थालेपछि भोजपुरमा पछिल्ला वर्षहरुमा एक पछि अर्को गर्दै विकासका क्रमहरु थपिएको छ ।
सडकहरु बन्ने र पुग्ने क्रमले स्थानीय तहहरुको विकासे कामहरुमा टेवा मिलेको छ । बिजुली, खानेपानी, साना ठुला योजनाका कामहरुका लागि आवश्यक कच्चापदार्थहरुको पु¥याउन सहज भएको छ । सडककै कारण आयोजनाका कामहरुमा बाधाअवरोध छैन । कामलाई गुणस्तरीयता दिन र समयमै सम्पन्न गर्न ती कच्चापदार्थ ढुवानीमा सहज भएको टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख रमादेवी राईले सुनाईन् ।
‘वास्तवमै पहिलेको तुलनामा अहिले गाउँबस्तीसम्म सडकको पहुँच पुगेकाले पनि गाउँगाउँमा हुने आयोजनाका कामहरुमा कच्चापदार्थ ढुवानीमा सहज पुगेको छ ।’ उनले भनिन्, ‘पहिले जस्तो आयोजनाका कामहरुको अनुगमन गर्न त्यति झन्झट छैन । कामको गुणस्तरीयता बढाउन सामान ढुवानीहरु भनेकै समयमा ल्याउन पनि सजिलो भएको छ । नत्र त पहिलेपहिले सामानहरु बोकेर ल्याउन र पु¥याउनै सास्ती हुने गथ्र्यो’

जीवनस्तरमा परिवर्तन
सडक आएपछि ग्रामीण भेगका मानिसहरुको जीवनस्तरमा पनि परिवर्तन आएको छ । करिब २५ वर्षअघिसम्म मानिसहरु खाने नुन लिन पनि हप्तौँ कष्टकर पैदलै हिँडेर हिले, धरान, विराटनगर गर्नुपथ्र्यो । तर आजभोली त्यस्तो स्थिती छैन । अहिले आगनमै दैनिक आवश्यक सामाग्री किन्न र लिन पाईन्छ । यातायातका साधनहरु घरदैलोमै आउने गर्छ । केहि वर्षअघिसम्म भरिया चल्ने गोरेटा बाटाहरुमा अहिले मोटर चल्न थालेका छन् । सडकहरु पुग्न थालेपछि एकपछि अर्को गर्दै गाउँगाउँमा विकासको लहर ल्याएको छ ।
‘दश÷बाह्र वर्षअघिसम्म जे विगत थियो, जे दुःख थियो अहिले त्यो छैन । गाउँघरका कुनाकन्दरासम्म सडक पुगेको छ । हिँउद बर्खा नै गाडी चल्छ । पहिले जस्तो चामल लिन ३ दिन हिँडेर भोजपुर बजार निस्कनुपर्ने झन्झट नि छैन, घरमै आईपुग्छ’ उत्तरी साल्पासिलिछो गाउँपालिका दोभाने चिलिमधापका पासाङ तामाङ भन्छन्, ‘मुकाम जाने कामै परेपनि एकैदिनमा पुगेर आउन सकिन्छ, कष्टकर हिँड्ने जुनी गए’

कृषि उपजले बजार पायो
सडकको पहुँच पुग्न थालेपछि ग्रामीण भेगका स्थानीय व्यावसायिक कृषि उपज र पशुपालनले पनि राम्रो बजार पाउन थालेको छ । उत्पादित कृषिबाली सहजै सदरमुकाम लगायत बाहिरी शहर बजारसम्म पुग्नेभएपछि राम्रो अर्थोपार्जन हुन थालेको छ । ढुवानी गर्ने सवारीसाधनले उत्पादित टमाटर, बन्दा, खुर्सानी, आलु जस्ता कयौँ मौसमी र बेमौसमी तरकारीबालीहरु र दुग्धजन्य सामाग्री, अण्डा, मासुका लागि व्यावसायिक रुपमा सञ्चालन गरिएका पशुपालन व्यापारले राम्रो बजार र मूल्य पाएको छ ।
दैनिक ज्यालादारीमा डोकोमा तरकारी बेच्दै हिँडेको दिनहरु सम्झँदै भोजपुर टक्सार पारपानीका स्थानिय कृषक तुलसा श्रेष्ठले सडक आएपछि कृषकको जीवनशैली नै फेरिएको बताईन् । भनिन्, ‘सडकले विगतका दुःखकष्टहरु हटाईदिएको छ, गाडीहरु घरमै तरकारी लिन आउँछ, बजारको तरकारी माग धेरै आउने भएकाले पहिलेभन्दा अहिले चारगुणा आम्दानी बढेको छ ।’ सडक कालोपत्रे भएपछि सवारी ढुवानी खर्च घटेकाले पनि कृषकलाई थप सहज भएको उनले सुनाईन् । जसले व्यावसायिक कृषिखेती र पशुपालन व्यावसायप्रति कृषकलाई थप उत्साह थपिदिएको कृषकहरु सुनाउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार