भोजपुर । ‘खोर्सानी डल्ले’ र ‘खोर्सानी डल्ले २ सिम्मा’ को सफलतापछि लोकप्रिय गायक भीषण मुकारुङ राईले तेश्रो सांगातिक कोशेलीको रुपमा ‘खोर्सानी डल्ले ३ बाडुल्की’ दर्शक श्रोतामाझ ल्याएका छन् ।
राईकै शब्द, स्वर, र संगीत रहेको उक्त गीत ‘खोर्सानी डल्ले ३ बाडुल्की’ को म्युजिक भिडियो दशैँको सुअवसरमा सार्वजनिक भएको हो । गितमा राईसंगै विशाल खालिङ, बिक्रम राई, सागर सन्सार राईले स्वरमा साथ दिएका छन् ।
कोरससहितको सार्वजनिक उक्त म्युजिक भिडियोमा कलाकार एलिश राई र एलिशा राईका साथै कविता आलेको मुख्य अभिनय छ । कलाकार एलिश राईको निर्देशन रहेको भिडियोमा दीपक गिरीले छायांकन गरेका छन् । उक्त ‘खोर्सानी डल्ले ३ बाडुल्की’ म्युजिक भिडियो गायक राईको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
भिडियो लिंक तल दिईएको छः