भोजपुर । षडानन्द नगरपालिकाको कार्यालय परिसरमै गएराती कुकरबम विस्फोट भएको छ । कार्यालयको भवनपछाडी अर्को शंकास्पद बस्तु पनि फेला परेको प्रहरी बताएको छ । शुक्रबार विहान ३ बजेतिर नगरपालिकाको सरकारी नम्बरप्लेटको गाडीलाई लक्षित गर्दै कुकरबम विस्फोट गराईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामीमगरले बताए ...

