भोजपुर । चौथो अन्र्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मोफसलकै सर्वाधिक धनराशी रहेको उक्त प्रतियोगिता अन्र्तगत भगवती स्पोर्टस् क्लब खोटाङले विजयी सुरुवात गरेको छ । आईतबार स्थानीय टुँडिखेलको मैदानमा भएको पहिलो खेलमा भगवती स्पोर्टस्ले धरान फुटबल क्लब सुनसरीलाई ट्राईबेकरम...

