शिवहरि पौडेल नेपाली कला क्षेत्रका स्थापित कलाकार हुन् । हास्यव्यंग्यमा उनले आफ्नो बेग्लै परिचय बनाएका छन् । नेपाल राष्ट्र बैंकमा जागिर खाँदा खाँदै कलाकारितामा हाम फालेका शिवहरि अहिले पनि उत्तिकै सक्रिय छन् । कलाकारितामा ३२ बर्ष पार गरिसक्दा पनि उनी थाकेका छैनन् । बरु अझै उत्साहसाथ अघि बढिरहेका छन् । सयभन्दा बढी ...

