भोजपुर । ०७४ असार १२ गते अरुण गाउँपालिका ३, प्याउलीको मरेङडाँडामा मृत भेटिएका तीन बालबालिकाको रहस्यमय घटनाको दोषी अझै पत्ता लाग्न सकेको छैन । असार १० गते साँझबाट हराएका ८ वर्षिय प्रदीप फुँयल, १४ वर्षिया सुष्मा फुँयल र १५ वर्षिय रञ्जित सापकोटा स्थानीय तोरन कार्कीको पोखरीमा मृत भेटिए । तर ४ वर्ष वित...

