भोजपुर । यतिबेला पनि चुनावको माहोलले गाउँघरदेखि शहरबजार तातेको छ । चुनावी एजेन्डा लिएर उम्मेदवारहरु घरदैलोमा व्यस्त देखिन्छन् । उनीहरु सकेसम्म आफुलाई जनताप्रति उत्तरदायित्व बनाएका छन् । तीमध्ये यसपटकको चुनावमा पुराना अनुहारभन्दा नयाँ अनुहार धेरै छ । आफ्नो पेशा र जागिर छोडेर चुनावी मैदानमा होमिएक...

