भोजपुर । स्थानीय तहको मत गणनाअनुसार भोजपुरका ८१ वडामध्ये २१ वडाको मत परिणाम निस्किएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेसले वडातहमा अग्रता लिएको छ । नेपाली कांगे्रसले ८, नेकपा एमालेले ७ र माओवादी केन्द्रले ६ वडामा जित हासिल गरेको छ । जसमध्ये पौवादुङमा गाउँपालिका वडा नं. २, साल्पासिलिछो गाउँपालिका वडा नं १ ...