गाडी Archives - silichung.com

ग्रामिण सडक बन्यो दुहुनो गाई, बजेटको ओइरो गुणस्तर शुन्य
भोजपुर । हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने अधिकांश ग्रामिण सडकहरु व्यवस्थित नहुँदा सर्वसाधरणहरु सास्ती खेप्नुपर्छ । असंख्य सडक योजनाहरुमा खोलासरि बग्ने बजेटको दुरुपयोग देखिन्छ । स्थानीय तह बनेपछि कुना गाउँगाउँसम्म वैज्ञानिक स्थालगत अनुगमन र भूबनोटको जोखिम नै नसोची जथाभावी स्काईभेटर लगाउने प्रवृति बढ्दो छ । बर्षातमा बाढी, पहिरोको जोखिम, कष्टकर पैदल यात्रा र धुलाम्मे सडकको सास्ती तीनै ग्रामिण सर्वसाधरणहरु खेप्ने गरेका छन् ।

फाइल फाेटाे

विकासको नाममा सडकमा बजेट र बजेट अनसारको डेगिलो काम नहुँदा अधिकांश कच्चि सडक र बस्ती बर्षेनी प्राकृतिक प्रकोप थलिने गरेको छ । हिउँदमा दुःख सुख धुलो खाँदै सदरमुकाम धाउने ग्रामिण सर्वसाधरणहरु वर्षायाममा कष्टकर स्थिती झेल्न बाध्य देखिन्छन् । ‘बर्खा लागेपछि सदरमुकाम पुग्नै एकदिन लाग्छ । के गर्नु नपुगी पनि काम बन्दैन ।’ गाउँमै ब्रोईलर फर्म चलाउँदै आएका टेम्के मैयुङ गाउँपालिका २, छिनामखुका विसन राईले भने, ‘फर्ममा कुखुरा छन्, दानापानी खुवाउनै प¥यो, गाडीले बोक्न नसक्ने भएपछि मान्छे लगाएरै भएनि सदरमुकामबाट दाना ल्याउनुपरेको छ ।’

सडक स्तरोन्नतीका नाममा वर्षेनी बजेट दोहोरिने क्रम बढ्दो छ । सदरमुकाम जोड्ने मानेभञ्ज्याङ रानीबास सडकका लागि प्रदेश सरकारले गत आर्थिक वर्ष ०७५÷७६ मा ७५ लाख बजेट विनियोजन ग¥यो । तर आर्थिक वर्षको अन्त्यसम्म पनि सडकको कामले गती लिन सकेन । आधाजसो बजेट फ्रिज भयो । चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले सडक स्तरोन्नती गर्न ५० लाख बजेट छुट्याएको छ । यस्तै सेतीबगर रिमचिम हुँदै छिमेकी जिल्ला खोटाङको फेदी जोड्ने सडकका लागि ५० लाखमध्ये लगभग ७५ प्रतिशत बजेटको मात्र काम सम्पन्न भयो । सोहि सडकको स्तरोन्नती शिर्षकमा यो वर्ष पनि ५० लाख बजेट पुनः विनियोजन भएको छ ।

सडकको गुणस्तरहिन कामले पनि सर्वसाधरणहरु बढि मारमा पर्ने गरेका छन् । जथाभावी सडक खोल्ने, एकचोटी खोलेपछि वेवास्ता नगर्ने प्रवृतिले पनि सडकमा गुणस्तर नभएको स्थानीय समाजसेवी नविन प्रधानको ठम्याई छ । उनी भन्छन्, ‘सडकको नाममा बजेट छुट्याईन्छ तर बजेट अनुसारको ईस्टिमेट, प्राविधिक चेकजाँच विनै जथाभावी सडक खोलिनाले पनि सडक राम्रो नभएको हो । पैसा सिद्याउनै मात्र सडक खनिएको छ ।’

समयमै काम नसक्दा केहि ग्रामिण सडकहरुलाई स्तरोन्नती गर्ने शिर्षकमा यो वर्ष पनि पुनः बजेट बाँडिएको छ । जसमा यो वर्ष जिल्लाका ८ वटा ग्रामिण सडकका लागि २ करोड १२ लाख बजेट परेको छ । प्रदेश सरकारले योवर्ष सबैभन्दा धेरै मैनामैनी हसनपुर चुहार घोरेटार भोजपुर दिङ्ला सडकमा १९ करोड २३ लाख खर्चेको छ । यस्तै संघिय बजेटको शसर्त अनुदानबाट भोजपुर मानेभञ्ज्याङ रानीबास घोरेटार सडकका लागि ४ करोड १ लाख र खैराङ पात्लेपानी हसनपुर सडकमा १ करोड ५९ लाख बजेट परेको छ ।

प्रदेश सरकारको क्रमागत बजेटमा भोजपुर सदरमुकामदेखी एयरपोर्ट जोड्ने सडकका लागि ५ करोड छुट्याइएको छ । प्रदेश सरकारले गत आर्थिक वर्ष ०७५÷७६ मा सोहि सडक अन्र्तगत नै एयरपोर्टदेखि सदरमुकामको मुख्यबजार जोड्ने भित्री सडक स्तरोन्नतीका लागि ७५ लाख र एयरपोर्ट जोड्ने सडकका लागि ४ करोड बजेट छुट्याईएको थियो । यसबाहेक प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रादेशिक विशेष सडक निर्माणमा २ करोड ८० लाख छुट्याएको छ । गतवर्ष पनि प्रदेश सरकारले डिपिआर तयार गर्नुपर्ने सडक शिर्षकमा ५० लाख बजेट छुट्याएको थियो ।

विशेषगरि जथाभावी खनिएका कच्चि सडकहरु बर्खायाममा पहिरो र हिलाम्मे बन्ने भएकाले पनि यातायातका साधन पुरै ठप्प हुने, यात्रु तथा दैनिक उपभोग्य सामान विचैमा अलपत्र हुने गर्छ । ‘के गर्नु सडकको स्थिती नै त्यस्तो छ । हिउँदमा धुलोमुलो हुँदै, बर्खामा हिलो पन्छाउँदै यात्रा गर्नुपर्छ । नसहेर पनि के गर्नु, मान्छेलाई कहाँ पुग्नुपर्छ ।’ भोजपुर सिद्देश्वरकी देवीमाया राईले भनिन्, ‘बाटोमा गाडी फसेपछि के गर्नु । न आँफै हिँड्न न पुग्ने कुनै साधन नै चल्छ’ ।

खराब मौसम र बाटो विग्रेपछि सबैभन्दा जिल्ला अस्पताल भोजपुरबाट रिफर गरिएका विरामीले बढि सास्ती खेप्नु परेको छ । गम्भिर किसीमका विरामीलाई एम्बुलेन्स र अन्य साना ल्याण्डरोभरबाट कष्टकर रुपले जिल्ला बाहिर पठाउनु परेको जिल्ला अस्पताल भोजपुरका डाक्टर शिवजी रिजाल बताउँछन् । भन्छन्, ‘वर्षातमा सडक विग्रिनाले जिल्ला बाहिर रेफर गरिएका विरामीलाई पु¥याउनै मुस्किल भएको हुने गर्छ ।’ बर्षात र प्रतिकुल मौसमका कारण हवाई उडान पनि ठप्प हुनाले गम्भिर किसीमका विरामीलाई झन समस्या हुने गरेको उनले बताउछन् ।

The post ग्रामिण सडक बन्यो दुहुनो गाई, बजेटको ओइरो गुणस्तर शुन्य appeared first on silichung.com.