सुनको मूल्य दुई सयले बढ्यो,चाँदी स्थिर

आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९३ हजार र तेजावी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

 

अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा १ हजार २ सय रुपैयाँले बढेको थियो। बिहीबार सुन तोला ९२ हजार ८००  रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार