बेलायतका नेपाली राजदूत ज्ञानचन्द्र आचार्य बुधबार लन्डन आइपुग्ने

लन्डन । नवनियुक्त बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य बुधबार लन्डन आइपुग्ने भएका छन । लन्डनस्थित नेपाली दूतावास स्रोतले दिएको जानकारी अनुसार राजदूत आचार्य बुधबार बिहान लन्डन आइपुग्ने भएका हुन । कतार एयरवेजको उडानमा मंगलबार साँझ काठमाडौँबाट उड्ने र बुधबार बिहान लन्डन आइपुग्ने छ ।

 

लन्डन आइपुगेपछि राजदूत आचार्यले सोही दिनदेखि आफ्नो कार्यभार सम्हाल्ने तयारी छ । बेलायतका लागि २२ औँ नेपाली राजदूतका रुपमा उनी झन्डै एक महिनाअघि नियुक्त भएका हुन ।

 

आचार्यले कार्यभार सम्हालेलगत्तै लामो समय अवरुद्ध बनेको गोर्खा वार्ताले शुरुवात हुने भएको छ । गोर्खाहरुको समस्या समाधानका लागि बेलायतसंगको वार्ताका लागि नेपाल सरकारले उनलाई जिम्मेवारी दिइसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार