
काठमाडौं, ३ असोज । गोर्खा आन्दोलनका संस्थापक पदमबहादुर गुरुङले गोर्खा आन्दोलनलाई सफल बनाउन र नेपालमा रहेको बृटिस क्याम्पलाई हटाई सार्वभौम सम्पन्न राष्ट्र नेपाल बनाउन गोरखा भूतपूर्व सैनिक संघ (गेसो) गठन गरेको छ ।
सोमबार रिपोर्टर्स क्लवमा एक कार्यक्रमको आयोजना गरी गुरुङले नेपालको भुमीबाट बृटिश सैनिक क्याम्प हटाई सार्वभौमसक्त सम्पन्न राष्ट्र नेपाल निमार्णका लागि संघर्ष गर्न गोरखा भूतपूर्व सैनिक संघ गेसो गठन गरेको जनाएको छ ।
कार्यक्रममा बोल्दै सभापति गुरुङले नेपाल भूमिबाट बृटिश सैनिक क्याम्प हटाई कलंकरहित सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपाल बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।
देशको विकास गरेर सम्पन्न र समृद्ध नेपाल निर्माणको बाटो देखाइरहने आफ्नो नेतृत्वको पहिलो काम हुने उनले स्पष्ट पारे । उनले भने– ‘भोलिका सन्तानहरूलाई कसैसँग नझुकी दूई विशाल छिमेकी राष्ट्रको बीचमा गतिशील मार्गमा अग्रसर हुँदै देश विकास गरेर सम्पन्न र समृद्ध नेपाल निर्माणको बाटो देखाइराख्ने मेरो नेतृत्वको पहिलो काम हुनेछ ।’
साथै, उनले नेपाल र बृटिशका शासकको मिलेमतोमा नेपाल तथा नेपाली जनतामाथि गरेका जघन्य अपराधका राजनीतिक षड्यन्त्रलाई जनसमक्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिए । गुरुङले विदेशमा अकालमा मारिएर भौंतारिएका हजारौको आत्मालाई शान्ति दिलाएर बृटिश साम्राज्यवादीको चंगुलबाट मुक्ति दिलाउने महान् अभियानमा सबै राष्ट्रवादी शक्ति एकजुट हुनका लागि समेत सबैलाई आग्रह गरे ।
तत्कालीन श्री ३ राणा शासकहरूले भारतीय भूमिमा शासन गरिरहेको अंग्रेजलाई खुसी बनाउन र आफू सत्तामा रहिरहन सुगौली सन्धि गरी नेपालको एक तिहाई भूभाग भारतमा गाभिदिएको गेसोले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘नेपालको भूमिमा बृटिश सैनिक शासक बसेर नेपाली नागरिकलाई भारतीय सेना, बृटिश सेना, सिंगापुर र ब्रुनाई गरी एउटै राष्ट्रका नागरिक, एउटै बाबुआमाका छोरालाई चार राष्ट्रको सैनिकजस्तो युद्ध लड्ने पेशामा विभाजन गरिदियो ।’ विज्ञप्तिमा लेखिएको छ– ‘भारतीय सेनाका नेपालीले भारतीय सार्वभौमसत्ताप्रति वफादार रहेर सेवा गर्नेछु भनी कसम खाने, बृटिश सेनाका नेपालीले बृटिशको सार्वभौमसत्ताप्रति वफादार रहेर सेवा गर्नेछु भनी कसम खाने यसैगरी सिंगापुर र बु्रनाईका नेपालीले पनि कसम खाएर नेपाललाई विश्वको विचित्रको देश बनाइदियो ।’
गेसोको मूल उद्देश्य विश्व सिामु बृटिश सेनाका नेपालीलाई अवैध प्रमाणित गरेर क्षतिपूर्तिसहित नेपाललाई बृटिशबाट मुक्ति दिलाउनु रहेको छ । यतिमात्र गर्न सकेमा पनि नेपाललाई फसाउन खनेको खाल्डोमा बृटिशलाई फसाएर, नेपालीहरूले अहिलेसम्म गुमाएको इज्जत र प्रतिष्ठालाई फर्काएर सार्वभौम राष्ट्रको स्वाभिमानी नेपाली नागरिक बन्ने गेसोको ठहर छ ।
गेसोले विश्वलाई पाठ सिकाउने बेलायती प्रधानमन्त्रीको कार्यालयअगाडि प्रथम नेपाली महिला पुष्पा घले, ज्ञानराज राई र धनबहादुर गुरुङले १३ दिनसम्म भोक हड्ताल बसेर बृटिशको मानवअधिकार विश्वसामु छर्लङ्ग पारिदिएका थिए ।
तीन दशक अघिगोर्खा भूतपुर्व सैनिक संघ (गेसो) गुरुङको नेतृत्वमा गठन गरी गोर्खा आन्दोलन शुरु भएर अहिलेको चरणसम्म आइपुगेका थिए । पाँच बर्ष अघि मात्रै कृष्णकुमार राईलाई नेतृत्व हस्तान्तरण गरेका उनले उही मिल्दोजुल्दो गोर्खा संगठन निमार्ण गरेका छन । गेसोका सभापतिमा हाल कृष्णकुमार छन ।
उनले नयाँ कार्यसमिति समेत निमार्ण गरी घोषणा गरेका छन । सभापतिमा पदमबहादुर गुरुङ, उपभापतिहरुमो रामबहादुर देउसाली, भक्तबहादुर गुरुङ, मिना राई र देवीमाया पुन रहेकी छिन । पश्चिम इन्चार्जमा हर्कबहादुर पुन र पुर्व क्षेत्र इन्चार्जमा मेजर मानबहादुर राई रहेका छन । सदस्यहरुमा शान्तिमाया लिम्बु, मुना जवेगु, ज्योति हिराचन्द, कमला गुरुङ, तिर्खा पुन, दुगसिं गुरुङ, निलम राई, गोपाल तामाङ, रगप्रसाद पुर्जा, चन्द्रबहादुर पुन, गोपी लामा, पालबहादुर गुरुङ, शहरमान तामाङ, बसन्ती वुरा, चोकबहादुर लिम्बु, तिलबहादुर गुरुङ, बसुन्धरा राई, बिमला राई, खाम्बासिं राई, कमल गुरुङ, कमल सुच्चा राई, विना राई, चन्द्रबहादुर थापा, शेरबहादुर पुन, सीता गुरुङ, पुर्गी गुरुङ, दावाछिरिङ शेर्पा, सरस्वती आले, सुम्मि गुरुङ, भिमबहादुर घले, खुमबहादुर गुरुङ, चन्द्रमाया गुरुङ, संगीता गुरुङ, देवी गुरुङ ठकुमरी, भक्त दर्जी ओमबहादुर गुरुङ, ओमबहादुर बुराथोकी, ओमकुमारी पुर्जा,अनि सरा थापामगर, यङ्कबहादुर आले, विरसुजा गुरुङ, जसबहादुर गुरुङ, लंकबहादुर गुरुङ, चन्द्रबहादुर गुरुङ, खरीलाल पुन, धनमाया गुरुङ, जमुबहादुर गुरुङ, हिरा राई, ज्ञानबहादुर राई, राम राई, मोहन गुरुङ, नरबहादुर वुरा, लाल घले, तिलबहादुर थापामगर, खडगबहादुर वरामगर, गंगाबहादुर श्रेष्ठ, मानबहादुर पुन, धनबहादुर गुरुङ, मानबहादुर पून, ना.सु धर्मबहादुर गुरुङ, ह. भोजबहादुर क्षेत्री, जितेन्द्र सुवेदी, क्षेत्रबहादुर क्षेत्री, खडगबहादुर लिम्बु, इश्वर गुरुङ, उत्तरकुमार सुन्दास, काजी विश्वकर्मा, पुर्ण गुरुङ, उषा गुरुङ र लालकुमारी गुरुङ रहेका छन ।
त्यसैगरी राजनीतिक सल्लाहकारमा सिपी मैनाली नेकपा माले महासचिव, हिरण्यलाल श्रेष्ठ पराराष्ट्र सल्लाहकार, डाक्टर सुरेन्द्र केसी इतिहास सल्लाहकार, श्यामल अधिकारी लेखक तथा कवि सल्लाहकार, शिवकुमार गुरुङ, राजनीति तथा गेसो आन्दोलनका रचनाकार बुद्धिजीवि सल्लाहकार, बेलबहादुर गुरुङ, गिरधारी सुवेदी कानुनी सल्लाहकार, नरेश खपाङगी, हरि राई मिडिया सल्लाहकार र प्रकाश रानामगर बेलायत कानुनी सल्लाहकार रहेका छन । होएण्ड को ल फर्म अन्तराष्ट्रिय कानुनी सल्लाहकार रहेको जनाएको छ ।








