
लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)को चौथो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिवार अल्डरसर्टको एम्पायर हलमा नयाँ नेतृत्व चयन गर्दै गेसोको केन्द्रीय महाधिवेशन सम्पन्न भएको हो ।
महाधिवेशनले सभापतिमा कृष्णकुमार राईलाई पुन चयन गरेको छ । राईलाई आगमी ५ बर्षे कार्यकालका लागि पुन : सभापतिमा सर्वसम्मत रुपमा चयन गरेको हो । जसअनुसार उपसभापतिहरुमा जीतबहादुर राई, मणि किरात बान्तावा, धर्मबहादुर तामाङ, छेत्राकला राई, तिर्खबहादुर पुन, डम्बरबहादुर लिम्बु, प्रेमजंग शाही, हेमबहादुर तामाङ, बिमला राई, मिना राई निर्वाचित भएका छन ।
महासचिवमा नरहाङ राई, उपमहासचिवमा बृद्धिराज र मानवहादुुर गुरुङ निर्वाचित भएका छन । सचिवमा बसन्ती बुढा, रामकाजी गुरुङ र बसुन्धरा याक्खा राई निर्वाचित भएका छन । कोषाध्यक्षमा देवीमाया पुन, सहकोषाध्यक्षमा सहरमान तामाङ, उत्तरकुमार सुन्दास र देवीकुमार राई निर्वाचित भएका छन ।
सदस्यहरुमा नौराज राई ज्ञानेन्द्र राई, खम्बासिंह राई, जसबहादुर गुरुङ, लंकबहादुर गुरुङ, रामप्रसाद गुरुङ, मानबहादुर राई, महेन्द्र राई, खड्गचन्द्र राई, झपिन्द्र थापा, केसबहादुर पुन, बरमान रोका, भानुभक्त राई, कमला सुचा राई, बिमाया पुन, फुलमाया पुन, धनकुमारी पुन, चनमाया पुन, मुना जबेगु, शान्तिमाया लिम्बु, बिना इङनाम, लालसुन्दर राई, सुकराज राई, रामबहादुर देउसाली, बालकृष्ण राई, ओमकुमारी पुर्जा, रामकुमार राई, विनोदकुमार राई, जगतलाल प्रधान, यान्का आले, कमल थुलुङ, रामचन्द्र राई, रविन राई, शुसिला राई, अशोक गुरुङ, राम राई र हेमप्रसाद छन्त्याल निर्वाचित भएका छन ।
निर्वाचित हुने सम्पुर्णलाई निर्वाचन समितिका संयोजक हेमबहादुर तामाङले पद तथा गोपनियताको सपथ खुवाएका थिए । महाधिवेशनमा शाखा कमिटिका प्रनितिधिहरुको उल्लेख्य सहभागीता रहेको थियो । गेसोको हाल बेलायतमा ११ वटा शाखा कमिटी र नेपालमा ११ जिल्ला कमिटिका साथै प्रदेश नं १ र बागमती प्रदेशमा प्रदेशस्तरीय कमिटि रहेको छ ।
महाधिवेशनले सरकारस्तरीय बार्तालाई जोड दिदै गोर्खाहरुको समस्या समाधान बार्ताद्धारा हुनुपर्ने कुरालाई जोड दिएका छन । महाधिवेशनको पहिलो चरणमा उद्घाटन सत्र र दोस्रो सत्रमा बन्द सत्र सम्पन्न भएको थियो । महाधिवेशनको बन्द सत्रमा विधान संशोधन समेत गरिएको थियो । विधान संशोधन प्रस्ताव प्रेमजंग शाहीले प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको विधान संशोधनलाई उपस्थित सहभागी प्रतिनिधिहरुले सर्वसम्मतले पारित गरेका थिए । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष देवीमाया पुनले सांगठानिक प्रतिवेशन सभापति कुष्णकुमार राईले गरेका थिए । प्रस्तुत आर्थिक र सांगठानिक प्रतिवेदनलाई सर्बसम्मत रुपले पारित गरिएको थियो ।
महाधिवेशनले सल्लाहकार समेत चयन गरेको छ । सल्लाहकारहरुमा महेन्द्रलाल राई, पुरञ्जन राई, अमरसिं आले, देवबहादुर गुरुङ, दशरथ राई र कृष्ण सुब्बालाई चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बंैठक ११ अक्टोवरमा बस्ने निर्णय समेत गरेको छ । सभापतिमा पुन: निर्वाचित भएपछि कृष्णकुमार राईले इमान्दारपूर्वक भूपू गोर्खा सैनिकहरुको हितमा काम गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

भिडियो








