एनआरएनए युकेको ६ उपाध्यक्ष सहित कार्यसमितिका १५ बर्खास्त

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले कार्यसमितिका २१ जनालाई बर्खास्त गरेको छ । आइतबार सम्पन्न विशेष महाधिशेनले संस्था हित विपरित क्रियाकलाप गरेको आरोपमा ६ जना उपाध्यक्ष सहित बाँकी कार्यसमितिका १५ जनालाई बर्खास्त गरेको हो ।

 

बर्खास्त हुनेहरुमा उपाध्यक्षहरु नारायणदत्त कँडेल, सुनिलबाबु खड्का, मोहन कार्की, गोविन्द खरेल रामचन्द्र पोखरेल र सकुन्तला गुरुङ छन । महाधिवेशनले महासचिव खुशी लिम्बु, सचिवहरु ज्ञानेन्द्र आले, विष्णु चालिसे, कोषाध्यक्ष विष्णु खरेल र सहकोषाध्यक्ष शशांक शर्मालाई पनि बर्खास्त गरेको छ । संघले सदस्यहरु सुमन शर्मा, हिरा सापकोटा (दीपक), पदम शाही, भानुभक्त घिमिरे, सुरेश परियार, उपेन्द्र पौडेल, सपना खानियाँ, बालकृष्ण दाहाल, काशिराम भण्डारी, कृष्ण भण्डारी र बलबहादुर थापालाई पनि बर्खास्त गरेको छ ।

आर्थिक अपचलनमा संलग्न, त्यसलाई साथ दिने र संस्था हित विपरित समान्नतर गतिविधि गर्नेहरुलाई बर्खास्त गरिएको गैर–आवासीय नेपाली संघ (एनआरएन) बेलायतले जनाएको छ ।

 

संघले संस्था फुटाउन उद्यत रहेको, गुटवन्दी गर्दै विग्रह ल्याउन खोजेको भन्दै ठुलो संख्यामा पदाधिकारी सहित सदस्यहरुलाई बर्खास्त गरेको छ । बर्खास्त गरिएको ठाँउमा पदपुर्ति पनि संघले गरेको छ ।

 

अन्तराष्ट्रिय समन्वय परिषदसंग अध्यक्षको अनुमति विना २७ जुलाईमा ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स संस्थाको रकम उपाध्यक्ष सुनिलबाबु खड्का नारायणदत्त कँडेल र कोषाध्यक्ष विष्णु खरेलले पैसा भिकेर नेपाल पठाएपछि विवाद शुरुवात भएको थियो ।

 

विवादपछि संस्थाभित्र छुट्टै समुह बनाएर संस्थाविरुद्ध गुटवन्दी गर्दै निर्वाचित अध्यक्ष विरुद्ध गैर–कानुनी रुपमा अविश्वासको प्रस्तावका लागि हस्ताक्षर संकलन गरेका थिए । त्यही हस्ताक्षरको आधारमा गैर–आवासीय नेपाली संघ आइसीसीको एउटा समुहले अध्यक्ष गाहामगरलाई पदमुक्तको पत्र पठाएको थियो ।

आइसीसीका बर्तमान अध्यक्ष रविना थापाले एनसीसीहरु स्वायत्त हुने भएकाले आइसीसीले कारवाही गर्न नसक्ने बताइन । प्रेम गाहामगरलाई गरिएको पदमुक्त आफुलाई जानकारी नभएको पनि अध्यक्ष थापाले बताइन ।

 

निरन्तर रुपमा संस्थालाई आँच आउने क्रियाकलाप गर्ने, सम्पन्न भईसकेको साधारणसभा तथा संघसंस्था भेलालाई पुनः डाकेर संस्था विभाजन गरेकाले संघले बाध्य भएर बर्खास्त गरिएको अध्यक्ष प्रेम गाहामगर बताए ।

 

रकम अपचलन भएपछि ६ अगष्टमा सम्पन्न साधारणसभाले संस्थाभित्र भएको विकृतिलाई छानवीन गर्न समिति गठन गरेको थियो । छानवीन समितिले छानवीनपछि दिएको प्रतिवेदनमा कार्यसमितिका २१ जना मध्ये नारायण कँडेल, सुनिलबाबु खड्का र कोषाध्यक्ष विष्णु खरेल मुख्य दोषी रहेको ठहर थियो । बाँकी अन्यलाई संस्थाभित्र विकृती ल्याउनका लागि सहयोगी र मतियार रहेको ठहर गरेको थियो ।


बर्खास्त भएका उपाध्यक्षहरु क्रमश नारायणदत्त कँडेल, सुनिलबाबु खडका, गोविन्द चालिसे, रामचन्द्र पोखरेल, मोहन कार्की र शकुन्तला गुरुङ ।
बर्खास्त भएका महासचिव खुशी लिम्बु, सचिव ज्ञानेन्द्र आले , विष्णु चालिसे, कोषाध्यक्ष विष्णु खरेल र सहकोषाध्यष शशांक शर्मा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार