फोनिज युकेले दशौं बार्षिक उत्सव मनायो

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो दशौं बार्षिक उत्सव मनाएको छ । बेलायतको अल्डरसर्टस्थित द प्यालेसमा आइतवार एक विशेष कार्यक्रमको आयोजना गरी बार्षिकउत्सव मनाएका हुन ।

 

बार्षिक उत्सवमा मनाउने क्रममा प्रमुख अतिथिको रुपमा रहेकी बेलायतका लागि नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनालले फोनिज युके दशौं बर्ष प्रवेश गरेको अवसरमा केक काटेका थिइन । प्रमुख अतिथि खनालले बेलायतमा पनि नेपाली पत्रकारहरुले खेलेको भुमिकाको प्रंशसा गर्दै आदिवासी जनजाति लगायत नेपाली समुदायहरुको सचेतीकरणका लागि फोनिजले महत्वपुर्ण भुमिका खेलेको र आगामी दिनमा पनि त्यसको निरन्तरताको कामना गरिन । खनालले १० औं बर्षमा प्रवेश गरेको अवसरमा फोनिजको आगामी यात्रा सफलताको शुभकामना व्यक्त गरिन ।

 

कार्यक्रमको बिशेष अतिथिको रुपमा रहेको गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बेलायतको नेपाली पत्रकारितामा फोनिजले खेलेको भुमिका प्रशंसा गर्दै संस्थाको आगामी यात्रा सफलताको कामना गरेका थिए । बेलायतमा भएको सम्पुर्ण गतिविधिहरुको सत्यतथ्य पत्रकारहरुले उजागर गर्नुपर्ने बताउदै त्यसका लागि एनआरएन युके पत्रकार र पत्रकारजन्य संस्थाहरुलाई सहयोग गर्न तयार रहेको बताए ।

 

कार्यक्रममा बेलायतस्थित विभिन्न क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा फोनिज युकेका संस्थापक, पुर्व अध्यक्ष, सल्लाहकार, कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा फोनिज युकेद्धारा प्रकाशित गरिएको स्मारिका समेत विमोचन गरिएको थियो । स्मारिकाको प्रमुख अतिथि, विशेष अतिथी लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार