
लन्डन । बेलायत सरकारले अध्यागमनसम्बन्धी कानुनमा नयाँ थप व्यवस्था गरेपछि गोर्खाहरु जीवित नरहेपनि उनका छोराछोरी बेलायत आउन पाउने भएको छ । बेलायत सरकारले नयाँ कानुन व्यवस्था गर्दै सन् १९९७ जुलाई १ भन्दा अघि अवकास पाएका तर उनीहरुले अवकास पाउँदा १८ वर्ष ननाघेका गोरखाका छोराछोरीलाई बेलायत आउन दिने प्रावधानको व्यवस्था गरेको छ ।
बेलायतको गृह मन्त्रालयले व्यवस्था गरेको नयाँ नियमअनुसार सन् १९९७ जुलाई १ अघि सेवाबाट अवकास पाएका गोरखाहरु अहिले जीवित नरहे पनि उनीहरुका छोराछोरीहरुले बेलायत प्रवेशका लागि आवेदन दिन पाउने भएका छन् ।
बेलायत सरकारले आवेदन दिन पिता सेवाबाट अवकास पाउँदा छोराछोरीको उमेर १८ वर्ष ननाघेको, आमाबाबुसंगै बसेको हुनुपर्ने, आमाबाबासित पढाइबाहेक अरु कारणले दुई वर्षभन्दा बढी अलग भएको हुन नहुने हुनुपर्ने छ । बाबाआमासंग आश्रित नभएका आफै जीवन गुजारा गरिरहेकाले भने आवेदन दिन नपाउने व्यवस्था उल्लेख गर्रिएको छ ।
नयाँ व्यवस्था लागु भएसंगै बाबु आमा मृत्यु भएका गोर्खाका छोरीहरु लाभान्वित भएको छ । बेलायतबाट आवेदन दिएकाहरूले अध्यागनसम्बन्धी कानुन उल्लंघन नगरेको हुन पर्ने छ ।








